जन्म दिने आमा भीरबाट लडिन्, कर्म दिनेलाई आगोले खायो
भारतको बैंग्लोरमा रोजगारी गर्दै आएको एक परिवारमा अप्रिय घटना भयो गएको २०७६ भदौमा । खाना पकाउने ग्यासको सिलेण्डर पड्केर २ छोरा सहित १ दम्पति गम्भीर घाइते भए । उनिहरुको उपचारमा लाखौँ रुपयाँ खर्च भयो, तर पनि तीनै जनालाई बचाउन सकिएन् । १ जना बालक निरज लुहार मात्रै मुस्किलले बाँच्न सफल भए तर उनको जलेको सरिर अझै निको भएको छैन ।