Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मुख्य समाचार

बुढाकोट निवासि एमालेका प्रभावशाली युवा नेता दिपक कुँवर र पुष्प भट्ट एमाले अछाममा जिल्ला सदस्यको दौडमा

बुढाकोट निवासि एमालेका प्रभावशाली युवा नेता दिपक कुँवर र पुष्प भट्ट एमाले अछाममा जिल्ला सदस्यको दौडमा

नेकपा (एमाले) अछामको खुला सदस्यमा सा न पा ९ बुढाकोट निवासी दिपक कुँवर र पुष्प भट्टलेले उम्मेद्वारी दर्ता गराउनु भएको छ । व्यापार र पत्रकारिताबाट  राजनीतिमा प्रवेश गर्नुभएका नेता द्वय सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो बनाएर लैजाने भनाइ दुबैको छ । विद्यार्थी राजनीतिबाट आबद्ध हुँदै एमालेका विभिन्न कमिटिमा  काम गरेको दुबैको राजनितिमा लामो  अनुभव रहेको छ ।

एमाले अछामको खुला सदस्यमा देवराज जैसीको उम्मेद्वारी

एमाले अछामको खुला सदस्यमा देवराज जैसीको उम्मेद्वारी

नेकपा (एमाले) अछामको खुला सदस्यमा देवराज जैसीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । शिक्षण पेसाबाट अलग भएर राजनीतिमा प्रवेश गर्नुभएका मंगलसेन–५ का जैसी सहयोगी, निष्ठावान र दृढताका साथमा जिम्मेवारी पूरा गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले सामुहिकतामै एकता देखेकोले पार्टीलाई बलियो बनाएर लैजाने भनाइ जैसीको छ । २०३७ सालबाट विद्यार्थी राजनीतिबाट आबद्ध हुँदै एमालेका इलाका कमिटी, जिल्ला सल्लाहकार सदस्य र केही महिना जिल्ला कमिटी सदस्यमा काम गरेको अनुभव रहेको छ ।

अछामको रामारोशन लगाएत सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहका वडा विभाजन गरिने

अछामको रामारोशन लगाएत सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहका वडा विभाजन गरिने

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अछाम र बझाङ गरेर दुई गाउँपालिकाका वडा विभाजन गर्न सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिससहित विभिन्न पाँचवटा निर्णय गरेको हो । प्रदेश सरकारकी प्रवक्ता समेत रहकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्याउने र बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्याउने निर्णय भएको बताइन् । हाल रामारोशनमा सातवटा वडा छन् भने मष्टामा हाल ९ वटा वडा रहेका छन् । गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौं’ उनले भनिन् । यस्तै प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशको प्रथम पन्चवर्षीय योजना आर्थिक वर्ष २०७८र७९ देखि २०८२र८३ को संक्षिप्त अवधारण पत्र स्वीकृत गर्ने, कर्मचारी भर्ना गर्ने निर्णय पनि गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको प्रदेश राजपत्र छपाई मेसिनमा प्राविधिक दुई जना र एकजना कार्यालय सहयोगी गरेर तीन जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा गर्ने सम्बन्धी निर्णय गरिएको मन्त्री जोशीले जानकारी दिइन् ।