आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्।
अद्यावधिक विवरण अनुसार मंगलबार नेपालमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।
असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए। सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए। ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने,‘लगभग नियन्त्रणमा आएको छ।’
रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ।केही दिनअघि चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका र यमुनामाई गाउँपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्। सरुवा भइ आएका अधिकृतलाई के गर्ने भन्ने छलफल मेयरले गरिरहेका छन्।
सुदूरपश्चिममा आज थप ६३ जना नेपाली सेनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा कैलालीमा कार्यरत थप ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार २१८ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
सशस्त्र प्रहरीले धनगढीबाट भन्सार छलीका अवैध लेडिज कपडा बरामद गरेको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १ को कटानबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेका एक लाख २३ हजार चार सय बराबरका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाली कांग्रेस बान्नीगढी जयगड गाउँ पालिका द्वारा रामारोशन का बाढी पहिरो हरुको लागि ५१ हजार रुपैयाँ सहयोग गरिएको छ ।यहि भाद्र २ गेत रामारोशन गाउँ पालिकाको कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँ पालिकामा ठुलो जनधनको क्षेति भएको बेला त्यस क्षेत्र का जनतालाई थोरै भएपनि राहत होस् भन्ने उदेश्यले आफ्नो गाउँ पालिकाले उक्त रकम सहयोग गरेको नेपाली कांग्रेस बान्निगढी गाउँ पालिका सभापति चन्द्र सिंह लुहारले बताउनु भएको छ ।
कोरोनाले मुलुक स्वास्थ्य संकटमा परेका बेला मानिसलाई भरपर्दो उपचार चाहिएको छ । आवश्यक स्वास्थ्य सामग्री, अस्पताल, प्राविधिक, विशेषज्ञ चिकित्सकका लागि लगानी हुन सकिरहेको छैन । तर केन्द्रदेखि प्रदेशसम्मका सरकारले मठमन्दिरका नाममा साढे २ अर्बभन्दा बढी रकम छुट्याएका छन् ।
बिगत केही दिन बाट धनगढीका युवाले कोरोना भाइरस (कोभिड-१९) को प्रभावमा परेका पिडितलाई फुड बैंक धनगढी नामक अभियान संचालनगरी राहत बितरण गर्दै आएका छन् । उनिहरुको यो अभियान देशकै नमुना अभ्यास समेत रहेको बताएका छन् । हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ भन्ने नारा का साथ सन्चालन गरिएको फुड बैंकमा अधिकांसले चामल,दाल,नुन,तेल,चाउचाउ सहयोग गरेका छन् ।
समयमा रसायनिक मल खरिद नगर्ने दुई सप्लायर्सलाई कृषि सामग्री कम्पनीले कारवाही गरेको छ। कम्पनीले ललितपुरमा रहेको शैलुङ इन्टरप्राइजेज प्रालि र काठमाडौँको होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता रद्द र धरौटी जफत गरेको हो।
आर्थिक अभावका कारण हुप्सेकोट गाउँपालिका–४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ। पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला पर्नुभएको छ।
बझाङमा बाघको छाला र हड्डी सहित दाजुभाई पक्राउ परेका छन्। गएराती जिल्लाको बुङ्गल नगरपालिकाबाट दुईवटा बाघको छाला र ९ किलो हड्डी सहित दाजुभाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खुलामञ्चस्थित बसपार्कमा लगभग ४ सय जना मजदुर भेला हुन्छन्। कोही रिक्सा चालक, कोही भरिया र कोही निर्माण क्षेत्रमा काम गर्ने मजदुर आउँछन् । उनीहरु काम गर्नको लागि होइन एक छाक खान टाढा टाढादेखि हिड्दै आएका हुन्छन् ।
धनगढी । आज भन्दा १२ बर्ष पहिले वि.स २०६५ सालमा नेपाल सरकारले देशभर हलिया मुक्तिको घोषणा गर्यो । तर, हालसम्म पनि डोटीका नन्दा लुहार लाई भने कुनै महशुस हुन सकेको छैन् । कारण, सरकारले मुक्त घोषणा गर्दा जुन अपेक्षा हलियाहरुले गरेका थिए त्यो व्यवहारमा अझै अनुभब गर्न पाएका छैनन् ।
नेपाली कांग्रेसभित्र चौधौंँ महाधिवेशनको व्यापक चर्चा चलिरहेका बेला कांग्रेसको भावी नेतृत्व र संघीय सरकारको दोस्रो कार्यकालका बारेमा शक्तिकेन्द्र अहिलेदेखि नै योजना बनाउनमा लागिपरेका छन् । संघीय सरकारको पहिलो कार्यकालको नेतृत्व पाएको नेकपाभित्रको किचलोका कारण आन्तरिक र बाह्य राजनीतिलाई सन्तुलनमा राख्न नसकिरहेका बेला दुई छिमेकी मुलुक भारत र चीन कांग्रेसको भावी नेतृत्वका बारेमा सामूहिक योजनामा लागेका हुन् । दुवै छिमेकी देशले संघीय संसदको दोस्रो निर्वाचन र सरकारका बारेमा समेत योजना बनाउन थालेको स्रोतले बताएको छ ।
बैतडीका दुई महिने शिशु सिवाशं अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित अत्यन्तै मार्मिक गित आइतबार “जिन्दगी” सार्वजनीक भएको छ । गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायीका तथा संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ , संगीत संयोजन महाराज थापाले गर्नुभएको छ । बैतडीका पत्रकार अवस्थिका छोरा सिवाशंको जन्मेको १४ औँ दिन देखि कलेजोमा खराबि आइ त्रि बि शिक्षण अस्पताल काठमाडौँको १ महिना बढि आइसियुको उपचार पछि निको नभएपछि भारतको चेन्नाइ रेफर गरिएको थियो ।
नेपाली कांग्रेस चौरपाटी गाउँ पालिकाले रामारोशन का बाढी पहिरो हरुको लागि ४९ हजार आठ सय ६० रुपैयाँ सहयोग गरेको छ । यहि भाद्र २ गेत रामारोशन गाउँ पालिकाको कैलाश खोलामा अाएको बाढीले रामारोशन गाउँ पालिकामा ठुलो जनधनको क्षेति भएको बेला त्यस क्षेत्र का जनतालाई थोरै भएपनि राहत होस् भन्ने उदेश्यले आफ्नो गाउँ पालिकाले उक्त रकम सहयोग गरेको नेपाली कांग्रेस अछाम क्षेत्र न १ का क्षेत्रीय सदस्य महेश खडकाले बताउनु भएको छ ।सहयोग रकम नेपाली कांग्रेस रामारोशनले सन्चालन गरेको राहत संकलन तथा उदार समितिको कोषमा जम्मा गरिएको खड्का ले बताउनु भएको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिकामा बाढीले बगाउँदा मृत्यु भएकाको शव सनाखत गर्न मुस्किल भएको छ । शव क्षतविक्षत भएकाले मृत्यु भएका १४ जनामध्ये आठजनाको मात्रै सनाखत भएको छ ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी बिहीबारदेखि खलंगामा बस्ने भनिएको सत्याग्रह स्थगित गरेर विशेषज्ञ सेवा दिन गाउँ जाने तयारीमा थिए । उनको झोलामा औषधि सकिएकाले किन्नुपर्ने भयो । एकाबिहानै उनी औषधि किन्न अस्पतालको फार्मेसीतिर लागे । उनको योजना थियो– अस्पतालको फार्मेसीबाट औषधि किन्ने र सिँजा क्षेत्रका गाउँमा स्वास्थ्य सेवा दिन जाने । तर औषधि किन्न अस्पतालको गेटभित्र जान नदिइएपछि उनी रित्तो हात फर्किए । औषधिबिनाको रित्तो झोला लिएर गाउँ जान उनको मनले मानेन । उनी सदरमुकाम खलंगामै रोकिए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।