१२ वर्षे बालिकाको बलात्कारपछि हत्याको आशंका : विह्वल छन् बाजेबज्यै
बाजे गोरख र बज्यै हाँसुको सहारा थिइन् १२ वर्षीया सम्झना कामी । घरभित्रको सानोतिनो काम मात्र होइन, घाँस काट्ने, बस्तुभाउको स्याहार तथा बारी गोडमेल गर्नेलगायत काममा पनि उनी निपुण थिइन् । ‘हामी बूढाबूढी बिरामी हुँदा पानी दिने उही थिई । केही परिहाल्यो भने नातिनी छँदै छ भनेर सोच्थ्यौं । मेरी फूलजस्ती नातिनीलाई राक्षसले चुँडिदियो,’ बज्यै हाँसुले भनिन् ।
Read more