Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०९ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो (अपडेट)

मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्।

Read more

जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ४ जनाको मृत्यु - अछाम

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको जीप दुर्घटनामा गाडी चालक सहित १५ जना बढी घाईते भएका छन ।

Read more

मन्त्रिपरिषद्ले पायो पूर्णता, राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा

मन्त्रिपरिषद्ले पायो पूर्णता, राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा

Read more

भारतबाट नेपाल आउने बस सञ्चालककाे आतंक, नेपाली यात्रु कुटिए

भारतकाे महाराष्ट्रस्थित पुनाबाट छुटेको बसमा सवार नेपाली यात्रु कुटिएका छन्। मुम्बईबाट सुरत हुँदै नेपाल गइरहेको दीर्घश्वरी टुर एण्ड ट्राभल्समा सवार यात्रु कुटिएका हन्। बसमा सवार नेपालीलाई बीच बाटाेमा दिसा पिशाव गर्न ओराल्ने क्रममा ढिलाे गरेको भन्दै कुटपिट गरिएको हाे।

Read more

एकसाथ डाउन भए फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएको छ । प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत व्यापक गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।

Read more

बुढाकोट समाज पुणे महाराष्ट्र,भारत को कार्य समिति गठन

बुढाकोट समाज पुणे महाराष्ट्र,भारत को कार्य समिति गठन भएको छ  । साँफेबगर नगरपालिका ९ बुढाकोट घर भएका हाल रोजगारी को शिलसिला मा भारतको महाराष्ट्र पुणे शहरमा रहेका नेपालिहरुले उक्त समिति गठन गरेका हुन् ।

Read more

मार्कु सयपडामा श्री भद्रयोगिनी माता भन्थान मन्दिर निर्माण कार्य सम्पन्न

चौरपाटि गाउँपालिका वडा न ७ मार्कु सयपडामा चन्दा संकलन गरि मन्दिर निर्माण गरिएको छ ।  जिल्ला भित्र र बाहिरका दर्जनौ चन्दा दाताहरुको सहयोगमा उक्त मन्दिर निर्माण गरिएको स्थानीय प्रेम बोगटीले हाम्रो बुलेटिनालाई जानकारी दिए

Read more

लिपुलेक-कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारि

मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए ।

Read more

तीन दस्तावेजमा छलफल गर्न १० समूहमा प्रतिनिधि विभाजन : एमाले विधान महाधिवेशन

नेकपा (एमाले)को विधान महाधिवेशनको पहिलो दिन प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नका लागि प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

Read more

भीम रावल एमाले विधान महाधिवेशनको अध्यक्ष मण्डलमा अटाएनन्

नेकपा एमालले प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो ।

Read more

एमालेमा सदस्य बनेको १५ वर्षपछि मात्रै केन्द्रीय सदस्य हुन पाइने

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य हुन पार्टी सदस्यता लिएको १५ वर्ष पूरा हुनुपर्ने प्रस्तावा अघि सारेको छ।

Read more

सुदूरपश्चिम प्रदेशसभा अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन शुक्रबारबाट अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताए ।

Read more

दसैंको लागि ५ अर्बका नयाँ नोट साटिए

दसैंका लागि असोज ४ गतेदेखि नयाँ नोट वितरण सुरु गरिएको हो । पहिला नेपाल राष्ट्र बैंकले मात्र वितरण गर्दै आएको नयाँ नोट वाणिज्य बैंक मार्फत पनि साट्न सकिने व्यवस्था गरेपछि सर्वसाधारणले केही सहज महशुस गरेका छन् ।

Read more

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा १९ गुणा बढी आवेदन, कहिले सम्म दिन सकिन्छ आवेदन ?

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले हिजोबाट निष्कासन गरेको आईपीओमा हालसम्म मागभन्दा १९ गुणा बढीको आवेदन परको छ ।

Read more

बुद्धका यात्रु भन्छन् : यत्ति हो भनेर घर पठाउनलाई म्यासेज पनि लेखिसकेको थिएँ, ज्यानको माया मारिसकेका थियौँ,

ल्यान्डिङ गियरमा समस्या भएपछि बुद्ध एयरको एउटा जहाज सोमबार बिहान करिब २ घण्टासम्म नेपाली आकाशमा घुमिरह्यो ।

Read more

सात पालिकामा सहमति, तीन पालिकामा निर्वाचन - कांग्रेस अधिवेशन अछाम

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अछामका पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। दश पालिका मध्ये ७ मा सहमतीको आधारमा नेतृत्व चयन भएको छ भने बाँकी ३ पालिकामा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ। सहमतिको आधारमा नेतृत्व चयन हुने पालिकाहरु चौरपाटी गाउँपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मंगलसेन नगरपालिका र कमल बजार नगरपालिका रहेका छन्। बाँकी तीन वटा पालिकामा मतदान भएको छ।

Read more

गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने

नेपालीहरुको महान पर्व तिहार तथा "बहुमुखी कला मन्दिर" गोदावरी, कैलालीको १४ औं वार्षिकोत्सबको शुभ अवसरमा गोदावरी नगरपालिका वडा - ३ कार्यालयको सहयोग तथा समन्वय र बहुमुखी कला मन्दिरको आयोजनामा नगरपालिका स्तरीय "गोदावरी वडा अध्यक्ष कप " पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हरेक वर्ष वार्षिकोत्समा स्थानीय स्तरमा गर्दै आएका बिभिन्न कार्यक्रम बिस्तार गर्दै यस पटक अन्तर वडा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

Read more

अछाममा ६ स्थानीय तहमा सर्वसम्मत , ४ मा चुनाव हुँदै

नेपाली काङ्ग्रेसको नगर तथा गाउँपालिका अधिवेशन अछामका १० वटै पालिकामा सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा मेल्लेखमा गाउँपालिकामा खगेन्द्र साउद चौरपाटी गाउँपालिकामा धर्म साउद ,रामरोशन गाउँपालिकामा मानबहादुर साउद सभापति भएका छ्न ।

Read more

तेस्रो धारका नेताहरूले एमालेको बैठक बहिस्कार गर्ने

विधान महाधिवेशन तयारी बैठक चलिरहँदा नेकपा (एमाले)मा एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमानदारीपूर्वक कार्यान्वयन नभएको भन्दै तेस्रो धारको असन्तुष्टि चुलिएको छ।

Read more

देउवा-ओली सहकार्य कति सम्भव ?

प्रमुख प्रतिपक्ष एमालेले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरोध जारी राखेको छ भने अर्कोतर्फ प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सरकार र संसद्‌मा देखा परेको यो राजनीतिक गतिरोधले दोस्रोपटक पुनर्स्थापित प्रतिनिधिसभाले पनि पूर्ण कार्यकाल पूरा गर्नेमा सत्ता गठबन्धन भित्रै संशय पैदा हुन थालेको छ ।

Read more

महिलाहरुको एउटै आवाज– 'प्याडमा कर र भ्याट हट्नैपर्छ'

कीर्तिपुर बस्ने बीना श्रेष्ठ दुई दिन अगाडि प्याड किन्न पसल पुग्दा तीनछक परिन् । सधैझैं प्रयोग गर्ने प्याडको पैसा तिर्दा पसलेले १० रुपैयाँ बढी लिइदिए । केही दिनयता प्याडमा पैसा बढेको कुरा पनि पसलेबाटै थाहा पाइन् । ‘एकचोटी महिनावारी हुँदा २ देखि ३ वटा प्याडको आवश्यकता पर्छ । अत्यावश्यक सामग्रीमा पनि किन मूल्यवृद्धि गर्नु पर्ने?' उनी प्रश्न गर्छिन् ।

Read more

नेपाली काग्रेसको अधिवेशन फेरि सर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ। एक दर्जन जिल्लामा अझै क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा पूर्वर्निधारित कार्यतालिका पूरै प्रभावित भएको हो।

Read more

बाग्लुङ समाज आयरल्यान्डको पहिलो भौतिक कार्यक्रम सम्पन्न

बाग्लुङ समाज आयरल्यान्डको पहिलो भौतिक कार्यक्रम सम्पन्न  भएको छ । संस्थाको स्थापना देखि भर्चुअल (Zoom ) माध्यमबाट सम्पन्न हुँदै आएको बाग्लुङ समाज आयरल्यान्डलाई  थप ससक्त बनाउन कार्यसमिति सदस्य लगायत सम्पुर्ण बाग्लुङे आमाबुबा दाजुभाइ दिदिबहिनीहरु माझ भैतिक रुपमा भेटघाट कार्यक्रम  सेप्टेम्बर २१ तारिख मंगलबार डब्लिनको टिचर्स हलमा भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो  ।

Read more

अर्थमन्त्री शर्मा भन्छन अघिल्लो सरकारको कुनै पनि योजना काटेका छैनौं, रोकेको पनि छैन

अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवाद गरेर राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग वार्ता र संवाद भइरहेकाे बताए ।

Read more

एमालेको अवरोधबिच सभामुखले अघि बढाए बजेट पारितको कार्यसूची

प्रतिनिधि सभाको बैठक शुरु भएको छ। सरकार बजेट पास गर्ने तयारीका साथ संसदमा प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अवरोधको प्रयास जारी राखेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधकाबीच कार्यसूची अघि बढाएका छन्।

Read more
Page 52 of 131