एसिड प्रहार गर्ने र बेच्नेविरुद्ध तीन कसुरमा मुद्दा
पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने युवक र एसिड बिक्री गर्ने पसलेविरुद्ध तीन कसुरमा जिल्ला अदालत, धनुषामा मुद्दा दर्ता गरिएको छ । जनकपुरधाम उपमहनगरपालिका–१२ का सञ्जीव साहले २९ कात्तिकमा पत्नी आरतीमाथि एसिड प्रहार गरेका थिए । आरतीसँगै रहेकी तीन वर्षीया छोरीको जिउमा पनि एसिड परेको थियो । यसमा मुख्य अभियुक्त सञ्जीव र एसिड बेच्ने पसले नागेन्द्र साहलाई सहयोगी बनाएर मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय, धनुषाले जनाएको छ ।
Read more