नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदैछ । २०७३ साल भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिन लागेको हो । दैनिक १४ घण्टा लोडसेडिङ भएको समयमा प्राधिकरणमा आएका घिसिङलाई देशमा लोडसेडिङ अन्त्य गरेको जस जान्छ ।
भूराजनीतिक चासोका बीच संसारका शक्ति राष्ट्रहरू एउटा चिनियाँ एप टिकटकप्रति सशंकित भएका बेला नेपालमा पनि उक्त एपको उपयोगिताबारे अध्ययन भइरहेको बताइएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले ‘राज्य र उपभोक्तालाई टिकटकले के दियो’ भन्नेबारे आफूहरूले अध्ययन गरिरहेको बताए।
सिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ। जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ। भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै भएको गृह मन्त्रालयका अधिकारी बताउँछन्।
कोरोना महामारीका कारण भारतसँगका सीमा नाका बन्द भएपछि सीमावर्ती नेपालीको किनमेल प्रवृत्ति फेरिएको छ। लकडाउन, निषेधाज्ञाले व्यापार/व्यवसाय प्रभावित भए पनि विगतमा किनमेल गर्न भारत पुग्ने उपभोक्ता स्वदेशी बजारकै भर पर्न थालेका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका घिसिङको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो ।
पछिल्लो २४ घण्टामा ४५ जिल्लामा कोभिड-१९ का संक्रमितहरुको पहिचान भएको छ। देशभरका प्रयोगशालाबाट भएको ९ हजार १६५ परीक्षणका क्रममा ३६५ महिला र ६७४ पुरुष गरी एक हजार ३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
भारतीय राजदूतावासले सहयोग सामग्री हस्तान्तरण गरेको छ। नियोग उप–प्रमुख नामग्य सी.खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरेकी छन्।
नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताहरूले मिथ्या सूचना प्राप्त गर्ने गरेको एउटा सेर्वेक्षणमा देखिएको छ। सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालले गरेको सर्वेक्षणमा सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले विशेषगरी यूट्युब, फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा मिथ्या सूचना हुने गरेको बताएका छन्।
महर्षि पतन्जली योग अनुशासकको रुपमा मानिन्छ । उनले योगसूत्रको रचना गरेका थिए । योगसूत्रमा चित्तलाई एकाग्र गरेर ईश्वरमा लीन हुने विधान छ । पतन्जलीका अनुसार चित्तको वृत्तिलाई चञ्चल हुनबाट रोक्नु नै योग हो । अर्थात मनलाई स्थिर र शान्त राख्नु नै योग हो ।
बलिउड नायिका कंगना रनौटले फिल्मी स्टाइलमा बोलेको यो ‘डाइलग’ भारतीय मिडियामा निकै चर्चित बनेको छ । महाराष्ट्रका मुख्यमन्त्री तथा हिन्दू कट्टरपन्थी शिवसेनाका प्रमुख उद्धव ठाकरेलाई उनले यसरी लल्कारेकी थिइन् ।
नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधानअनुसार चल्नुपर्ने धारणा राखेका छन्। उनीहरूले पार्टीको तत्कालको समस्या समाधानका लागि अध्यक्षद्वयको प्रस्ताव सकारात्मक रहे पनि कार्यान्वयनमा भने आशंका व्यक्त गरे। ४५ जनाको स्थायी कमिटीमा १३ जना सदस्यले धारणा राखेका थिए। बैठकमा बोल्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सरकारका कामलाई जनताको 'कसी'मा राखेर छलफल गर्नुपर्ने बताइन्।
धनगढीः दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण भएको छ। धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट पनि गरेका छन्।
डोटि जिल्ला को पुर्बिचौकि गाउपालीका वडा नम्बर १ फुलौट शान्तिनगर बजार नजिककै अाज बिहान बन्दवोडि जिप दुर्घटना हुदाँ १२ जना घाइते भएका छन ।
धनगढी बाट अछामका लागि छुटेको से १ ज १०६६ नम्बरको वन्द वोडि जिप दुर्घटना हुदा १२ जना घाइते भएका छन । जिप सडक बाट करिब ६५ मिटर तल खसेको र घट्ना आज बिहान ५:३० बजे तिर भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहोराले बताए।
देउडि़या मोबाईल एप्लिकेसन मार्फत अनलाईन देउडा प्रतियोगिता २०७७ हुनेभएको छ । देउडा प्रतियोगिता देउडिया मोबाईल एप्लिकेसन को आयोजना हुनलमगेको हो । देउडा प्रतियोगिता २०७७ भदौ २५ बाट सुरुभई असोज १५ गते संपन्न हुनेछ । प्रतियोगितामा उत्कृष्ट ३ रचना लाई पुरष्कृत गरिने छ । जस मध्ये प्रथम रचनालाई पुरस्कार स्वरुप रु. ५ हजार, द्वितीय लाई रु. ३ हजार र तृतीय तृतियलाई रु. २ हजार प्रदान गरीने आयोजकले जनाएको छ ।
यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सिमाना पुगेको छ । तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् । सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् । बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन् ।
कोरोना बिमामा दाबी बढेसँगै कम्पनीहरूले भुक्तानीमा आनाकानी गर्न थालेका छन् । बिमा कम्पनीहरूले सोमबारसम्म भुक्तानी दाबी गरिएका करिब ८३ प्रतिशत निवेदनको सुनुवाइ गरेका छैनन् ।
आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन्।
अद्यावधिक विवरण अनुसार मंगलबार नेपालमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो ।
असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए। सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए। ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने,‘लगभग नियन्त्रणमा आएको छ।’