जन्मदिनको अवसरमा नेविसंघ अछामका सचिव स्वार द्धारा शैक्षिक सामाग्री वितरण
अछाम नेपाल विद्यार्थी संघ अछामका सचिव एवम नेपाली कांग्रेस अछामका युवा नेता बम बहादुर स्वारले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका छन् । नेता स्वारले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको मंगलसेन नगरपालिका वडा नं ४ का सामुदायिक विद्यालयमा पढ्ने ३५ जना बिपन्न बर्गका बालबालिकाहरुलाई ३५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।
Read more