धनगढी : कैलालीको मोहना–अत्तरिया ६ लेन सडकमा आकासे पुल बन्ने भएको छ । सडकको चापलाई हेरेर आकासे पुल समेत निर्माण हुने भएको हो । मोहना–अत्तरिया सडक आयोजना कार्यालय धनगढीको आग्रहमा सडक विभागले आकासे पुलको प्रक्रिया अगाडी बढाएको बताईएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा उपचाररत कोराना सङ्क्रमित उपचार भई सबै जना डिस्चार्ज भएपछि हाल आइसोलेशन वार्ड खाली भएको छ । प्रादेशिक अस्पतालमा ८० जना कोरोना सङ्क्रमित उपचार भएर डिस्चार्ज भएपछि साउन ६ गतेदेखि आइसोलेशन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सङ्क्रमित र शङ्कास्पद गरी १७३ जना अस्पतालको आइसोलेशनमा भर्ना भएका र उपचारपछि सबै डिस्चार्ज भइसकेको बताउनुभयो ।
भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए ।
कोरोनाको कहर कायम भएकै बेला नेकपा अछामद्धारा भब्य कार्यक्रम गरेको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटका ३० जना यूवा नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपाका नगर संगठन कमिटि अध्यक्ष शंकर कुवँरले जानकारी दिनुभएको छ ।
इलाका प्रहरी कार्यालय कमलबजारले ६ सय लिटर घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ र कमलबजार नगरपालिका वडा न. ६ बिरपथ बाट ल्याउदै गरेको २० लिटर घरेलु मधिरा बरामद गरी नस्ट गरेको छ । इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुको कमान्डमा खटि गएको टोलिले कमलबजार नगरपालिका वडा न. ८ पास्तोलिमा घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ सहित भाडाकुडा बरामद गरी नस्ट गरेको हो ।
डायमण्ड ब्याबसायि तथा समाजसेबि मिन बहादुर बोहराको निधन भएको छ । मँगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ बडकाटिया टोल घर भई भारतको महाराष्ट्र राज्य मुम्बई तथा नेपालका बिभिन्न शहरमा डायमण्ड ब्याबसाय सन्चालन गर्दै अाईरहेका बोहराको ४२ बर्षको उमेरमा गएराती निधन भएको हो ।
सोमबार नेपालमा १ सय ८६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ। यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ।
महिलाको कथा, व्यथा बुझाउने तीज गीतको चलनभन्दा अलि बेग्लै विषयमा फरक स्वादको तीज गीत 'बीच्च बीच्चमा ३ ' युट्युब सार्वजनिक भएको छ। 'बेसार' शीर्षकको उक्त गीतमा कोरोना भाइरस महामारी र लकडाउन बीच देशमा घटेका घटना, सीमा विवाद, जातीय कारणले निम्त्याएको रुकुम हत्याकाण्ड, भ्रस्टाचारसम्मका विषयवस्तु छोइएको छ।सरकारले उक्त विषयप्रति देखाएको चासो, प्रतिक्रियामा गीतले प्रश्न उठाएको छ।
अछामका स्थानीय तहको बेरुजु ४२ करोड बढी रहेको छ। महालेखा परीक्षक महालेखा परीक्षकका अनुसार दश वटै स्थानीय तहहरुको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको उल्लेख छ ।
अछाम
नेपाल विद्यार्थी संघ अछामका सचिव एवम नेपाली कांग्रेस अछामका युवा नेता बम बहादुर स्वारले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका छन् । नेता स्वारले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको मंगलसेन नगरपालिका वडा नं ४ का सामुदायिक विद्यालयमा पढ्ने ३५ जना बिपन्न बर्गका बालबालिकाहरुलाई ३५ हजार बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।
पाँचथरका कोरोना भाइरसका सबै सङ्क्रमित निको भई घर फर्केका छन् । विदेशबाट आई फिदिमस्थित क्वारेन्टिनमा बसेका यहाँका चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन्। आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ। एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ। यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ। सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ। यसका फाइदा निम्न छन् :
सुदूरपश्चिम प्रदेशका सबै स्थानिय तहहरुमा आर्थिक अनियमिता बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७७, सुदूरपश्चिम प्रदेशका अधिकाशं स्थानिय तहहरुले दोहोरो सुविधा, सार्वजनिक खरिद ऐन तथा नियमावली विपरित खर्च लगाएत आर्थिक ऐन मिचेको उल्लेख छ ।
कंचनपुरमा पनि सलह भित्रिएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासबाट सलह महेन्द्रनगर भित्रिएको हो । पुनर्वास नगरपालिका देखिएको सलह शुक्रबार कृष्णपुर नगरपालिका,शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका हुँदै भिमदत्त नगरपालिकामा भित्रीएको छ। भिमदत्त नगरपालिका सुन्दरपुर, उल्टाखाम लगायत अन्य ठाउँहारुमा सलह प्रवेश गरिसकेको छ ।