नागरिक उन्मुक्ति पार्टी (नाउपा)आज बस्ने सुदूरपश्चिम प्रदेश सभाको बैठकमा उपस्थित नहुने भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेपनि नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू भने काठमाडौंमै छन्।
सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ घण्टाका लागि स्थगित भएको छ। बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अपराह्न ४ बजे सम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव देव बहादुर बोगटीले जानकारी दिए।
नेपाल बिधार्थी संघ अछामको कार्यवाहक उमेश कुँवरलाई दिईएको छ। मंगलबार नेपाल बिधार्थी संघ अछामका अध्यक्ष नृप साउदले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा २०७८ पुस महिनाभित्रै म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) मेसिन जडान भइसक्नुपर्ने थियो। तर अस्पतालमा भवन अभाव भएको भन्दै मेसिन नै ल्याइएन। अस्पतालले १.५ टेस्ला क्षमताको एमआरआई खरिदको जिम्मा हस्पिटेक नेपाल नामक कम्पनीलाई दिएको थियो।
सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार प्रदेशसभा सदस्यहरुलाई अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी पठाएको छ ।
तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन, समयानुकूल सामाजिक अभियान पनि अगाडि बढाउँदै लग्यो । जतिबेला स–साना बालबालिका पढ्ने विद्यालयमा अशान्ति छायो, नेपथ्यले ‘शान्तिका लागि शिक्षा’ नाराको साथ आफूलाई अगाडि बढायो । ‘सुन्दर शान्त नेपाल’ अभियानमा सरिक भएर द्वन्द्वले जन्माएका घाउमा सङ्गीतको मलम दल्ने प्रयत्न ग¥यो । अहिले ‘मानवता प्रवद्र्धन अभियान’मार्फत मानवीय आयामलाई अगाडि बढाइरहेको छ । यसलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ । आफ्ना कार्यक्रममार्फत मानव सेवा आश्रमको अभियान प्रवद्र्धन गरी मानवीय आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने काम ग¥यो । अभियानअन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमको मूल शीर्षक नै ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि सङ्गीत भनेर राख्यो ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलगायत सरकारमा नगएका दलहरूले संवैधानिक पदमा सहकार्य गर्न सहमत भएका छन् । सोही सहमतिअनुसार बुधबार हुने सभामुखको निर्वाचनमा कांग्रेसलाई अन्य तीन दलले समर्थन गरेका छन् ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको प्रहरी अनुसन्धानमा ‘ब्रेक’ लागेको छ । उनी प्रहरीकै तालुकदार मन्त्रालयका ‘कमान्डर’ बनेपछि अनुसन्धानमा ‘ब्रेक’ लागेको हो ।
नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी विमान तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । नेपालमा भएका विमान तथा हेलिकप्टर दुर्घटनामा ९२२ जनाभन्दा बढीको मृत्यु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क छ ।
६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटना भएको छ। काठमाडौंबाट बिहान १०:३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएपछि सत्तारुढ गठबन्धनको भविष्य के होला ? राष्ट्रपति र सभामुख अब के एमालेले नै पाउला ? यस्ता आमप्रश्नबीच प्रधानमन्त्री पुष्पकमल दाहालले स्वयम् यसमा संशय पैदा गराएका छन्।
सातदलीय सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी (नाउपा) तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचन अनिर्णीत बनेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ७ सदस्यसहित निर्णायक हैसियतमा रहेको नाउपाले शनिबार भएको दोस्रो पटकको निर्वाचनमा सत्ता गठबन्धनकै सभामुख उम्मेदवारलाई भोट दिएन ।
प्रधानमन्त्रीसहित ८ मन्त्रीले शपथ ग्रहण गरेको २० दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
चार मन्त्रीले शपथ ग्रहण गरेको २० दिनसम्म पनि मन्त्रालयको जिम्मा दिइएको छैन । नेकपा एमालेका तीन र जनमत पार्टीका एक मन्त्री दैनिक सिंहदरबार पुग्छन् र फर्किन्छन् ।
उनीहरुले अहिलेसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् ।
भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ । स्थानीय भुपेन्द्र साँउदका अनुसार टीकापुर नगरपालिका वडा नं १ व्यवशाय क्षेत्रका चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ । उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरु समेत सोही बसमा यात्रारत थिए ।
मौसम पूर्वानुमान महाशाखाले हाल तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो सँगै शीतलहर जारी रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको छ।
स्याङ्जा-२ मा बुधबार राति ९ बजेबाट मतगणना सुरू हुने भएको छ । सर्वदलीय बैठकले अहिले ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । स्याङ्जा-२ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले पुन: मतदानको माग गरेपछि गणना रोकिएको थियो ।