Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

महोत्तरीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् । साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ जना युवाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । किशोरी बलात्कृत भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवारबाट खटिएको प्रहरी टोलीले लुकछिपी बसेको अवस्थामा बुधबार राजेशलाई पक्राउ गरेको हो । त्यस्तै घटनामा संलग्न अन्य २ जना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Read more

नसोचेको लाभ मिल्छ जाडो महिनाको बिहानीपख : मह र अदुवाको सेवन गर्नाले

जाडोको कहर बढीरहेको छ । कोरोनाको कारण यसपटकको जाडोले अलि धेरै नोक्सानी पुर्‍याउँछ भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । कोरोना जोखिमबाट बच्दै रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनु आजको आवश्यकता हो । त्यसैमाथि दिनप्रतिदीन थपिएको चिसोले रुघाखोकी लगायतका अन्य समस्या पनि ननिम्त्याउलाभन्न सकिन्न । त्यसैले आज हामी यहाँ मह र अदुवाको सेवनबाट हुने अचुक फाईदाका बारेमा यहाँहरुलाई केहि जानकारी दिँदैछौँ ।

Read more

आज छठ पर्व मनाइँदै ,यस्तो छ व्रत विधि र महत्व

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

Read more

धनगढीमा राजसंस्था पुनःस्थापनको माग गर्दै प्रदर्शन - 'देश बेच्न पाईदैंन, गणतन्त्र चाहिदैंन' भन्दै उर्लियो जनसागर (फोटो फिचर)

राजसंस्था पुनःस्थापनको माग गर्दै बिहीबार धनगढीमा र्‍याली प्रदर्शन गरिएको छ । स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल र्‍याली सहित राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन भएको हो ।

Read more

बुर्ज खलिफामा फ्ल्याट, ३ करोडको औंठीः श्रीमानबाट शिल्पाले पाइन् यी सात उपहार

बलिउड नायिका शिल्पा शेट्टीको अनुहार चम्किलो हुनुको राज योग मात्रै होइन, उनको सुखी र खुसी वैवाहिक जीवन पनि हो । लण्डनमा व्यापार गर्ने राज कुन्द्रासँग विवाह गर्ने यी नायिका आफ्नो वैवाहिक जीवनमा निकै रमाइरहेकी छिन् । राज कुन्द्राले पनि आफ्नी श्रीमतीलाई विलासी जीवन प्रदान गर्न कुनै कमी गरेका छैनन् । त्यसैले त उनले श्रीमतीलाई द बुर्ज खलिफामा फ्ल्याटदेखि महँगा कारलगायतका वस्तुहरु शिल्पालाई उपहारमा दिइसकेका छन् ।

Read more

सन्दीप लामिछाने लगातार तेस्रो पटक बीबीएलमा अनुबन्ध, होबर्ट हुरिकेन्सबाट खेल्दै

नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो पटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा अनुबन्ध भएका छन् ।

Read more

चिठ्ठा पर्‍यो वा गिफ्ट पठाइदिन्छ भन्दै विभिन्न सामाजिक सञ्जालमा म्यासेज आए होसियार, ठगिन पनि सक्नु हुन्छ!

विभिन्न सामाजिक सञ्जालमार्फत गिफ्ट पठाइदिने तथा ठूलो रकम चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने समुह अझै पनि संक्रिय भएको प्रहरीले जानकारी दिएको छ। यस्ता गिरोहले विदेशमा तथा देशमा बसेर ठगी गर्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।

Read more

कतै तपाईं खाली पेटमा यी ५ चीजको सेवन त गर्नुहुन्नँ ? यो सानो गल्तीको हानी बढी

तौल घटाउनका लागि धेरैजसो मानिसहरु डाइटको सहारा लिन्छन् । तर दिनको सुरुवातमा तपाईंले के खाइरहनुभएको छ, त्यसमा पनि तौल बढ्ने नबढ्ने कुरा निर्भर हुन्छ ।

Read more

खोप ल्याउन अध्यादेश

नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ । नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो । कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पुर्याउनका लागि कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । जिल्लामा रहेका दुईवटा भेन्टिलेटरले अपुग हुने भएकाले थप दुईवटा प्रदेश सरकारसँग माग गरिने भएको छ । यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टिन व्यवस्था गर्ने, जिल्लास्तरको आइसोलेसन र १० शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था सिमकोटस्थित रानीवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रअन्तर्गत रहने गरी स्वास्थ्य सेवा कार्यालयले व्यवस्था गर्ने निर्णय गरिएको छ । प्रत्येक गाउँपालिकामा पाँच शय्या क्षमताको आइसोलेसन र १५ शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गरिने भएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या भयावह हुने अवस्था सिर्जना भएको खण्डमा जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीबाट अपुग भएमा थप स्वास्थ्य जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए । जिल्लाका सातवटै स्थानीय तहमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको खण्डमा अन्त्येष्टिको व्यवस्था सम्बन्धित पालिकालाई गर्ने जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए । नेपालगञ्ज र सुर्खेतबाट आएका यात्रुको ज्वरो मापन गर्नका लागि सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरेर आगामी दिनमा सञ्चालन गरिने भएको छ । नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भएर सिमकोट पुगेका यात्रुले कोरोना सङ्क्रमण नभएको नक्कली रिर्पोट ल्याएको पाइएमा कोरोना सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

Read more

हुम्ला जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ ।

Read more

साढे ४ दशकपछि पुनर्जीवन पाएको ‘रिङ्केबुङको राँगो’

रिङ्केबुङको राँगोलाई, चुङ्केबुङको चुलेसीले ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर अरुण तम्मर तरौला, तिते फापर छरौंला फुल लाउँला केसरी, खाउँला बेसरी ।

Read more

एकै दिन दुई छुट्टा छुट्टै रिपोर्ट, कुन पत्याउने ?

मोरङको बूढीगंगा गाउँपालिका–४ हात्तीमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायलाई कात्तिक २ गते ज्वरो र टाउको दुख्ने समस्या भयो। कोरोना भाइरसको लक्षण मिलेपछि उनले कात्तिक ४ गते विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा स्वाब परीक्षण गर्न दिए।

Read more

कांग्रेस सांसद विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्को निर्णय

कोरोना भाइरस (कोभिड- १९)बाट संक्रमित कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विश्वकर्माको उपचार खर्च बेहोर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Read more

नौ स्टाइल नगरकोटीका

हाम्रो बुलेटिनले  आख्यानमा फरकपन ल्याउने साहित्यकार नगरकोटीलाई प्रस्तुत गरेको छ । नगरकोटीका यी नौ तस्बिर उनको फरक खालको नौ जीवनशैलीका प्रतीक पनि हुन् ।

Read more

नगरकोटीको ‘कल्प-ग्रन्थ’माथि बुकाहोलिक्सको बहस

चर्चित आख्यानकार कुमार नगरकोटीको नयाँ कथा संग्रह ‘कल्पग्रन्थ’ प्रकाशन हुन लागेको खबरसँगै साहित्यक्षेत्रमा यसको प्रशंसा र आलोचना दुवै हुन थालेको छ ।

Read more

नयाँ खोपले थप आशा जगायो

अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोप ‘एम आरएनए–१२७३’ को प्रभावकारिता ९४.५ प्रतिशत देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू थप आशावादी देखिएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित रहन सक्ने भएकाले पनि उत्साह बढेको छ । कोभिडका लागि हालसम्म दाबी गरिएको यो सबैभन्दा प्रभावकारी खोप हो ।

Read more

मानुङकोट जाँदै गरेको माइक्रो दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

Read more

फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा कतारमा हुने

कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने भएको छ । क्लब विश्वकप फुटबल प्रतियोगिता २०२१ को फेब्रुवरीमा कतारमा हुने मंगलबार फिफाले जनाएको हो । यो प्रतियोगिता फेब्रुवरी १ देखि ११ सम्म चल्ने छ । विगतका वर्षमा डिसेम्बर महिनामा सम्पन्न हुँदै आएको यो प्रतियोगिता यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण पछाडि सरेको हो । फिफा क्लब विश्वकपको आयोजना गर्न लागेको कतारले २०२२ को फिफा विश्वकप फुटबलको समेत आयोजना गर्दैछ । अघिल्लो सिजनमा फिफा क्लबको उपाधि लिभरपुलले जितेको थियो ।

Read more

नेकपा विवादः मंगलबार यस्तो रह्यो चिनियाँ राजदूतदेखि राष्ट्रपतिसम्मको सक्रियता

तिहारको भोलिपल्ट अर्थात् मंगलबार । अघिल्ला वर्षहरुमा नेताहरुको निवासमा देउसी भैलो चलिरहेको हुन्थ्यो । यसपटक भने नेकपा विवाद र कोरोना संकटले नेताहरुको निवासको गतिविधि नितान्त फरक रह्यो । बुधबारका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठकको अघिल्लो दिन । हिजो राजधानीमा सबै शक्ति केन्द्रहरुको दौडधुप चर्कै रह्यो । नेकपाका अध्यक्षद्वय केपी शर्मा र प्रचण्ड हुँदै चिनियाँ राजदूतदेखि राष्ट्रपति विद्या भण्डारीसम्म दौडधूप र भेटघाटमा व्यस्त रहे ।

Read more

बंगलादेशविरुद्ध छिरिङको डेब्यु, भरत बने कप्तान

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टिमको कप्तानी भरत खवासले गरेका छन्  । प्रशिक्षक बाल गोपाल महर्जनले स्ट्राइकर भरतलाई कप्तानीको जिम्मेवारी दिएका हुन् । पहिलो खेलमा गोलकिपर किरण चेम्जोङले नेपालको कप्तानी गरेका थिए ।

Read more

कञ्चनपुरमा स्कारपियो र अटो ठोक्किँदा दुर्घटना

कञ्चनपुरमा स्कारपियो र अटो ठोक्किँदा दुर्घटना भएको छ । मंगलबार दिउँसो जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ को कलुवापुरमा प्रदेश ३ ०१–०२३ च नम्बरको स्कारपियो र म१ह ११४८ नम्बरको अटो ठोक्किएका हुन ।

Read more
Page 128 of 153