Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मुख्य समाचार

धनगढीमा प्रधानमन्त्री ओलीको भीम रावलमाथि व्यङ्ग्य : मन्त्री बनाउन नमानेपछि पीर पर्‍याे

धनगढीमा प्रधानमन्त्री ओलीको भीम रावलमाथि व्यङ्ग्य : मन्त्री बनाउन नमानेपछि पीर पर्‍याे

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पुगेर नेकपाको प्रचण्ड–नेपाल समूहका नेता भीम रावलमाथि मन्त्री बन्न नपाएर छटपटिएको आरोप लगाउनुभयो । मन्त्री बन्न नपाएपछि रावलले आफूलाई गाली गर्दै हिँडेको ओलीको भनाइ छ । ‘एउटा प्रदेशबाट मात्र एक जनालाई मन्त्री बनाउने ? मैँले बनाउन मानिनँ । उहाँलाई पिर पर्यो’, भीम रावलतर्फ सङ्केत गर्दै ओलीले भन्नुभयो । सुदूरपश्चिमले यस पटक चार जना मन्त्री पाउँदा खुशी हुनुपर्नेमा रावल भने खुसी नभएको उहाँले बताउनुभयो । रावलले मन्त्री बन्न हत्ते गरेको र नपाएपछि आफ्नो उछितो काटेर हिँडेको ओलीको भनाइ छ ।

जताततै आक्रामक पाटेबाघ, चुनौतीपूर्ण बन्दै बाघ संरक्षण

जताततै आक्रामक पाटेबाघ, चुनौतीपूर्ण बन्दै बाघ संरक्षण

नेपालगञ्जबाट घरतर्फ फर्किरहेका कैलाली लम्कीचुहा नगरपालिका-४ निवासी २२ वर्षीय मोटरसाइकल चालक सन्तोष थापा शुक्रबार राती पौने ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ राजमार्गमा तैनाथ नेपाली सेनाको चेकपोष्टमा हस्याङफस्याङ गर्दै पुगे। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका-२ अम्रेनीदेखि करिब साढे ६ किलोमिटरभित्र गुमनाह पुल आसपास क्षेत्रमा आफूसँगै मोटरसाइकलमा सवार ५० वर्षीया आमा नन्दकला थापालाई पाटेबाघले मोटरसाइकलबाटै आक्रमण गरी घिसारेर जंगलभित्र पुर्‍याएपछि उनले आमाको जीवन रक्षाका लागि सुरक्षाकर्मीसँग गुहार मागे।

सामाजिक सुरक्षा  करको रकम कहाँ छ ?

सामाजिक सुरक्षा करको रकम कहाँ छ ?

सामाजिक सुरक्षा करका नाममा सरकारले विगत एक दशकदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिकबाट एक प्रतिशतका दरले रकम उठाइरहेको छ । सरकारले करको सामान्य सिद्धान्तभन्दा बाहिर गएर आर्थिक वर्ष ०६६/६७ बाट सामाजिक सुरक्षा कर उठाउन थालेको हो । मुलुक राजनीतिक संक्रमणमा रहेको तथा श्रम सम्बन्ध खराब भएको त्यो वेला श्रमिक बेरोजगार बन्दा उनीहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यले यो करको सुरुवात गरिएको थियो । तर, अहिले सोही काम गर्न सामाजिक सुरक्षा कोषको स्थापना भइसकेको अवस्थामा पनि सरकारले एक प्रतिशत कर असुल्न छाडेको छैन । त्यसो हुँदा न्यूनतम सीमाभन्दा कम आम्दानी गर्ने श्रमिकको पारिश्रमिकमा कर लगाउनु नहुने सिद्धान्तविपरीतको यो कर तत्काल खारेज गर्नुपर्छ ।