Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

अछामको रामारोशन लगाएत सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहका वडा विभाजन गरिने

अछामको रामारोशन लगाएत सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहका वडा विभाजन गरिने

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका दुई जिल्ला अछाम र बझाङ गरेर दुई गाउँपालिकाका वडा विभाजन गर्न सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशका दुई पालिकाका वडा विभाजन गर्ने सिफारिससहित विभिन्न पाँचवटा निर्णय गरेको हो । प्रदेश सरकारकी प्रवक्ता समेत रहकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्याउने र बझाङको मष्टा गाउँपालिकामा ११ वटा वडा पुर्याउने निर्णय भएको बताइन् । हाल रामारोशनमा सातवटा वडा छन् भने मष्टामा हाल ९ वटा वडा रहेका छन् । गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौं’ उनले भनिन् । यस्तै प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशको प्रथम पन्चवर्षीय योजना आर्थिक वर्ष २०७८र७९ देखि २०८२र८३ को संक्षिप्त अवधारण पत्र स्वीकृत गर्ने, कर्मचारी भर्ना गर्ने निर्णय पनि गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको प्रदेश राजपत्र छपाई मेसिनमा प्राविधिक दुई जना र एकजना कार्यालय सहयोगी गरेर तीन जनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने, फर्म नवीकरण गर्ने समयावधि र जरिवाना मिनाहा गर्ने सम्बन्धी निर्णय गरिएको मन्त्री जोशीले जानकारी दिइन् ।