आहा ! धुलिकोट राज्यको भग्नावशेषमा उभिएर हेर्दा
स्थानीयले लाभ पाउने गरी धुलिकोटको पुरातात्त्विक महत्त्व जोगिने ग्यारेन्टीसहित केबुलकारका लागि काम अघि बढाइनुपर्छ । चिसापानी–राजकाडा केबुलकार बनेपछि धुलिकोटको डाँडामा चन्द्रागिरिजस्तो पर्यटकीय गन्तव्य बनाउनु उचित हुँदैन । चन्द्रागिरिजस्तै धुलिकोट पुगेर १ सय रुपैयाँ तिरेर एक बोतल पानी खाने जमाना आयो भने त्यो अभिशाप मात्र होइन, स्थानीयमाथि सिधै ठगी नै हुनेछ ।