चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्नाको बच्चा जन्मिएको छ भने गैँडा र हात्तीको बच्चा मरेका छन् । पुरानो पदमपुरको खुल्ला खोरमा अर्नाको बच्चा जन्मिएको हो भने हात्ती प्रजनन केन्द्रमा हात्तीको र नमूना मध्यवर्ती सामुदायिक वनमा गैँडाको बच्चा मरेका हुन् ।
हिमाली जिल्ला हुम्लामा फल्ने कालो मार्सी चामलको मूल्य बढेर प्रतिक्विन्टल २५ हजार रुपियाँ पुगेको छ । कालो मार्सी चामलको माग बढेपछि मूल्य वृद्धि भएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका प्रतिनिधिसँगको भेटमा उहाँले कोरोनाका उपचार जस्तै खोप पनि सबैलाई निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार (सेवा प्रदायक नियमन तथा सम्पत्ति व्यवस्थापन) नियमावली, २०७७ पास गरेको छ । यो सँगै रुग्ण अवस्थामा पुगेका दूरसञ्चार कम्पनीलाई सरकारले आफ्नो अघिनमा लिन सक्ने भएको छ ।
नेपाली इथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेलले फेसबुकको बग अर्थात कमजोरी पत्ता लगाएर करिब १५ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । यस अघि इन्स्टाग्रामको बग पत्ता लगाएका पोखरेलले यस पटक फेसबुकको कमजोरी उजागर गरेका हुन् ।
अक्टुबर २४ मा प्रेमी रोहन प्रीत सिंहसँग बिहे बन्धनमा बाँधिएकी बलिउडकी हिट गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । सामाजिक संजालमा उनले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको संकेत गरेकी छिन् । उनको तस्विर अहिले भाइरल भइरहेको छ ।
महोत्तरीमा उपमेयरका पतिद्वारा १३ वर्षीया बालिकामाथि बलात्कार प्रयास आरोपको घटना रहस्यमय बन्दै गएको छ। मनरा शिसवा नगरपालिकाकी उपमेयर रमिता प्रधानको घरको शौचालयमा बुधबार राति ८ बजे स्थानीय १३ वर्षीया एक बालिका हातखुट्टा बाँधेको अवस्थामा फेला परेकी थिइन्। सरपल्लो प्रहरी चोकीका इन्चार्ज असई रामईश्वर महतोका अनुसार बालिकालाई हातखुट्टा बाँधेको अवस्थामा उद्धार गरिएको थियो।
नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई लिएर सीमा विवाद चुलिएको छ । दुवै देशबीच ती क्षेत्रको सीमा विवाद समाधानका लागि पहल भइरहेको छ । तर त्यसबाहेकका क्षेत्रमा पनि दुई देशबीच सीमा विवाद नभएको भने होइन । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ९ मा रहेको प्यारा ताल पछिल्लो समय भारतको कब्जामा छ । कालापानीमा जस्तै प्यारा तालमा पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई प्रवेशमा रोक लगाएका छन् । ५ किलोमिटर लम्बाई र ६० मिटर चौडाई भएको उक्त ताल २०६१/०६२ मा खटिएको संयुक्त सीमा सर्वे टोलीको लापरवाहीका कारण भारतको कब्जामा पुगेको हो ।
नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ । बुधाबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो । दिपायल उच्च अदालतले यसअछि कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको फैसला सदर गरिदिएको हो ।
हाल नेपालको पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरुमा विहानीपख वाक्लो हुस्सु, कुहिरो र बाँकी तराई भू-भागका एक दुइ स्थानहरुमा हल्का हुस्सु कुहिरो लागिरहेको छ।
सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन १३ औँ बर्ष पुरा गरि १४ औँ बर्षमा प्रबेश गरेको छ । २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो । समुदायको हितका लागि शिक्षा, स्वास्थ्य, शुसाशन, बिकास, कृषि, खेलकुद, गरिवि निवारण, वन वातावरण, धार्मिक, सँस्कृति पर्यटन लगाएतका क्षेत्रमा आवाज उठाउदै आएको छ । रेडियो रामारोशनले जिल्लाको परिवर्तनमा आफनो पहिचान बनाउन सफल भएको निमित्त कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताउनु भयो ।
७७ जिल्लामा ७७० घर बनाउँदै पुस २ काठमाडौं नायिका एलिजा गौतम सामाजिक कार्यमा सक्रिय हुन थालेकी छ । एलिजा फाउन्डेसनद्वारा धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भेगहरूमा गरिब, असहायहरूको घर बनाइदिने निर्णय गरेकी हुन् । एलिजाले सामाजिक कार्यको लागि स्थापना गरेकी एलिजा फ़ाउन्डेशनमार्फत काम गर्ने समाजिक सन्जालबाट जानकारी दिएकी हुन् ।
नेपाल वायुसेवा निगमले आजदेखि भारतको नयाँ दिल्ली उडान भर्दैछ। कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो। काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ। निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।
एकपटक विवादमा परेर खारज भइसकेको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश साढे सात महिनापछि पुनः जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई समेत विवादमा तानेकी छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहको युवा भेलामा प्रधानमन्त्री केपी ओलीविरुद्ध मुर्दावादको नारा लागेको छ ।
कर्मचारी संगमको प्रकाशन अछाम आँखिझ्याल नामक पुस्तक आज विमोचन गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि शान्ति स्मारिकास्थलमा जिल्ला समन्वय समितिका प्रमुख नरबबहादुर कुँवरले पुस्तकको विमोचन गर्नुभयो । विमोचनका क्रममा कुँवरले आँखिझ्याल पुस्तक अछामका लागि महत्त्वपूर्ण दस्तावेज भएको भनाइ राख्नुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो ।
नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।