Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ३२ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

समाज

‘बेचिनबाट धेरै पटक जोगिएर फर्केँ ’

‘बेचिनबाट धेरै पटक जोगिएर फर्केँ ’

दायाँ आखाँमा गहिरो चोट , शरिरमा टाढैबाट हेर्दा पनि हड्डी र  निकै दुब्लो देखिने , मलिन अनुहार , ठूलो स्वरले बोल्न नसक्ने , कान कम सुन्ने ४४ वर्षीया हिरा अधिकार मदिरा सेवन गर्ने श्रीमान्बाट पटकपटक कुटिएकी , गम्भिर घाइते भएकी र भारतमा धेरै पटक उनै श्रीमान्ले बेच्न खोज्दा ठक्कर खाएर अछाम पुगेकी महिला हुन् । जिल्ला प्रशासन कार्यालयकै छेउको सानो झुपडीमा दुइ साता यता  देखीने केटाकेटीको ठूलो जमात उनैका छोराछोरीको हो ।  श्रीमान्ले अलपत्र पारेपछि सात वर्षको अवधिमा भारतमै जन्मिएका पा“च जना छोराछोरीलाई  कोहलपुरमा पन्ध्र दिन क्वारेन्टाइनमा बसेर हिरा गतसाता मात्रै अछामकी पुगिन् । तर, असामान्य अवस्थामा ।  २२ वर्ष अघि उनको घोडासैनका कृष्ण अधिकारीसग बिवाह भएको थियो । गाउँमा घरजग्गा , धनसम्पत्ति भएको मान्छे देखेपछि हिराका आमाबुवाले कृष्णसग बिवाह गरिदिए । बिहे गरेको केहिसमयसम्म परिवारको अवस्था राम्रो थियो । गाउँमा कसैलाई अप्ठ्यारो पर्दा कृष्णको परिवारबाट सहयोग लिने पनि धेरै थिए । जब बिहेपछि कृष्ण घर छोडर कामको लागि भारत गए । उतै साथीभाइको लहैलहैमा लागेर मदिरा सेवन गर्न थाले । ‘गाउँमा हदासम्म कसैसंग चर्को स्वरले नबोल्ने मान्छे उता गएर जाडरक्सी खान थालेको छ भनेर एक्कासी खबर आयो’ हिराले भनिन् ,‘त्यसपछि कहिले चोरेको घटना , कहिले कुटपिटका घटना भए भन्दै घरमा खबर आइरहे । त्यसैबेला देखि मेरा दुःखका दिन सुरु भए ।’ कृष्ण घर आएपछि पनि रक्सी खान श्रीमतीलाई कुट्ने , आमालाई कुट्पिट गर्न थाले । त्यो देखेर गाउ“ले समेत अचम्म परेका थिए । ‘घोडासैनमा धनसम्पत्ति भएको धनाड्य परिवारका मान्छे थिए  । मदिरा खानाले अहिले कृष्णको परिवारको सडकको बास भयो’ घोडासैनका बासुदेव जैसीले भने ,‘ ७÷८ वर्षको अवधिमा त्यत्रो सम्पत्ती घरजग्गा सबै बेचेर रक्सी खाएको देख्दा हामी पनि अचम्म परेका छौं । अहिले कृष्णको परिवारलाई गाउँमा ओत लाग्ने ठाउ“ छैन ।’

जोखिम मोलेर गाउँमै पुगेर सेवा दिँदै स्वास्थ्यकर्मी

जोखिम मोलेर गाउँमै पुगेर सेवा दिँदै स्वास्थ्यकर्मी

मंगलसेन नगरपालिका –७ मा रहेको जनालीबण्डालीमा कार्यरत सिनियर अनमी धनसरा ढुंगाना स्वास्थ्य सेवामा प्रवेश गरेको १५ वर्ष भयो । यो अवधिमा उनले धेरै ठाउँमा पुगेर सेवा दिइन् । ग्रामीण भेगमा धेरै सेवा दिएकी उनी अहिले पनि गाउँमै छिन् । स्वास्थ्य चौकीमा बस्दा गाउँमा मान्छेसँग राम्रो सम्बन्ध बनाएकाले उनलाई सरुवा हुँदा पनि भेट्ने धेरै छन् । अहिलेसम्म धेरैका ज्यान बचाएकी छन् । अरुलेभन्दा ग्रामीण भेगमा लाग्ने रोग र त्यहाँको अवस्थाबारे उनी बढि जानकार छन् । उनी जुन ठाउँमा गइन राम्रै सेवा दिइन् । गाउँमा जाँदा स्वागत गर्ने ,सत्कार गर्नेहरु आज उनैलाई देख्दा डराउन थालेका छन् । घरमा जाँदा परिवार डराउँछन् । कार्यक्षेत्रमा जाँदा सेवाग्राही डराउँछन् । यतिबेला नराम्रो लाग्छ’ उनले भनिन् ,‘परिवारबाट टाढा बसेर स्वास्थ्य चौकी जान्छु । छोराछोरी नजिक आउन खोज्छन् । सबैबाट जोगिनु परेको छ । पहिलेभन्दा अहिले कामको चाप बढेको छ ।’

त्रिपुरा देवि युवा क्लब द्वारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

त्रिपुरा देवि युवा क्लब द्वारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

त्रिपुरा देवि युवा क्लब चौरपाटी ( ५ लुङ्ग्राले रामारोशन गाउँपालिकाका बाढी पहिरो पिडित परिवारका लागि २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष सरस्वति रावलको उपस्थितिमा मुजाबगर पुगेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको क्लबका कोषाध्यक्ष महेश बहादुर खड्काले जानकारी दिनुभयो । घट्नाबाट पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको कोषाध्यक्ष खड्काले बताउनुभयो । उहाँले विशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित युवा क्लबले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने बताउनुभयो।

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकी क्यान्सरपीडित एक किशोरीको उपचारको लागि यू.एस.आर्मि शाहिले १० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । समाजिक कार्यमा सक्रिय भुपेन्द्र ब. बुढा र देबेन्द्र ब. बुढाले विभिन्न संघसंस्थ र व्यक्तीलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट उपचारका लागि सहयोगको अपिल गरेका थिए । अछाम ढकारी गाउँपालिका– ६ मोयकाँडा की १८ वर्षीया मनसरा बुढाका लागि सहयोगको अपिल गरिएको थियो । क्यान्सरपीडित मनसरा ढकारी ६ ढुंगाचाल्नास्थित अष्ट सिद्धि मा वि मा कक्षा ११ मा अध्यनरत छन् । उनी विगत एक वर्षदेखि बिरामी रहेको हुँदा गाउँघरमा अन्धविश्वासका कारण धामी झाँक्रीको पछि लाग्दा रोग जीर्ण हुँदै गएको थियो ।

नेपालमा तीव्र, विदेशमा मत्थर

नेपालमा तीव्र, विदेशमा मत्थर

असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए। सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए। ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने,‘लगभग नियन्त्रणमा आएको छ।’