१० वर्ष बित्दा पनि अलपत्र नयाँ शहर, नेताहरुले साँफेबगरलाई राजनितिक हतियार बनाएको आरोप
साँफेबगरमा निर्माण हुन थालेको नयाँ शहर आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । पटक पटक कार्यालय प्रमुख बदलिनु , राजनैतिक हस्तक्षेप , जिम्मेवार निकायको मौनताले आयोजनाको काम अलपत्र परेको हो । ‘बिहबार नयाँ कार्यालय प्रमुख पठाएका छौं । आइतबारसम्म साँफेबगरमा नयाँ कार्यालय प्रमुख पुग्नु हुन्छ ’ नयाँ शहर आयोजनाका निर्देशक रोशन श्रेष्ठले भने ,‘ २०६८ सालबाट काम सुरु भएको हो । बजेट अपुगका कारण धेरै काम गर्न सकिएन । कर्मचारी फेरबदल हुँदा पनि समस्या भइरहेको छ ।’ सरकारले सोचे अनुसार नै गतिविधि बढाउनका लागि दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।