Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मुख्य समाचार

जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न

जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न

जिल्ला स्तरको महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम शुक्रबार आज साँफेबगरमा सम्पन्न भएको छ । समविकास नेपाल साँफेबगर शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । दुई दिने कार्यक्रममा महिलाहरुले आफनो शरिरलाई कसरी स्वास्र्थ राख्ने,आफनो लागी समयको व्यवस्थापन कसरी गर्ने,मानसिक रुपमा हुने तनावलाई कम गर्न कस्ता किसिमका क्रिर्याकलापहरु गर्ने ,आफैलाई खुसी कसरी पार्न सकिन्छ, आफनो सुरक्षा कसरी गर्ने भन्ने लगाएतका विषयमा जानकारी गराईएको थियो ।

रञ्जितालाई रेशमको ‘काउन्टर’ जवाफः सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्रीहरु फिर्ता हुँदैनन्

रञ्जितालाई रेशमको ‘काउन्टर’ जवाफः सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्रीहरु फिर्ता हुँदैनन्

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । आज (शनिबार) बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका हुन् । हिजो (शुक्रबार) स्ुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी र खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाएका थिए ।

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी

नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए । यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मतमा चित्त बुझाएका छन् । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् । सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् । भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् । उपसचिव (महिला) मा ढुंगाना प्यानलका गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् । फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।