सरकार विस्तारमा सत्ता गठबन्धनका दलबीचको भागबन्डा लगभग टुंगो लागेको छ । गठबन्धनमा कांग्रेसले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाउने भएको छ । जसमा अर्थ, परराष्ट्र, रक्षा‚ कानुन र स्वास्थ्य मुख्य मन्त्रालय छन् । त्यस्तै शहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ । यस अघि एमालेले लिएका मन्त्रालय नै कांग्रेसको भागबण्डामा परेका हुन् ।
नेपाल पत्रकार महासंघले आज ६८ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन्।
स्थापना दिवसका अवसरमा महासंघले पश्चिम नवलपरासीमा प्रभातफेरि कार्यक्रम गरेको छ भने रामग्राम स्तुपमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको आयोजनामा लुम्बिनीमा भोलि राष्ट्रिय मिडिया सम्मेलन पनि गर्दैछ । सम्मेलनमा देशभरका सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष÷महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुँदैछन्।
स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी महासंघका अध्यक्ष विपुल पोखरेलले अघिल्लो संसदमा बन्न नसकेका मिडिया सम्बन्धी कानून यो संसदले महासंघको चाहना र अपेक्षा अनुसार निर्माण गर्नेमा विश्वास व्यक्त गरेका छन्।
उनले इन्टरनेट माध्यमको अत्यधिक सदुपयोग गर्दै त्यसमार्फत् पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्न स्वयं पत्रकार क्रियाशील हुनुपर्ने बताएका छन्।
राजधानी काठमाडौंका व्यापारीले कर तिर्न छोडेका छन् । काठमाडौंका मुख्य व्यापारी केन्द्रहरु दरबारमार्ग अनामनगर, बागबजारका व्यापारीहरुले कर तिर्न छोडेका हुन् । व्यापारीहरुले उपभोक्ताबाट उठाएको कर राज्यलाई नतिरेको कर कार्यालयहरुले बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय पुतलीसडकका अनुसार १४५ जना व्यापारीले उभपोक्ताबाट उठाएको मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेका हुन्। यी करदाताबाट साढे ३० करोड रुपियाँ भन्दा बढी कर तिर्न बाँकी छ । यस्तो समस्या काठमाडौंका अन्य कर कार्यालयहरुमा पनि छन् । तर तिनको विवरण आउन बाँकी छ ।
सुदूरपश्चिम प्रदेशका १५ प्रतिशतभन्दा बढी मानिस विदेशमा रहेको पाइएको छ । राष्ट्रिय जनगणनाको नतिजामा प्रदेशको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३ पुगेको छ । यसमध्ये तीन लाख ४३ हजार पाँच सय २३ जना परिवारमा अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरिरहेको देखिएको छ ।
संगठन सुदृढीकरणका लागि सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको विशेष अभियान सुरु हुने भएको छ । प्रदेशका ८८ पालिका अन्तर्गतका वडा तह सम्मका संगठनलाई क्रियाशिल बनाउनका लागि नेपाली कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायरको प्रस्तावमा सुदुरपश्चिममा संगठन सुदृढीकरणका लागि प्रदेश कार्यसमितिले अभियान सुरु गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज शनिबार देशभरका आंगिक र सामुदायिक क्याम्पसमा उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताका लागि क्याम्पसहरूमा शुक्रबार उत्साहजनक रूपमा मनोनयनपत्र वितरण भएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदै छ ।
राजनीतिमा पनि प्रतीक्षाको फल मीठो हुन्छ भन्ने कुरा कांग्रेस नेता रामचन्द्र पौडेलमा लागू भएको छ । सत्रौं पटकसम्म प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरे पनि सफलता हासिल गर्न नसकेका पौडेल यस पटक भने त्यसबेलाका प्रतिस्पर्धी पुष्पकमल दाहालकै मुख्य समर्थनमा राष्ट्रपति चयन भएका छन् ।
नयाँ राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदानको मतगणना भइरहेको छ। मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन्।
त्रिपुरा सुन्दरी क्याम्पस अछाममा नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई कमिटि गठन भएको छ । नेपाल विद्यार्थी संघ अछामले जिल्लाका सबै क्याम्पस तथा विद्यालयमा ईकाई कमिटी बिस्तार गरिरहेका बेला त्रिपुरा सुन्दरी क्याम्पसमा पनी ने.बि.संघ इकाई कमिटी गठन गरिएको नेपाल विद्यार्थी संघ अछामले जनाएको छ ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएका ८ दलले बिहीबार आफ्ना संघीय सांसदहरूलाई प्रशिक्षण दिने भएका छन्।
नेपाल बिद्यार्थी संघ अछामको अध्यक्षमा खेमराज खड्का चयन भएका छन् । जिल्लाको चौरपाटी गाउँपालिका वाडा नं ५ लुङ्ग्रा घर भएका खड्का नेपाली काँग्रेसको भातृ संगठन ने.बि.संघमा लामो समय देखि सक्रिय भुमिकामा छन् ।
एमाले ६४ दिनपछि फेरि विपक्षमा पुगेको छ । चुनावअघिको तत्कालीन पाँचदलीय गठबन्धन भत्काएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक अग्रसरता लिएको एमाले १० पुसमा भएको सहमति कार्यान्वयनमा धोका भएको भन्दै सोमबार सरकारबाट बाहिरिएको छ ।
नेपाल–भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुले सीमा क्षेत्रमा भइरहेको अपराध र तस्करीलगायतका अवैध कार्य नियन्त्रण गर्न एक अर्काबीच समन्वय र सहयोग आदानप्रदान गर्ने निर्णय गरेका छन्।
नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रहरी कर्मचारीका गोप्य विवरणहरु सार्वजनिक गरेको भन्दै हवल्दार दीपक बिष्टमाथि छानबिन अघि बढाइएको छ। प्रहरीका उच्च अधिकारीहरु एआईजी तथा डीआईजीहरुको व्यक्तिगत गोप्य विवरणहरु जन्म मिति तथा सिट रोल सार्वजनिक गरेको आरोपमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।