बैतडीको क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु
बैतडी — बैतडीमा क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने एक जना पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरुलाई खाना पकाउने गरेका दशरथचन्द नगरपालिका ६ कै करिब ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।