Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २२ बैशाख २०८१

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

नेपाली कांग्रेस अछाम द्वारा प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन, असंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध असंबैधानिक संसद बिघटन खारेज गर, संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दाबाद ,भागरथी भट्ट लाई न्याय दे लगायतका विभिन्न नारा लगाएर काँग्रेस पार्टी कार्यलयबाट सुरु गरिएको बिरोध र्याली मंगलसेन बजार परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो ।

Read more

आज प्रधानमन्त्री ओलीले सरकारका तीन वर्षे उपलब्धि सुनाउने

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिनेछन ।

Read more

घर घर बाट विरोध प्रदर्शनमा सहभागिता जनाउन देउवाको अपिल

नेपाली काँग्रेसले ७७ जिल्ला कार्यसमितिको आयोजनामा आज देशभर प्रदर्शन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै काँग्रेसले यस कदमको विरोध गर्दै प्रदर्शन तथा विरोध गर्दै आएको छ।

Read more

कांग्रेस महाधिवेशन जेठ मसान्त वा भदौ पहिलो साता

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

Read more

नेपाली कांग्रेस रामारोशन गाउँपालिका द्रारा प्रहरी चौकी शान्तडाको सौचालय निर्माण

सौचालय नहुदा लामो समय देखि समस्या मा रहेको प्रहरी चौकी शान्तडाका लागि नेपाली कांग्रेस रामारोशन गाउँ पालिका द्रारा सौचालय निर्माण गरिदिएको छ।

Read more

नेपाल मगरसंघ अछामको जिल्ला अधिबेशन बिनायकमा सम्पन्न

नेपाल मगर संघ अछामको चौथो जिल्ला अधिबेशन बिनायकमा सम्पन्न भएको छ । प्रजातान्त्रिक मगर संघ अछामका जिल्ला अध्यक्ष बिजेश थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरिका सयौ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पन्चदेवल बिनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाले मगर समुदायको हक हितका लागि आफू सधै साथमा रहेको बताउनु भयो ।

Read more

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमा कुँवर नियुक्त

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् । यसअघि सर्वोच्चकै रजिस्ट्रार रहेका कुँवर आज मुख्य रजिस्ट्रारमा नियुक्त भएका हुन् । माघ ११ गते बसेको न्यायपरिषदको बैठकले तत्कालिन मुख्य रजिस्ट्रार नृपध्वज निरौंलालाई मुख्य न्यायाधीश नियुक्त गरेपछि सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद रिक्त थियो ।

Read more

सोडारी दम्पतीद्धारा बैवाहीक बर्षगाँठमा बिरामीलाई फलफुल, क्यान्सर पिडीतलाई आर्थिक सहयोग

मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी र उहाँकी धर्मपत्नी स्वास्थ्यकर्मि ईन्दुु केसी सोडारीले आफ्नो बैवाहीक बर्ष गाँठको अवसरमा बिरामीलाई फलफुल वितरण र क्यान्सर पिडीतलाई आर्थिक सहयोग गर्नुभएको छ । मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ घर भएका सोडारी दम्पतीले बैवाहीक सम्बन्धमा बाधिएको ७ बर्षको अवसरमा जिल्ला अस्पताल अछाममा भर्ना भएका १५ जना विरामीलाई फलफुल वितरण सहीत क्यान्सर पिडीत मंगलसेन नगरपालिका वडा नम्बर ७ का सुकी दमाईको उपचारका लागि नगद ५ हजार आर्थिक सहयोग गर्नु भएको हो ।

Read more

कानून उलंघन गरे स्वतः रद्द, सामाजिक सञ्जाललाई कस्दै सरकार, नेपालमा दर्ता अनिवार्य

सरकारले सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई व्यवस्थित गर्न भन्दै सामाजिक सञ्जाल निर्देशिका जारी गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । तत्काल कार्यान्वयनमा ल्याउने र  सामाजिक सञ्जालमाथि अंकुश लगाउने योजनाका साथ सरकार निर्देशिकालाई अन्तिम रुप दिने तयारीमा जुटेको हो ।

Read more

सामाजिक सञ्जालमाथि अंकुश लगाउँदै सरकार, ३ महिनाभित्र दर्ता नभए रोक लाग्न सक्ने

सरकारले सामाजिक सञ्जालको सञ्जालन तथा प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धी निर्देशिका तयार पारेको छ । बिद्युतीय कारोबार ऐन, २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी सरकारले यस्तो निर्देशिका बनाएको हो ।

Read more

सपना रोक्काले दिइन् आफूमाथि अभद्र व्यवहार भएको भन्दै उजुरी, सपनाको उजुरीमा विनयविरुद्ध पक्राउ पुर्जी जारी

विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी हुन् । सपनाले बस्नेतविरुद्ध आइतवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

Read more

निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता : ठूला पोस्टर टाँस्न नपाइने, हेलिकप्टर चार्टर गर्न पाइने !

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता बनाउन थालेको छ । आइतवार आयोगमा आयोजित आचारसंहिता सम्बन्धी छलफलमा चुनाव प्रचारमा हेलिकप्टर चार्टर गर्न पाइने प्रस्ताव गरिएको छ ।

Read more

प्रधानन्यायाधीशको प्रश्‍न: अहिलेको सरकार केपी ओलीको हो कि नेकपाको ?

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आजबाट रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ। बहसमा रिट निवेदक नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङको तर्फबाट अधिवक्ता दिलमणि पोखरेलले जवाफी बहस गरेका छन् ।

Read more

प्रश्न एक उत्तर अनेक - भ्यालेन्टाइन्स डेका सकारात्मक तथा नकारात्मक पक्ष के–के देख्नु हुन्छ ?

भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस । हरेक वर्ष १४ फेब्रअरीका दिन यो पर्व विश्वभरी नै मनाइन्छ ।

Read more

चलचित्रकर्मीको एउटा समुह नेपाली काँग्रेसमा प्रवेश

नेपाली चलचित्र क्षेत्रका सक्रिय कलाकारहरुको एउटा समुह शनिवार नेपाली काँग्रेसमा प्रवेश गरेको छ । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभागअन्तर्गत टेलिभिजन उमसमितिको संयोजकत्वमा वरिष्ठ चलचित्रकर्मी नीर शाहको अगुवाईमा पार्टी प्रवेश कार्यक्रमको आयोजना भएको छ ।

Read more

इन्टरनेटमा भ्रष्टाचार : २६ सयमा पाइनेलाई १३ हजार !

जतिसुकै अनियमितता गर्दा पनि कुनै वस्तुको मूल्य बजारमूल्यभन्दा कतिसम्म बढाउन सकिएला ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको इन्टरनेटको रेट हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ। नेपाल टेलिकमले प्रति एमबीपीएस २ हजार ६ सय ५२ रुपैयाँ ३७ पैसामा दिने इन्टरनेट प्रतिष्ठानले सुबिसुसँग १३ हजार ३ सय ३० रुपैयाँका दरले बिनाप्रतिस्पर्धा किनेको छ।

Read more

सरकारले बोलायो पूर्वपदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता

सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्री सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।

Read more

नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीका को तेस्रो प्रतिनिधि भेला सम्पन्न

नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीका को तेस्रो प्रतिनिधि भेला बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शिक्षसंघ चौरपाटिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता मा बसेको बैठक का प्रमुख अतिथी नेपाली कांग्रेसका पुर्ब पार्टी सभापति मेघाराज खड्का रहनु भएको थियो । बिशिस्ट अतिथिमा शिक्षक संघ अछामका संघिय प्रतिनिधि प्रेम बहादुर कुंवर र नेपाली कंग्रेश अछामका जिल्ला सदस्य दिप बहादुर कुंवर रहनु भएको थियो । प्रमुख अतिथीको आसन बाट बोल्नु हुदै पुर्ब पार्टी सभापति खड्काले समाज परिवर्तन को बहाक र जिम्मेवार शिक्षकहरुलाइ राज्यले उचित सम्मान दिन नसकेको दुखेसो गर्नु भयो ।

Read more

प्रथम कमलबजार सांस्कृतिक महोत्सब २०७७ यहि फागुनमा हुने

स्वच्छ गाउ स्वच्छ सहर लागु ओषध नियूनिकरण गर्ने हामो्र रहर भन्ने मुल नाराका साथ प्रथम कमलबजार सांस्कृतिक महोत्सब २०७७ हुने भएको छ । चेतना जनजागरण युवाकलब र कमलबजार बजार ब्यबस्थापन समितिको साझेदारीमा यहि फागुन २३ गते देखि २८ गते सम्म हुने बाइएको छ ।

Read more

केआइ सिंह पत्रकारिता पुरस्कारबाट पत्रकार गीता कुवँर सम्मानित

अछाम जिल्लामा एक दशक देखि निरन्तर सक्रिय महिला पत्रकार गीता कुवँर केआइसिंह पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई महासंघ प्रदेशले दोश्रो साधारण सभाको अवसरमा सम्मान प्रदान गरेको हो ।

Read more

दुनीरवा पक्की पुलको अनुगमन

चौरपाटी गाँउपालिका ६ दुनी र साँफेबगर नगरपालिका १४ पातलकोट जोड्ने दुनी रवा पक्की पुलको अनुगमन तथा निरिक्षण कार्य सम्पन्न भएको छ । जिल्ला समन्वय समिती प्रमुख नर बहादुर कुँवर को नेतृत्व मा गएको टोलिले अनुगमन तथा निरिक्षण गरेको हो ।

Read more

विश्व रेडियो दिवस ‘नयाँ विश्व, नयाँ रेडियो’ नाराका साथ मनाइँदै

आज दशौं विश्व रेडियो दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।

Read more

क्यान महासंघ अछामको चौथो साधारण सभा सप्पन्न

क्यान महासंघ जिल्ला शाखा अछामको चौथो साधारण सभा शुक्रबार मंगलसेनमा सम्पन्न भएको छ । क्यान महासंघ अछामका अध्यक्ष नमराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिती क्यान महासंघका केन्द्रिय सदस्य खेमराज ढुंगाना रहनु भएको थियो ।

Read more

नेपाल पत्रकार महासंघ अछामको ७ औ साधारण सभा बैद्यनाथ धाममा सम्पन्न

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको ७ औ साधारण सभा बिहिबार साँफेबगरमा सम्पन्न भएको छ । नेपालका ४ धाम मध्येको एक धार्मिक एवंम प्रटकिय स्थल बैद्यनाथ धाममा भएको सभा सम्पन्न भएको हो ।

Read more
Page 84 of 129