लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले १४४ बर्ष पछी बैद्यनाथ धाममा लागिरहेको कोटीहोम अवधिभरी भक्तजनका लागी नि:शुल्क यतायात को व्यवस्था गर्ने घोषणा गरेका छन ।
नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।
यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मतमा चित्त बुझाएका छन् । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् । सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् ।
भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् । उपसचिव (महिला) मा ढुंगाना प्यानलका गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।
फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बैद्यनाथ धामको समग्र विकासका लागी विस्तृत अध्ययन गरी गुरुयोजना तयार पारेर अल्प, मध्य र दिर्घकालिन रुपमा गरिने काम सहित पुर्वाधारका संरचनाहरु निमार्ण गर्न आवश्यक रहेको बताए । अछामको बैद्यनाथ धाममा आजबाट सञ्चालित कोटीहोम महायज्ञको उद्घाटन गर्न पुगेका राष्ट्रपति पौडेलले चार धाम मध्येको एक बैद्यनाथ धामको महत्व र महिमाको बिषयमा स्कन्द पुराण मानसखण्डमा उल्लेख भएको भन्दै बैद्यनाथ तथा ज्वाला क्षेत्रको दर्शन गर्दा सयौगुणा बढी पुण्य प्राप्त हुने जनबिश्वास रहेको बताए ।
कार्यसम्पादन मूल्यांकनमा अछामका १० वटै पालिकामध्ये सबैभन्दा बढी अंक ल्याएर चौरपाटी गाउँपालिका प्रथम बनेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार चौरपाटी गाउँपालिका ३४.०४ अंक प्राप्त गरी जिल्लामै प्रथम बनेको हो ।
छैठौं साँफेबगर महोत्सवको अन्तिम दिनका कलाकारको प्रस्तुति हेर्न दर्शकको घुईंचो लागेको छ । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को अन्तिम दिन गायिका ज्योती मगर, गायिका तथा उद्घोषिका रुपा घर्ति मगर, गायक तथा उद्घोषक कोष खड्क, गायक टेक बोगटी, गायक टेक बि.सि, हास्य कलाकार हेमराज अधिकारी खन्ट्या खलास, भिम बिष्ट अछामि रेखा र जनक साउँदको प्रस्तुतिले दर्शक लाई नचाएको छ ।
छैठौं साँफेबगर महोत्सवको छैठौं दिनका कलाकारको प्रस्तुति हेर्न दर्शकको घुईंचो लागेको छ । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को छैठौं दिन गायिका समिक्षा अधिकारी र गायक लाल बहादुर धामि अछामी बड्डाको प्रस्तुतिले दर्शक लाई नचाएको छ । महोत्सबमा चर्चित मोडेल कुँवरको नृत्यले दर्शकलाई लोभ्याएको छ । गायिक समिक्षा अधिकारीले गित गाउने क्रममा दर्शक गितमा अत्याधिक हुटिङग सहित नाचेका थिए भन गायक लाल बहादुर धामि अछामि बड्डाका गितमा दर्शकले नाच्नुका साथै देउडा खेल खेलेका थिए ।
लायन्स क्लब अफ साँफेबगरले ब्लड बैंक स्थापनाका लागी गरिएको साँफेबगर महोत्सब्लाई चौरपाटी गाउँपालिकाले पाँच लाख दिने घोषणा गरेको छ । साँफेबगर नगरपालिका वडा न. ३ को नव निर्माणाधिन बसपार्कमा भैरहेको महोत्सबको पाँचौ दिनको प्रमुख अतिथी को आसन बाट बोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले ब्लड बैंक स्थापनाका लागी गरिएको साँफेबगर महोत्सब्लाई चौरपटी गाउँपालिकाको तर्फबाट पाँच लाख दिने घोषणा गर्नु भएको हो ।
छैठौं साँफेबगर महोत्सवको चौथो दिन दर्शकको घुईचो अत्याधिक बढेको थियो । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाको मुल उद्देश्य सहित लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सब २०८० को चौथो दिन गायिका रचना रिमाल र गायक आशिष महरको प्रस्तुतिले दर्शक लाई नचाएको थियो । महोत्सबमा चर्चित मोडेल करिष्मा ढकालको नृत्यले दर्शकलाई लोभ्याएको थियो । गायक आशिष महरले गित गाउने क्रममा आयोजक कमिटिले आशिष महरकि आमालाई स्टेजमा बोलाई सम्मान गरेको थियो भने गायिका रचना रिमालले स्टेजबाट ओर्लिएर उनको प्रिती पहिले हो कि भन्न गित संगै दर्शक संग हात मिलाउदै अभिनन्दन गरेकि थिईन ।
साँफेबगर महोत्सवको आयोजनामा कृषकहरुलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । कृिष मेला प्रदशनिमा २८६ जना कृषकहरुले उत्पादन गरेका कृिष उपजहरु राखिएका थिए । बिभिन्न बालि समुह तर्फ प्रथम, दितिय र तितिय लाई नगद सहित प्रमाण पत्र बितरण गरिएको थियो ।
छैटौं साँफेबगर महोत्सबको पहिलो दिन गायक रमेशराज भट्टराई र लोक गायीका टिका सानुले आफ्नो प्रस्तती दिएका छन । अछामको साँफेबगरमा माघ २६ गते शुक्रबार देखि सुरु भएको ६ छैटौं साँफेबगर महोत्सबको पहिलो दोस्रो दिन चर्चीत गायक रमेशराज भट्टराइ र लोक तथा दाहोरी गायीक टिका सानुले आफ्नो सांगेतिक प्रस्तती प्रस्तुत गरेका हुन । उनले स्टेजमा गए पश्चात आफ्ना एक दर्जन भन्दा बढि चर्चीत गित गाएका थिए । कार्यक्रममा गायीका तथा उद्घोषक उमा देवी खनाल र गायक मेघजन कडायतले समेत आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।
अछाम जिल्लाका १० वटा स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा साँफेबगर नगरपालिका उत्कृष्ट भएको छ । अछामका ६ गाउँपालिका र ४ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्वमूल्याङ्कन नतिजा सार्वजनिक गरिएको हो ।
लायन्स क्लब अफ साँफेबगरले बैजनाथमा हुने कोटिहोममा कोटिहोम हुने अवधिभर पिउने पानीको व्यवस्था गर्ने भएको छ । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले दिएको जानकारी अनुसार लायन्स क्लब अफ साँफेबगरले कोटी हो अवधिभर बैजनाथ धाममा आउने सबैलाई निशुल्क पिउने पानीको व्यवस्था गर्ने छ ।
साँफेबगर नगरपालिका वडा न ३ मा समुदायमा कार्यक्रम सम्पन्न भएको छ । समुदायमा जाऔं समुदायलाई सुनौ भन्ने मुल नाराका साथ समुदायमा कांग्रेस अभियान अन्तर्गत आज साँफेबगर नगरपालिका ३ मा कार्यक्रम सम्पन्न भएको त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापती कमल कुँवरले जानकारी दिएका छन ।
नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेनु चन्द निर्वाचित भएकी हुन्। बिहीबार सम्पन्न निर्वाचनमा अन्य समूहबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट र महिलाबाट चन्द निर्वाचित भएका हुन्।
अछामको बलयपाटा अस्पताललाई सरकारले अनुदान नदिएको भन्दै अछामका जनप्रतिनिधि सरकारसँग रुष्ट भएका छन् । मंगलबार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले तत्काल आवश्यक बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् ।
यतिबेला अछामको बयलपाटा अस्पतालमा बजेट अभाव भइरहेको भन्दै त्यहाँका संघ, प्रदेश तथा स्थानिय तहमा प्रतिनिधित्व गर्ने नेताहरु आन्दोलित छन् । उनिहरुले प्रदेश सरकारकहाँ पटक पटक बजेटको माग गरिरहेका छन् । बिगतमा ७ देखी ८ करोड सम्म अनुदानमा बजेट उपलब्ध गराउँदै आएको प्रदेश सरकारले यस पटक एक्कासी अनुदानका लागी बजेट नछुट्याएपछि त्यसको बिरोधमा उत्रिएका प्रतिनिधीहरु बजेट मागको अन्तिम लडाइमा छन् । प्रदेश सरकारकहाँ उनिहरुले बजेट उपलब्ध गराउन अन्टिम अल्टिमेटम समेत दिइसकेका छन् ।
अछामको बयालपाटा अस्पताललाई सरकारले उपेक्षा गरेको भन्दै राजधानीमा आन्दोलनको तयारी थालिएको छ । नेवि संघका केन्द्रीय सदस्य आकाशजंग कुँवरले काठ्माडौंमा आन्दोलनको लागि तयारी गरिरहेको बताएका छन ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साँफेबगर नगरपालिका प्रथम भएको छ । साँफेबगर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरी १६ अकं प्राप्त गरेको छ ।
१५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ ।
कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले यसअघि जिल्ला अदालतबाट १३ साउन २०७९ मा पक्राउ पुर्जी लिएको थियो ।
छैटौं साँफेबगर महोत्सव यहि माघको २६ देखि हुने भएको छ । लायन्स क्लब अफ साँफेबगरको आयोजनामा साँफेबगर नगरपालिका वडा नं.३ मा अवस्थित कालभैरब मन्दिरको मैदानमा फाल्गुन ५ गतेसम्म छैटौं संस्करणको महोत्सव हुने भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्। चितवनमा सहकारी पीडितसँगको अन्तरक्रिया कार्यक्रममा उनले सहकारी खोल्न सरकारले लाइसेन्स दिएपछि सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताएका हुन् ।