नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशनमा संचार क्षेत्रको संचालन र विकास सक्रिय एक जना अगुवा महिला ले पनि जिल्ला कमिटी सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । रेडियो रामारोशन संचालक समितिका सदस्य समेत रहनु भएका जिल्लाको अगुवा सामाजिक संस्था सुदुर संचार समाजका कोषाध्यक्ष मायादेवी महिला तर्फ खुलामा जिल्ला कमिटी सदस्यमा युवाको प्रतिनिधित्व गरेर मनोनयन दर्त गराउनु भएको हो ।
नेकपा (एमाले) अछामको खुला सदस्यमा देवराज जैसीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । शिक्षण पेसाबाट अलग भएर राजनीतिमा प्रवेश गर्नुभएका मंगलसेन–५ का जैसी सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो बनाएर लैजाने भनाइ जैसीको छ । २०३७ सालबाट विद्यार्थी राजनीतिबाट आबद्ध हुँदै एमालेका इलाका कमिटी, जिल्ला सल्लाहकार सदस्य र केही महिना जिल्ला कमिटी सदस्यमा काम गरेको अनुभव रहेको छ ।
नेतृत्व चयनमा रहेको एमाले अछाममा एउटा गुटमा हानाहान भएको छ । अध्यक्ष पदका प्रत्यासी रहेका चन्द्र बोहरा निकट युवाहरू बिच कुटाकुट भएको छ । नेतृत्वका बिषयमा भएको बिवादका क्रममा कुटाकुट हुदा युवा संघ अछामका जिल्ला इन्चार्ज कपिल भण्डारी सामान्य घाईते भएका छन् ।
नेकपा (एमाले) कैलालीको अधिवेशनमा आज निर्वाचन प्रक्रियाको कामहरु अघि बढिरहेको छ। सहमतिमा नेतृत्व टुंगो नलाग्ने भएपछी अध्यक्षका उम्मेदवारहरु प्यानलै बनेर निर्वाचनमा होमिएका छन। पदाधिकारीमा प्यानल भएपनि सदस्यहरुमा युवा देखि सबै वर्गका नेताहरुले आ- आफ्नो ढ्ङ्गले उम्मेदवारी दर्ता गराएका छन।
नेपाली कांग्रेस अछामका जिल्ला कार्य समिति अछामका सदस्य तथा नेपाली जन सम्पर्क समिती जापान कान्तो क्षेत्रीय समितीका सचिव लोकेन्द्रजंग कुँवरले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै मायाको चिनो स्वरुप लेखन सामग्री उपलब्ध गराएको कुवँरले बताउनु भयो ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का नेताकार्यकर्ताको सहयोग तथा पहलमा चौरपाटी गाउँपालिका -४ पायलकि एकल तथा विपन्नको घर मर्मत गरिएको छ आर्थिक अवस्था कमजोर भएकी मनसरा जोशीको घरमा काङ्ग्रेसका नेताकार्यकर्ताले ६० हजार बराबरको जस्तापाता उपलब्ध गराएका थिए ।
देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिरहेको ग्लोबल आइएमई बैंकले देशभर वित्तीय साक्षरता अभियान संचालन गरेको छ । त्यसै अन्तरगत बैंकको तिन टोली सुदूरपश्चिका नौ जिल्लामा वित्तिय साक्षरता अभियान संचालन गरिरहेको छ । शुक्रबार ग्लोबल आइएमई बैंक अछाम शाखाले मंगलसेनमा आयोजना गरेको कार्यक्रममा डिजिटल कारोबारलाई जिल्ला व्यापी बनाउन अनुरोध गरेका थिए ।
अछामको पञ्चदेवल विनायक–२ की ५७ वर्षीया श्रीमती देउधरी विकलाई सात दिनअगाडि मन्द ज्वरो, हातखुट्टा दुख्ने समस्या देखापर्यो । रोगले च्याप्दै गएपछि उनलाई विनायक बजारको एक औषधि पसल (मेडिकल) पुर्याइयो ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अछाम र बझाङ गरेर दुई गाउँपालिकाका वडा विभाजन गर्न सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिससहित विभिन्न पाँचवटा निर्णय गरेको हो ।
प्रदेश सरकारकी प्रवक्ता समेत रहकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्याउने र बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्याउने निर्णय भएको बताइन् । हाल रामारोशनमा सातवटा वडा छन् भने मष्टामा हाल ९ वटा वडा रहेका छन् ।
गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौं’ उनले भनिन् । यस्तै प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशको प्रथम पन्चवर्षीय योजना आर्थिक वर्ष २०७८र७९ देखि २०८२र८३ को संक्षिप्त अवधारण पत्र स्वीकृत गर्ने, कर्मचारी भर्ना गर्ने निर्णय पनि गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको प्रदेश राजपत्र छपाई मेसिनमा प्राविधिक दुई जना र एकजना कार्यालय सहयोगी गरेर तीन जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा गर्ने सम्बन्धी निर्णय गरिएको मन्त्री जोशीले जानकारी दिइन् ।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको विभत्स हत्यापछि बाहिरिएको अडियोबारे प्रहरीले छानबिन थालेको छ। हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।
मकवानपुरको कर्णाली भनेर चिनिने राक्सिराङ गाउँपालिका स्वास्थ्य क्षेत्रका अब्बल बन्दै गएको छ । भौगोलिक हिसाबले मकवानपुरको विकट क्षेत्रको रुपमा रहेको सो गाउँपालिकाको सबै वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन् ।
कैलाली लम्कीका युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पूर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। थुुनछेक बहसपछि शुक्रबार जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद जोशीले बताए।
कैलालीको धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिमको आयोजनामा धनगढीमा दुई दिने उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सुरु भएको हो । तालिम आज र भोली चौलानी डिपार्टमेन्ट पछाडीको निको हलमा सञ्चालन हुनेछ ।
सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो ।
नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा संचार राज्य मन्त्रि गोविन्द वहादुर शाह अध्यक्ष रहेको जनता बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लाखौ रकम हिनामिान भएको रहस्य खुलेको छ । २०७० साल बैसाख १९ गते सहकारी बिभाग डिभिजन सहकारी कार्यालय डोटीमा दर्ता नम्बर ४०७/०६९/०७० मा दर्ता भएको उक्त सहकारीका करिब १६ सय सेयर सदस्यहरुबाट संकलन भएको करिब ४४ लाख बढी रुपयाँ हिनामिना भएको देखिएको छ ।
मंगलबार सम्पन्न भएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को निवार्चनमा महाधिवेशन प्रतिनिधि पदमा चर्चित अनुहार नै पराजित भए । जिल्लामा कांग्रेसका पुराना नेता र महत्त्वपूर्ण जिम्मेवारी पाएका नेताले नै पराजय भोग्नु परेको हो ।
ग्लोबल आईएमई बैंकले देशव्यापी रूपमा डिजिटल साक्षरता अभियान चलाइरहेको छ । बैंकले देशभरका आफ्नो शाखा भएका सबै ठाउँमा प्रतिनिधि राखेर यो अभियान सञ्चालन गरेको हो ।
नेपाली कांग्रेस अछाम को जिल्ला अधिवेशन तोकिएको समयमा नहुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामका प्रवक्ता वेद प्रकाश तिमील्सैनाले आफ्नो आधिकारिक फेसबुक वालामा स्ट्याटस लेख्दै सम्पुर्णमा उक्त कुराको जानकारी गराएका छन ।
नेकपा एमालेको पन्चदेवल बिनायक नगर कमिटिको अध्यक्षमा गोरख रावल चयन भएका छन । आईतबार भएको पार्टिको अधिबेशनको बन्दसत्रले रावलको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
सोलुखुम्बुकी २१ वर्षीया पूजा फुँयाल नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । शनिबार सम्पन्न अधिवेशनमा खसआर्य महिलातर्फ टंकीमाया बस्नेतसँग समान ४ सय ३ मत ल्याएपछि गोलाप्रथाबाट फुँयाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।
नेपाली काँग्रेस अछामको सचिव पदका लागि युवा नेता नरेन्द्र कुँवरले उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
अछामको निर्वाचन क्षेत्र नम्बर १ का लोकप्रिय युवा नेता मोहन कुवँरले नेपाली कांग्रेसको १४ औ अधिवेशनमा महाधिविशन प्रतिनिधिकाका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । साँफेबगर नगरपालिका ३ सिद्धेश्वर निवासी नेता कुवँर १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य मनोनित हुनु भएको थियो ।