Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सर्वोच्चका 'विद्रोही' न्यायाधीशहरुको विश्लेषण- प्रधानन्यायाधीश राणालाई केपी ओलीको ब्याकअप!

सर्वोच्चका 'विद्रोही' न्यायाधीशहरुको विश्लेषण- प्रधानन्यायाधीश राणालाई केपी ओलीको ब्याकअप!

न्यायपालिका प्रमुख (प्रधानन्यायाधीश) चोलेन्द्र शमशेर राणा अहिले कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग पदको 'बार्गेनिङ' गरेर विभिन्न नियुक्तिदेखि मन्त्रिपरिषद्‌मा समेत आफ्नो हिस्सा ओगट्ने खेलमा लागेको भनेर आलोचना र विवादको केन्द्रमा छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'बार्गेनिङ' गरेर संवैधानिक निकायहरुमा 'हिस्सा लिएको' आरोप लागेका प्रधानन्यायाधीश राणाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ गठबन्धनसँग बार्गेनिङ गरेर आफ्ना जेठान (गजेन्द्र हमाल)लाई मन्त्री बनाएको आरोप लागेको छ। राणाले मन्त्रिपरिषद्‌मा हिस्सा लिएको विषय सार्वजनिक भएपछि हमालले मन्त्री पदबाट राजीनामा त दिए, तर यो प्रकरणले न्यायालयको विवाद झन् गम्भीर मोडमा पुगेको छ।

महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार

महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टरबाट उद्धार

नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् । मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन । “स्थलमार्गबाट जान अन्य खहरे खोला र बाढीले जानसक्ने अवस्था नै थिएन्”, यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले भन्नुभयो, “स्थलमार्गबाट गएर त्यहाँ उद्धार सम्भव नभएपछि सुर्खेतबाट हेलिकप्टर बोलाइएको हो ।”