बाजुरामा झडपका कारण रोकिएको मतगणना पुन: सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि बुधबार अपराह्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएको छैन । जसकारण मतगणना कार्य सुरु हुुन सकेको छैन ।
मतदान सकिएको ११ दिन भए पनि स्याङ्जा-२ को मतगणना अझै सुरु हुन सकेको छैन । चापाकोट नगरपालिकाका चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिँदै आएका छन् । एमालेले मृत्यु भइसकेका र विदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गरेको थियो ।
बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं. ४ सैलोडाकी २१ बर्षीया माया लुहारको घाँटी रेटी हत्या गरिएको हो । सोही ठाउँकी १५ बर्षिया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार शनिबार बिहान साढे ११ बजेसम्म प्रत्यक्षतर्फ १४८ क्षेत्रको नतिजा सार्वजनिक भएको छ ।
एक जना अमेरिकी नागरिक किटीया पवलोस्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचिएको भनिएको हिउँ चितुवाको फोटोले खुबै तहल्का मच्चायो । नमच्चाओस पनि किन ? अमेरिकीहरु उति टाढाबाट आएर नेपालको हिमाल चहारी चहारि दुख गरेर फोटो खिच्छन् । नेपालका पत्रकार भने वाहियात छन् भन्दै ब्याख्या गरे केहिले । त्यहि फोटोलाई लिएर नेपालका केहि नाम चलेका पत्रकार र अखवार, टिभी र रेडियोलेपनि धमाका मच्चाए । त्यो फोटोले धमाका नमच्चाओस् पनि किन ? नेपालको हिमालमा गएर अमेरिकीले हिउँ चितुवाको दूर्लभ तस्विर लिएको भन्दै विश्वकै धमकेदार पत्रिका ‘द टाइम्स’ लेसमेत छाप्यो । त्यसैले यो फोटोले विश्वभरि हल्लाखल्ला र क्षणिक वाही वाही कमायो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। डडेल्धुराबाट २५ हजार ५३४ मत ल्याउँदै देउवा विजयी भएका हुन्। उनका निकतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरेका छन्।
अछाम निवासि सुदुर पश्चिम प्रदेस महिला क्रिकेट टिम अलराउण्डर अस्मिता आउजिलाई ने बि संघका विष्णु स्वाँरले एक सेट क्रिकेट किट सहयोग गरेका छन । मंगलबार साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरको हातबाट उक्त्त क्रिकेट किट साँफेबगर नगरपालिकाको प्राङ्गडमा हस्तान्तरण गरिएको थियो ।
डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले जसले जिते पनि आफ्नै जित हुने बताएका छन्। उनले डडेल्धुरामा देउवा विजयी भएपनि आफूले जिते सरह नै हुने बताएका छन्।
ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता बढाएकी छन् । मत गणनाको पछिल्लो अपडेट अनुसार तोसिमाले ४९१० मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।
बाजुराको अति दुर्गम बिच्छयाँका मतपेटिका ३९ घण्टा पछि सदरमुकाम मार्तडी पुगेका छन् । हिमाली गाउँपालिका १ र वडा नम्बर ३ को तिन स्थानको मतपेटिका मंगलवार बिहान ८ बजे मतपेटिका पुगेको निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।
अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ । अछाम जिल्लाको प्रतिनिधि सभा सदस्यको मत गणना हुँदै गर्दा अछाम क्षेत्र न १ मा गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादिका शेर बहादुर कुँवर ६४८२ मत सहित अग्र स्थानमा छन भने उनलाई पछ्याउदै नेकपा एमालेका झपट बोहरा ४१८९ मत सहित दोस्रो स्थानमा छन त्यसै गरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले अहिले सम्म १११७ मत ल्याएका छन ।
अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ । अछाम जिल्लाको प्रतिनिधि सभा सदस्यको मत गणना हुँदै गर्दा अछाम क्षेत्र न १ मा गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादिका शेर बहादुर कुँवर ४५०३ मत सहित अग्र स्थानमा छन भने उनलाई पछ्याउदै नेकपा एमाले का झ प ट बोहरा ३०४७ मत सहित दोस्रो स्थानमा छन त्यसै गरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले अहिले सम्म ७१३ मत ल्याएका छन ।
अछाम जिल्लामा निर्वाचनको तयारी सम्मपन्न भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित सबै कर्मचारी बिहीबार नै मतदान केन्द्रमा पुगिसकेका जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । निर्वाचनको अघिल्लो दिन आज अछामका १४६ वटै बुथमा केन्द्र निर्माण र मतगणना स्थल बनाउने कार्य भईसकेको छ ।
राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको छ ।
जुम्लाको तिला गाउँपालिका ९ मालापानीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । अन्दाजी ३० वर्षीया ललिता थापाको भिरबाट लडेर मृत्यु भएको हो । खेतबारीमा मल पुर्याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनाव प्रचार गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने व्यवस्था छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ मा सुरु गरेका थिए ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि सरकारले उच्च निगरानी थालेको छ । देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका समूहका १ सय १५ जना पक्राउ परेका नेपाल प्रहरीको तथ्याङ्क छ । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ ।
अमेरिकाको मुद्रा निगरानी सूचीबाट भारतीय मुद्रा बाहिरिएको छ । गत शुक्रबार अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले भारतीय मुद्रा (भारु)लाई ‘करेन्सी मनिटरिङ लिस्ट’बाट हटाएसँगै अमेरिकी मुद्राको तुलनामा भारतीय रुपैयाँ बलियो भएको छ । भारतीय मुद्रासँग पेग्ड गरिएको हुुँदा नेपाली मुद्रा पनि बलियो भएको छ । अर्थात्, भारुको विनिमयदरमा हुने उतारचढावअनुसार नै नेपाली मुद्रा पनि घटबढ हुने गर्छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि आज बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले ६ वटा निर्णय पारीत गरेको छ। समितिले निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिता विपरीतको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारवाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको छ।