विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसद्मा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ ।
बलिउड अभिनेता राजिव कपुरको हृदयघातका कारण ५८ वर्षको उमेरमा निधन भएको छ । उनले चेम्बूरको इलेक्स अस्पतालमा अन्तिम सास फेरे । उनलाई हृदयघात भएपछि नजिकैको अस्पताल पुर्याइएको थियो जहाँ डाक्टरले उनको निधन भइसकेको जानकारी दिए । उनका जेठो दाइ रणधीर कपुर अन्तिम समयमा उनीसँग रहे ।
सिता एयरलाईन्सले अछामको साँफेबगरमा उडान परिक्षण गरेको छ । सिताले आज साँफेबगर एयरपोर्टमा परिक्षण उडान गरेको हो । साँफे धनगढी उडान सचालनका लागी उडान भरेको एयरलाईन्सले जनाएको छ । प्रदेश राजधानीसंग सदरका पहाडी जिल्लालाई जोड्नका लागी डोटी,अछाम र बैतडीको पाटनमा लगायतका जिल्ला आज उडान सिता एयरका बरिष्ठ महाप्रबन्धक परिक्षण घनश्याक भषालले बताए ।
चीनले २०१९ डिसेम्बर ३१ मा हुबेई प्रान्तको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस संक्रमण भएको सूचना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दियो । उक्त संक्रमणबारे चीनले विश्वलाई ढिलो जानकारी दिएको आरोप पश्चिमा मुलुकहरूले लगाइरहेका छन् । नेपालमा भने चीनबाट जनवरी ९ मा फर्किएका विद्यार्थीमा पहिलो पटक संक्रमण देखियो । जनवरी १३ मा अस्पताल भर्ना भएका उनमा ११ दिनपछि संक्रमण पुष्टि भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद र आउदो बैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली आयोग जान लागेका हुन् ।
चालू आर्थिक वर्षको छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको विप्रेषण भित्रिएको छ। केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल रु चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ।
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको यातायात व्यवस्था विभागको तथ्यांक छ । कोरोनाका कारण लामो समय बन्द भएर खुलेको लाइसेन्सका लागि देशभरका कार्यालयमार्फत हालसम्म सो संख्यामा सेवाग्राहीले फारम भरिरहेका छन् ।
प्रेस संगठन कैलालीले ५१ सदस्यीय कमिटी विस्तार गरेको छ । संगठनका कैलाली संयोजक हरिस बिकको अध्यक्षतामा सोमबार बसेको बैठकले ५१ सदस्यीय कमिटी विस्तार गरेको हो । प्रेस संगठन सुदूरपश्चिम प्रदेश सह सयोजक नबराज भण्डारीको प्रमुख आथित्यतामा उक्त बैठक सम्पन्न भएको हो ।
प्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध आज कांग्रेस सम्बद्ध भातृ संस्थाले प्रदर्शन गर्दैछन्। एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भातृ संस्थाको प्रदर्शन शनिबार गर्न लागिएको जानकारी दिए।
तपाईंले कल्पना गरेभन्दाे धेरै व्यक्तिगत डेटा गुगलले संकलन गरिरहेको हुन्छ । तपाईंका हरेक सर्च गतिविधिदेखि लिएर युट्युवमा तपाईंले के हेर्नु भयो भन्नेसम्मका सबै कुरा गुगललाई थाहा हुन्छ ।
५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डेटा लिक भएको छ । फेसबुक र टेलिग्राम एप एउटै फोनमा प्रयोग गर्ने प्रयोगकर्ताको लिक भएको व्यक्तिगत विवरण अनलाइनमार्फत बिक्रीमा राखिएको छ ।
सरकारले हालै परीक्षणको रुपमा सार्वजनिक गरेको नागरिक एपमा धेरै प्रयोगकर्ताको चासो देखिएको छ । तर एपमा नागरिकताको विवरण अनिवार्य गरिएका कारण रेकर्ड फेला नपरेपछि धेरैजसोले खाता नै खोल्न नसकेको गुनासो गरेका छन् ।
बैतडीको दोगदाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको छ । दोगडाकेदार गाउपालिका-७ चडेपानी (कतोला) घर भई गाउँपालिकाको भवन नजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत किशोरी भागरथी भट्टको विद्यालयत्रबाट घर फर्किने बेला बाटोमा पर्ने जंगलमा बलात्कारपछि हत्या भएको हो ।
संवैधानिक निकायहरूमा भएको नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सभामुखले सर्वोच्च अदातलमा आफैं उपस्थित भएर रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चमा दायर गरेको रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद्को कार्यालय, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नियुक्ति लिएका ३२ जना संवैधानिक निकायका पदाधिकारी र मुख्य सचिव शंकरदास बैरागीलाई विपक्षी बनाइएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित शैलेश्वरी फारवेष्ट स्कूल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कलेजले नर्सिङ अध्यापन गराउन थालेको ११ वर्ष भयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट एक शैक्षिक सत्रमा ४० जनालाई नर्सिङ अध्यापन गराउने गरि अनुमति पाएको छ। अनुमति पाएको कलेजले एक सय शैयाको आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने मापदण्ड रहेको हो। तर मापदण्ड पुरा गर्न सो कलेजले प्रयोगात्मक अभ्यासका लागि सेती प्रादेशिक अस्पताललाई छनोट गरेको छ। तर कलेजका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भने अस्पताल खोल्ने समय अझै बाँकी रहेको बताएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करणको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन्।अक्सनका लागि १ हजार ९७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्। यसमा ८ सय १४ भारतिय र २ सय ८३ विदेशी खेलाडी छन्। एसोसिएट राष्ट्रका २७ खेलाडीले आईपीएल अक्सनका लागि नाम दर्ता गराएका छन्। नेपालबाट ८ जना खेलाडी छन्।
नेपाली काङ्ग्रेस अछामका उपसभापति चन्द्रप्रसाद ढुंगानाको राजीनामा स्वीकृत भएको छ । पार्टी विधान र पद्धति अनुसार नचलेको भन्दै ढुंगानाले राजीनामा दिएका थिए ।