स्वार्थले छिन्नभिन्न कम्युनिष्ट पार्टी
नेपालमा कम्युनिष्ट पार्टी संस्थागत बनेको ७३ वर्ष पूरा भएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनामा कम्युनिष्ट सिद्धान्त, विचार र मोडलभन्दा पनि स्मरण गर्न योग्य विषय भने विभाजन र टुटफुट हुने गरेको छ । अस्थिर नेतृत्व र व्यक्तिवादी चरित्रले कम्युनिष्ट पार्टीले ७३ वर्षमा ७३ भन्दा धेरै पटक विभाजनको चोट सहनु परेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापनाको ७३ वर्ष पूरा भएको छ । २००६ सालमा भारतको कोलकातामा कम्युनिष्ट पार्टी स्थापना भएदेखि हालसम्म यो पार्टीको सबैभन्दा ठूलो विरासत नै फुटको श्रृंखला बनेको छ । पार्टी स्थापनाको ४६ वर्षपछि कम्युनिष्ट पार्टीका नेताहरुले सरकारको नेतृत्व सम्हालुन्जेल कयौँ पटक विभाजित भएको पार्टी त्यसपछि पनि विभाजनको शिलशिला रोकिएको छैन ।
Read more