स्याङ्जा-२ मा ९ बजेबाट मतगणना सुरू हुने
स्याङ्जा-२ मा बुधबार राति ९ बजेबाट मतगणना सुरू हुने भएको छ । सर्वदलीय बैठकले अहिले ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । स्याङ्जा-२ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले पुन: मतदानको माग गरेपछि गणना रोकिएको थियो ।
Read more