चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् ।
एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ ।
एन्टोनोभको व्यवस्थापन गर्दै आएको युक्रेनको सरकारी रक्षा कम्पनी युक्रोबोरोनप्रोमका अनुसार विमानको मर्मतका लागि ५ वर्षभन्दा बढी समय र ३ अर्ब अमेरिकी डलर लाग्न सक्नेछ । युक्रेनको उड्डयन र हवाई कार्गो क्षेत्रमा रुसले जानाजान क्षती पुर्याएको भन्दै विमानको सम्पूर्ण मर्मत लागत रुसले व्यहोर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।
गत साता अमेरिका, क्यानडा र युरोपेली देशहरुले विश्वका २०० भन्दा बढी देशका ११ हजार बढी बैंकहरु जोड्ने ‘स्विफ्ट’ प्रणालीबाट रुसका प्रमुख बैंकहरुलाई हटाउने निर्णय गरेका थिए । जसको असर पनि रुसी बैंकहरुमा देखिन थालेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह चुनावको लागि ८० वटा राजनीतिक दलले दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । फागुन ५ गतेदेखि हिजो १५ गतेसम्मको समयसीमामा ८० वटा राजनीतिक दलले दर्ताको लागि निवेदन दिएका आयोगले जनाएको छ ।
कथाको प्रस्तुति, दृश्यभाषा र पात्रहरुको अभिनयले फिल्ममा देखाइएको संसारलाई दर्शकले सजिलै विश्वास गरिरहेका हुन्छन् । त्यही विश्वासले दर्शक फिल्मको कथा, पात्रहरुमा आफैंलाई देख्छन्, भेट्छन् अथवा त्यसमा बाँधिन्छन् । तर त्यही दृश्यले कथाको संसार सिर्जना गर्न सकेन भने, फिल्म कस्तो बन्छ ? सुदर्शन थापा निर्देशित 'म यस्तो गीत गाउँछु २' यसैको उदाहरण बनेको छ ।
जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ । उनले आइतबार नै सामाजिक सञ्जालमा आफू प्रहरी सामु उपस्थित हुने भएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँका डीएसपी युवराज खड्काले शाह पक्राउ परेको पुष्टि गरे ।
रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु रहेको बताएकी छन्।
पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेसको ६ जिल्लामा आज नेतृत्व चयनका अधिवेशन हुँदै छ।
पर्सा, कैलाली, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली र सर्लाहीमा आज अधिवेशन हुन लागेको हो।
आज संसद नभएका छ जिल्लामा अधिवेशन हुन लागेको र बाँकी अन्य १० जिल्लाको अधिवेशन यहि फागुन २० गतेसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए। रिजालका अनुसार बाँकी जिल्लाले कसैले १८ गते कसैले १९ गते निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको पनि बताए।
१४ औं महाधिवेशन अन्तर्गत सिरहा, सप्तरी, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी र सर्लाहीमा महाधिवेशन हुन बाँकी छ। यस्तै कैलाली, अछाम, बाँके, चितवन, मकवानपुर, सिन्धुली, पूर्वी नवलपरासी, सिन्धुपाल्चोकले महाधिवेशन गरेका छैनन्।
स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो बेवसाइटमा राख्ने गरेका थिए । अहिले त्यो चलन पनि हटेको छ ।
नायक पल शाहविरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरीपछि सामाजिक सञ्जालमा एउटा जबर्जस्त भाष्य निर्माण गर्न खोजिएको छ– ‘मन मिले चमत्कार नत्र बलात्कार !’ । लाग्दैछ, ती पलहरुको परिभाषाभित्र बलात्कार भनेको अपहरण गरेर, नाक–मुखमा पट्टी लगाइदिएर, हात–खुट्टा बाँधेर एउटा क्रुर पुराना हिन्दी फिल्ममा देखाउने सिन मात्र पर्छ ।
अन्तर्राष्ट्रिय बजारमा अनलाइन डेटिङ र मेट्रोमोनियल एप सञ्चालन भइसकेका बेला नेपालमा पनि ‘बिहेनेपाल’ एप बजारमा आएको छ । २७ वर्षीया श्रद्धा कटुवाल र २४ वर्षीया श्रेया कटुवाल दिदीबहिनी मिलेर बिहीबार रावा सफ्टवेयर कम्पनीबाट निर्मित ‘बिहेनेपाल’ एप सार्वजनिक गरे ।