बिग्रिएको पीसीआर मेसिन बनेपछि फेरि सुरु भयाे स्वाब सङ्कलन
डोटी – गएको शनिबार दिउँसो बिग्रिएको जिल्ला अस्पताल डोटीको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन दुई दिनपछि बनेको छ । पीसीआर परीक्षणको काम भइरहेकै बेला शनिबार दिउँसो मेसिनबाट धुवाँ निस्किएपछि काम पूर्णरुपमा ठप्प भएको थियो । प्राविधिक टोलीले पावर सर्किट मर्मत गरेपछि मेसिन फेरि सञ्चालनमा आएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । मेसिन मर्मतका लागि जिल्ला आएको बायो मेडिकल इन्जिनियर जय साउँदको टोलीले मेसिन मर्मत गरेको हो ।
Read more