पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन- 'जाँड-रक्सी नखानू नत्र म राम्रो मान्दिनँ'
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई मदिरा सेवन नगर्न निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने चेतावनी समेत दिए । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।