डा. गोविन्द केसीलाई औषधि किन्न रोक
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी बिहीबारदेखि खलंगामा बस्ने भनिएको सत्याग्रह स्थगित गरेर विशेषज्ञ सेवा दिन गाउँ जाने तयारीमा थिए । उनको झोलामा औषधि सकिएकाले किन्नुपर्ने भयो । एकाबिहानै उनी औषधि किन्न अस्पतालको फार्मेसीतिर लागे । उनको योजना थियो– अस्पतालको फार्मेसीबाट औषधि किन्ने र सिँजा क्षेत्रका गाउँमा स्वास्थ्य सेवा दिन जाने । तर औषधि किन्न अस्पतालको गेटभित्र जान नदिइएपछि उनी रित्तो हात फर्किए । औषधिबिनाको रित्तो झोला लिएर गाउँ जान उनको मनले मानेन । उनी सदरमुकाम खलंगामै रोकिए ।
Read more