Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २५ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न

मुख्य समाचार

युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओकाे चेतावनी

युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको डब्ल्यूएचओकाे चेतावनी

युरोप फेरि कोरोना महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । युरोपभर कोरोना भाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको डब्ल्यूएचओले जनाएको हो । डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले आउँदो फेब्रुअरीसम्ममा युरोप महादेशमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या थप पाँच लाखभन्दा धेरै हुनसक्ने अनुमान गरिएको बताउनुभयो । क्लुग्अले खोप पर्याप्त नलगाउँदा सङ्क्रमित बढेको भन्दै खोप अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको बीबीसीले जनाएको छ । सङ्क्रमण बढ्दै गएकोमा चिन्ता गर्नुभन्दा सुरुमै सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्ने उहाँको भनाइ छ । सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको मानिएको छ । जनस्वास्थ्यका विज्ञले पनि सङ्क्रमणको चौथो लहरले स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने र धेरै सङ्ख्यामा मानिसको ज्यान जानसक्ने भन्दै चिन्ता गरेका छन् ।

स्व. तिमिल्सैनाको शोकमा कांग्रेस अछामले पार्टीको झण्डा ३ दिन आधा झुकाउने

स्व. तिमिल्सैनाको शोकमा कांग्रेस अछामले पार्टीको झण्डा ३ दिन आधा झुकाउने

नेपाली कांग्रेस अछामले स्व. रेशमराज तिमिल्सैनाको हत्यापछि मृत्यु भएको भन्दै पार्टीको झण्डा ३ दिन आधा झुकाउने भएको छ । नेपाली कांग्रेस अछाम क्षेत्र नं.२ का पूर्व क्षेत्रिय सदस्य एवंम १४ औँ महाधिबेशनका लागि क्षेत्रिय प्रतिनिधी रहेका स्व. तिमिल्सैनाको शोकमा कांग्रेस अछामले आज देखि पर्सी सम्म ३ दिन पार्टीको झण्डा आधा झुकाउने सभापती भरत कुमार स्वाँरले बताए । रहष्यमय तरिकाले तिमिल्सैनाको हत्या भएको भन्दै यसको यथाशक्य छिटो अनुसन्धान गर्न पार्टी कांग्रेस अछामले माग गरेको जिल्ला सचिव नम बहादुर शाहीले बताए । पार्टीले एक होनाहार कार्यकर्ता गुमाएको भन्दै यस दुखलाई शक्तीमा बदल्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने उनको भनाई छ ।