दुर्गमका डाक्टर ‘स्वास्थ्य स्वयंसेविका ’
मंगलसेन नगरपालिका ४५ मंगला विक २६ वर्ष देखि महिला स्वास्थ्य स्वयंसेविका रुपमा काम गर्दै आएकि छन् । गाउँमा दलित बस्ती धेरै गैर दलित बस्ती कम । दलित बस्तीको संख्या धेरै भएकाले उनलाई स्वयंसेविका बनाउन गाउँलेले समर्थन गरे । गाउ“मै भएका गैरदलितका घरमा पनि उनले धेरै पटक जानु पथ्र्यो । तर उनलाई दलित घरमा आएको भन्दै सार्वजनिक ठाउँमै धेरै पटक विभेद गरे । ‘त्यो बेला गैरदलितका महिलाले हामी दलितका घरमा जादैनौं भनेर मैले अवसर पाएकि हुँ । धेरै गाली पाइयो । कुटाइ खाने अवस्था समेत आयो ।’ उनले भनिन् ,‘सुरुमा समुदायसम्म पुग्नै गाह्रो भयो । त्यसपछि गाउँमा बुझाउन गाह्रो भयो ।’ खोप लगाए घाउ बन्छ , गर्भ जाँच गरे लाज हुन्छ भन्दै गाउँमा जानै नदिने गरेको उनि बताउछन् । ‘ठुलै डाक्टर भएर आइ , हामीलाई सिकाउने बहानामा कामको बर्बाद भयो भन्दै रिसाउँथे ।’ उनी भन्छिन् ,‘आमा समूह बनाएपछि अलि काम गर्न सहज भयो । त्यसयताको समयमा कतिका ज्यान बचाइयो हिसाबकिताब छैन । अहिले परिस्तिथि बदलिएको छ । गाउँमा डाक्टर भन्दा बढि हामीलाई मान्ने गरेका छन् ।’