कात्तिकमा किन दर्कियो पानी ? के भन्छन् मौसमविद् ?
खेतभरि पाकेको धान भित्र्याउने चटारोमा रहेका किसानहरू आकाशतिर हेरिरहेका छन् । धान पाकेर चुट्न ठिक्क भएका बेला असोज–कात्तिकमा अचानक परेको झरीले धेरै किसानको ओठतालु सुकाएको छ । कतिपय स्थानमा धानबाली नै डुबानमा परेको छ । कात्तिकमा बाढी ? धेरै मानिसलाई यसले अचम्ममा पारेको छ । विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार देशका धेरै स्थानमा घर भित्र्याउन ठिक्क भएको धानबाली वर्षाले क्षति पुर्याएको छ ।
Read more