जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख रुपयाँ आर्थिक सहयोग गरेको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा बिनियोजित गरिएको ५ लाखको चेक नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले बयालपाटा अस्पतालका बित्त प्रमुख रामराज खकुरेललाई हस्तान्त्ररण गरेका छन ।
नेपाली काँग्रेस अछामको जिल्ला कार्य समितिको सदस्य पदका लागि युवा नेता गोकुल भाटले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र अछाम का प्रभावशाली नेता सुदुर पश्चिम प्रदेश कमिटी सदस्य झपट साउद मर्म कि धर्मपत्नी भरु साउद नेपाली कांग्रेस मा प्रवेश गरेकि छन नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले बैठकमा पाटी जिल्ला सभापति भरत कुमार स्वार पाटी सदस्यता दिदै उहाँ लाई कांग्रेस प्रवेश गराएका हुन ।
आकाश गड्किएजस्तै गरी आएका बन्दुकका छर्रासँगै ऐया...मरे...आम्मा ... बचाओ ... नमार नमार ... बरु सिधै मारी देउ, यसरी नतड्पाउ भन्दै कोलाहल मच्चिएको २०५८ फागुन ४ को रात । मंगलसैन ५ कि ७३ वर्षीया रत्ना ढुंगाना कहिल्यै बिर्सन सक्दिनन् ।
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने कामको पनि आजैदेखि अन्त्य गरिँदैछ ।
विधिपूर्वक एकमहिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
स्थानीय निर्वाचनप्रति केन्द्रित हुँदै प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले एक महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार सम्पन्न बैठकले ‘घर घर जाऊ, कांग्रेस जिताऊ’ भन्ने अभियानका साथ पार्टीको सबै संरचना परिचालन गर्ने निर्णय गरेको छ ।
वादित अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विवादकै बीच संसद्मा टेबल हुने भएको छ । सत्ता गठबन्धनभित्रबाटै विरोध भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामा एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल हुने निश्चित भएको छ ।
नेपाली कांग्रेस अछामको जिल्ला उपसभापती पदका लागि युवा नेता ललित कुवँरले उम्मेद्धारी घोषणा गरेका छन् ।
किसान संघ अछामका पूर्व अध्यक्ष समेत रहेका नेता कुवँरले पार्टी संगठनलाई बलियो र चलायमान बनाउन उपसभापती पदमा उम्मेद्धारी दिने घोषणा गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विपक्षमा जाँदा गठबन्धन र सरकार छोड्न परे पनि तयार रहेको स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन प्रक्रियामा लगे गठबन्धन र सरकार दुवैबाट बाहिरिने घोषणा गरेका हुन् । एमसीसीको विपक्षमा जनमत भएका बेला अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६५४ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ८३६ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २०७ संक्रमित थपिएका हुन् ।
मेचीनगर १४ दुहागढीको मगमग चाउचाउ कारखानामा लागेको आगो करिब १२ घन्टापछि नियन्त्रणमा आएको छ । आगो नियन्त्रण गर्न झापा, मोरङ, सुनसरी र इलामका एक दर्जन दमकललाई करिब १० घन्टा समय लागेको थियो ।
कैलाली कञ्चनपुरसहित पहाडी ७ जिल्लामा अबको २ साताभित्रै नयाँ विद्युत मिटर वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भारतबाट हालै मात्र पुगेको मिटर एक साताभित्रै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयमा आइपुग्ने बताइएको छ।
काठमाडौंको साखूँस्थित सालीनदीमा माधवनारायण मेलामा भक्तजनको घुइँचो लागेको छ । हिन्दू धर्मावलम्बीका लागि विशेष रहेको यस मेला फागुन ४ गते समापन हुने छ ।
मेला सकिनु अघिको अन्तिम शनिबार भएको कारण मेलामा भक्तजनहरुको भीड लागेको हो । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक स्वस्थानी ब्रत एवम् माघस्नान गरिन्छ ।
देशभरका शैक्षिक संस्थामा भोलि (आइतबार)देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो।
वर्ल्ड भिजन इन्टरनेसनल नेपाल को आर्थिक सहयोग र आस्था नेपालको आयोजनामा रुपान्तरण कक्षाका अभिभावकलाई सकारात्मक कक्षा सञ्चालन भएको छ। आस्था नेपाल र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल स्पोनसरसीप तथा बाल संरक्षण परियोजना अन्तर्गत प्रत्येक शनिबार सञ्चालन हुने रुपान्तरण कक्षाका अभिभावकहरूलाई सकारात्मक अभिभावकत्वका सीपबारे जानकारी गराउन थालिएको छ ।बालबालिकाको पालन पोषण र शिक्षामा आफू कसरी प्रभावकारी हुने भन्नेअभिप्रेरणा सहित क्षमता अभिबृद्दी गर्ने उद्देश्यले कक्षा सञ्चालन भएको हो ।
अछाम पुर्ख्यौली घर भइ कंचनपुर बस्दै आएका एक पुरुष काठमाडौंबाट म्यादी - पोखराको बाटोमा माघ २० गते देखि हराएका छन् । काठमाडौ बाट कंचनपुर निस्केका ४५ वर्षका भ्वानसिंह कडायतले दैजी चथरी ,महेन्द्रनगर कंचनपुर बस्ने आफ्नो परिवारलाई २१ गते घर पुग्ने खबर गरेका थिए ।
दैलेखको क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नं. ख बाट कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका छन् । आइबार मुख्यमन्त्री जीवन बहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। उनका अनुसार ती महिलाको शनिबार (हिजो)देखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
अछाममा क्रिकेट संघ अछामको चौथो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै साँफेबगरमा सम्पन्न भएको छ । साधारण सभाले साँफेबगरका अनिल कुवँरको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
नेकपा एमाले कैलाली जिल्लाको जिल्ला अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतमा सबैभन्दा बढी मत ३४० मत ल्याएर युवा नेता अरुण कुँवर जिल्ला सदस्यामा निर्वाचित भएका छन । यस अघी सबैभन्दा बढी मत प्राप्त गर्नेमा उपाध्यक्ष पदमा नव निर्वाचित दुर्गा प्रसाद जैशिले सबैभन्दा बढी ३२७ मत प्राप्त गरेका थिए ।
अछाममा एक जना युवक को शब भेटिएको छ । अछाम जिलाको कमलबजार नगरपालिका ५ कुइका ( साविकको कुइका - ६ ओखलढुंगा ) निवासी ३७ बर्षिय भानुभक्त तिमिल्सैना को शब आफ्नो घर भन्दा ५०० मिटरको दुरिमा भेटिएको घटना स्थल पुगेका नेपाल पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष तथा मंगलसेन नगरपालिका ६ का वडा अध्यक्ष जनक भण्डारिले हाम्रो बुलेटिनलाई जानकारी दिए ।
नेकपा (एमाले) अछामको खुला सदस्यमा सा न पा ९ बुढाकोट निवासी दिपक कुँवर र पुष्प भट्टलेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । व्यापार र पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्नुभएका नेता द्वय सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो बनाएर लैजाने भनाइ दुबैको छ । विद्यार्थी राजनीतिबाट आबद्ध हुँदै एमालेका विभिन्न कमिटिमा काम गरेको दुबैको राजनितिमा लामो अनुभव रहेको छ ।