Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

नेमकिपाद्धारा अछामका स्वास्थ्य संस्थालाई १८ सय थान बढी एन ९५ मास्क हस्तान्तरण

नेमकिपाद्धारा अछामका स्वास्थ्य संस्थालाई १८ सय थान बढी एन ९५ मास्क हस्तान्तरण

नेपाल मजदुर किसान पार्टीले जिल्ला अस्पताल अछाम र कमलबजार नगरपालिका वडा नम्बर ६ मा रहेको विरपथ स्वास्थ्य चौकीलाई एन ९५ मास्क हस्तान्तरण गरेको छ । पार्टिलाई चिनिया कम्युनिष्ट पार्टिले दिएको मास्क तथा हाईड्रोजन अक्सिजन मेसिन मध्ये अछाम जिल्लामा मास्क हस्तान्तरण गरिएको हो । पार्टीका केन्द्रिय सचिव तथा पुर्व सासंद प्रेम सुवाल अछाम जिल्लामै पुगेर मास्क हस्तान्तरण गर्नु भएको थियो । जिल्ला अस्पताल अछामलाई १ हजार ५ सय २० तथा विरपथ स्वास्थ्य चौकीलाई ३ सय २० थान एन ९५ मास्क उहाँले हस्तान्तरण गर्नु भएको थियो । मित्र देशको पार्टीले दिएको स्वास्थ्य सामाग्री कोरोनाको बेला अग्रमोर्चामा खटिनेलाई आवश्यकता पर्ने भएकाले पार्टिको केन्द्रिय कमिटीको निर्णय अनुसार वितरण गरिएको सचिव सुवालले बताउनु भयो ।

स्वघाेषित सामाजिक 'अभियन्ता'को आतंक, जतासुकै तीन करोड नेपालीको धम्की

स्वघाेषित सामाजिक 'अभियन्ता'को आतंक, जतासुकै तीन करोड नेपालीको धम्की

६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबीच कुटाकुट परेको देखिन्छ । यो भिडियो एकताका युट्युब ट्रेण्डिङमै परेको थियो । दाताले पीडितका लागि पठाएको केही हजार रुपैयाँ पुण्य गौतमले हिनामिना गरेको आरोप युट्युबरले लगाउँछन् । भनाभन बढ्दै जान्छ । बीचमा आइपुग्छन्, अर्का कथित् सामाजिक अभियन्ता विनयजंग बस्नेत । ‘१५ हजारमा पीडितलाई जम्मा २ हजार मात्र दिएर १३ हजार कहाँ लैजानुभयो ?’, विनयजंगले पुण्यलाई प्रश्न गर्छन् । प्रतिवादका क्रममा पुण्य भन्छन्, ‘हावा कुरा सुनेर भएन नि, तपाईंले लाखौँलाख खानुभयो रे !’ अनि विनयजंगको पारो तात्छ । ‘बोल्न आउँछ भन्दैमा जे पायो तै बोल्ने ?’ भन्दै उनले पुण्यलाई झापु लगाउँछन् ।