Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

मेयरको घर अगाडि वडाध्यक्षहरुले थुपारे फोहोर, कालोमोसो दल्ने चेतावनी

मेयरको घर अगाडि वडाध्यक्षहरुले थुपारे फोहोर, कालोमोसो दल्ने चेतावनी

दीपावली नजिकिए पनि नगरप्रमुख साहले उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै आइतबार बिहान केही वडाध्यक्षहरुले नै नगरप्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपार्दै उनलाई कालोमोसो दल्ने चेतावनी दिएका हुन् । नगरप्रमुख साहको घर अगाडि फोहोर थुपार्दै उपमहानगरमा अव्यवस्थित तरिकाले थुपारिएका फोहोर नउठ्दा नगर दुर्गन्धित भएको र यसतर्फ नगरप्रमुख साहले कुनै चासो नदेखाउँदा आफूहरु बाध्य भएर उनको घर अगाडि फोहोर थुपारेको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए । वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरे आफूहरु चाँडै उनलाई कालोमासो दल्ने चेतावनी दिए ।

सांग्रिला डेभलपमेन्ट बैंक १७ औ वार्षिकोत्सवको सुदुरपश्चिम शाखाका कार्यक्रमहरु सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक १७ औ वार्षिकोत्सवको सुदुरपश्चिम शाखाका कार्यक्रमहरु सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लि सुदुरपश्चिमले वार्षिकोत्सवको अवसरमा ७ दिने कार्यक्रमहरु गर्दै सम्पन्न गरेको छ । बार्षिकोत्सब को अवसरमा कात्तिक ८ गते महेन्द्रनगरमा सांग्रिला डेभलपमेन्ट बैंक र कंचन प्रयोगशालाको सहकार्यमा एक दिने प्रेसर चेक जांच र सुगर चेक कार्यक्रम, कात्तिक ९ गते सुदुरपश्चिमका सबै  शाखामा बित्तीय साक्षरता कार्यक्रम, १० गते धनगढी शाखालगायत ठाउँमा रक्त दान कार्यक्रम र कार्तिक १३ गते का दिन अत्तरिया को ओलानी वार्ड नम्बर १२ मा आँखा शिबिर कार्यक्रमा गर्दै सम्पन्न गरेको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले बताउनुभयो ।

कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव

कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबारको बैठकले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । निर्वाचन समितिले कात्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ। कात्तिक ३० गते बाँकी रहेका पालिकामा अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सात वटै प्रदेशको अधिवेशन, मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्नका लागि प्रस्ताव गरिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका हुन्। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीर्ष नेताहरुसँग छलफलपछि मंसिरभित्रै केन्द्रीय महाधिवेशन सम्पन्‍न गर्ने गरी कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यहीअनुसार निर्वाचन समितिले बुधबारै छलफल गरेर तयारी अघि बढाएको हो।

सर्वोच्चका 'विद्रोही' न्यायाधीशहरुको विश्लेषण- प्रधानन्यायाधीश राणालाई केपी ओलीको ब्याकअप!

सर्वोच्चका 'विद्रोही' न्यायाधीशहरुको विश्लेषण- प्रधानन्यायाधीश राणालाई केपी ओलीको ब्याकअप!

न्यायपालिका प्रमुख (प्रधानन्यायाधीश) चोलेन्द्र शमशेर राणा अहिले कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग पदको 'बार्गेनिङ' गरेर विभिन्न नियुक्तिदेखि मन्त्रिपरिषद्‌मा समेत आफ्नो हिस्सा ओगट्ने खेलमा लागेको भनेर आलोचना र विवादको केन्द्रमा छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'बार्गेनिङ' गरेर संवैधानिक निकायहरुमा 'हिस्सा लिएको' आरोप लागेका प्रधानन्यायाधीश राणाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ गठबन्धनसँग बार्गेनिङ गरेर आफ्ना जेठान (गजेन्द्र हमाल)लाई मन्त्री बनाएको आरोप लागेको छ। राणाले मन्त्रिपरिषद्‌मा हिस्सा लिएको विषय सार्वजनिक भएपछि हमालले मन्त्री पदबाट राजीनामा त दिए, तर यो प्रकरणले न्यायालयको विवाद झन् गम्भीर मोडमा पुगेको छ।