नेपाली काँग्रेसले आज शनिबार मुलुकका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमबिरुद्ध काँग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत उक्त कार्यक्रम गर्न लागेको हो ।
प्रतिनिधि सभा विघटनपछि शुक्रबार पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली उपत्यकाबाहिर आउनुभयो । उहाँको पहिलो रोजाइमा पर्याे सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी । प्रधानमन्त्रीको सुदूरपश्चिम मोह वर्तमान मन्त्रिपरिषदमा चार जना मन्त्री बनाउँदा पनि देखिएको थियो ।
धनगढिमा भएको जनसभामा निर्मलाको बलात्कारी खै ? भन्दै टिसर्ट लगाएका युवालाई प्रहरीले पक्राउ गर्यो । कार्यक्रममा निर्मलाको बलात्कारी खै ? र ‘जस्टिस फर निर्मला’ लेखेका टिसर्ट लगाएका युवालाई पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालय लगियो । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी पन्तको हत्यामा संलग्न अझै पक्राउ नपरेकाले दोषीलाई कारबाहीको मागसहित ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएको प्रतिक्रिया उनीहरूको थियो ।
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम पुगेर नेकपाको प्रचण्ड–नेपाल समूहका नेता भीम रावलमाथि मन्त्री बन्न नपाएर छटपटिएको आरोप लगाउनुभयो । मन्त्री बन्न नपाएपछि रावलले आफूलाई गाली गर्दै हिँडेको ओलीको भनाइ छ । ‘एउटा प्रदेशबाट मात्र एक जनालाई मन्त्री बनाउने ? मैँले बनाउन मानिनँ । उहाँलाई पिर पर्यो’, भीम रावलतर्फ सङ्केत गर्दै ओलीले भन्नुभयो । सुदूरपश्चिमले यस पटक चार जना मन्त्री पाउँदा खुशी हुनुपर्नेमा रावल भने खुसी नभएको उहाँले बताउनुभयो । रावलले मन्त्री बन्न हत्ते गरेको र नपाएपछि आफ्नो उछितो काटेर हिँडेको ओलीको भनाइ छ ।
विगत एक वर्षदेखि बढी समय भयो चीनको वुहान शहरबाट उत्पत्ति भई कोरोनाभाइरस संसारभरि नै फिजियो। विज्ञान र आधुनिक चिकित्साका धुरन्धर शक्तिशाली देशसहित सारा संसार नै यस सूक्ष्मजीवको आतंक एवं प्रकोपले घरमै थुनिन बाध्य भयो।
चन्द्रागिरी हिल्सको आज शुक्रबार (पुस २४ गते) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।
नेपाल विद्युत प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै एनसेलको पोखरामा रहेको डेटा सेन्टरलाई डेडिकेटेड फिडर लाइन मार्फत प्रदान गर्दै आएको विद्युत आपुर्ति सेवा बन्द गरेको छ । यसले गर्दा अत्यावश्यक सेवाका रुपमा रहेको दूरसञ्चार सेवाबाट उपभोक्ताहरु बञ्चित हुन सक्ने अवस्थाको सिर्जना भएको कम्पनीले बताएको छ ।
नेकपा ओली समूहका नेता महेश बस्नेतले संविधानअनुसार नै संसद् विघटन भएको बताएका छन् । नेकपा ओली समूह रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोट खलंगामा बिहीबार आयोजना गरेको खुला जनसभालाई सम्बाेधन गर्दै नेता बस्नेतले संसद् विघटन संविधानसम्मत रहेको दाबी गरे ।
सोमवार प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट भारतीय नागरिकसहित एक नेपालीलाई समात्यो। भारतको गोरखपुर घण्टाघर घर भएका ३० वर्षीय अमितकुमार गुप्ता र कपिलबस्तु बाँडगँगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु समातिए।
बैंक तथा वित्तीय संस्थाका ग्राहकले अब अन्य संस्थाको एटीएम काउन्टर मार्फत कारोबार गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै अन्तर बैंकको एटीएम मार्फत कारोबार गर्दा शुल्क लाग्ने व्यवस्था गरेको छ।
नेपालगञ्जबाट घरतर्फ फर्किरहेका कैलाली लम्कीचुहा नगरपालिका-४ निवासी २२ वर्षीय मोटरसाइकल चालक सन्तोष थापा शुक्रबार राती पौने ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ राजमार्गमा तैनाथ नेपाली सेनाको चेकपोष्टमा हस्याङफस्याङ गर्दै पुगे। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका-२ अम्रेनीदेखि करिब साढे ६ किलोमिटरभित्र गुमनाह पुल आसपास क्षेत्रमा आफूसँगै मोटरसाइकलमा सवार ५० वर्षीया आमा नन्दकला थापालाई पाटेबाघले मोटरसाइकलबाटै आक्रमण गरी घिसारेर जंगलभित्र पुर्याएपछि उनले आमाको जीवन रक्षाका लागि सुरक्षाकर्मीसँग गुहार मागे।
सामाजिक सुरक्षा करका नाममा सरकारले विगत एक दशकदेखि श्रमिक तथा कर्मचारीको पारिश्रमिकबाट एक प्रतिशतका दरले रकम उठाइरहेको छ । सरकारले करको सामान्य सिद्धान्तभन्दा बाहिर गएर आर्थिक वर्ष ०६६/६७ बाट सामाजिक सुरक्षा कर उठाउन थालेको हो । मुलुक राजनीतिक संक्रमणमा रहेको तथा श्रम सम्बन्ध खराब भएको त्यो वेला श्रमिक बेरोजगार बन्दा उनीहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यले यो करको सुरुवात गरिएको थियो । तर, अहिले सोही काम गर्न सामाजिक सुरक्षा कोषको स्थापना भइसकेको अवस्थामा पनि सरकारले एक प्रतिशत कर असुल्न छाडेको छैन । त्यसो हुँदा न्यूनतम सीमाभन्दा कम आम्दानी गर्ने श्रमिकको पारिश्रमिकमा कर लगाउनु नहुने सिद्धान्तविपरीतको यो कर तत्काल खारेज गर्नुपर्छ ।
सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्। हालै ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि बुधबारदेखि सुनुवाइ हुँदैछ। यसअघि नै पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनी सर्वोच्च अदालतले आदेश गरेको थियो।
"मेरो हातको मोबाइल खोस्न खोज्यो, मैले प्रतिकार गरेँ। त्यसको साथमा रहेको पेस्तोल खस्यो।' आइतवार बिहानै कोटेश्वरको सडकमा एक थान पेस्तोल भेटियो। त्यो पेस्तोल कसको हो भन्ने अहिलेसम्म खुलेको छैन। एक युवकले भने आफुलाई लुट्न आएको मानिसको साथबाट खसेको बयान प्रहरीमा दिएका छन्। प्रहरीले पेस्तोल कसको हो भनेर अनुसन्धान गरिरहेको छ। तर, अहिलेसम्म पेस्तोल कसको भन्ने खुल्न सकेको छैन।
स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी साधनको आवतजावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न पक्की सडक सञ्जालले जोड्न लागिएको हो । पक्की सडक सञ्जालले जोड्ने कार्य तीव्र गतिमा अगाडि बढाइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । सहकारी विभागले चार महिना लगाएर गरेको अध्ययन अनुसार देशभर २९ हजार ८८६ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको हो ।
मंगलबार देशका थोरै ठाउँ वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुृको प्रभावले बुधबार रातिसम्म नै थोरै ठाउँमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्याेदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन् ।