रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै
धनगढीको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन हुने भएको छ । नयाँ बर्ष २०८२ सालको पुर्वसन्ध्यामा रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर आयोजना गर्न लागेको हो । धनगढीको सेती प्रादेशिक अस्पताल अगाडी रहेको डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले चैत २८ गतेदेखी ३१ गतेसम्म निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन गर्न लागेको सञ्चालक हरी धामीले बताए । शिविरमा थाइराइड, मधुमेह, कलेजो, मिगौला र थप आवश्यक जाँच समेटिने जनाइएको छ ।