हामीले पनि महिलाहरुलाई भगवान विष्णुले तुलसीलाई दिनुभएको सम्मानजस्तै सम्मान दिलाउनुपर्छ : डा.आरजु राणा देउवा
नेपाली काँग्रेस नेतृ एवं अधिकारकर्मी डा.आरजु राणा देउवाले बुधबा।देखि सुरु भएको महिला हिंसाविरुद्धको अभियानका अवधिभर मात्रै नभई वर्षभरि नै सबैलाई सहभागी हुन अनुरोध गरेकी छन्। बुधबार एक भिडियो जारी गर्दै डा. देउवाले सबै एकतावद्ध भएर महिलाविरुद्धको हिंसा उन्मूलन गर्नुपर्नेमा जोड दिइन् । ‘आजदेखि सुरु भएको अभियानको अवधिमा मात्रै होइन, महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि वर्षभर लाग्न सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भिडियोमा भनेकी छन् ।
Read more