बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा खानेपानी पुगाउने योजना अलपत्र परेको छ। नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र उपभोक्ता समितिका अध्यक्ष उज्जल साँउदका कारण दुई करोड बढीको लागतमा सम्पन्न हुने भनिएको योजना अलपत्र परेको अरोप लागेको हो।
सरकारको वरिष्ठ मन्त्री भएकाले देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्री बनाएका हुन् । यससम्बन्धी पत्र देउवाले बिहीबार नै राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।
आगामी नोभेम्बरको १/२ तारिखमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन देउवा आज १०:४० बजे बेलायत प्रस्थान गर्ने छन् ।
सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबारको बैठकले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो ।
निर्वाचन समितिले कात्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ। कात्तिक ३० गते बाँकी रहेका पालिकामा अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सात वटै प्रदेशको अधिवेशन, मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्नका लागि प्रस्ताव गरिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका हुन्।
सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीर्ष नेताहरुसँग छलफलपछि मंसिरभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यहीअनुसार निर्वाचन समितिले बुधबारै छलफल गरेर तयारी अघि बढाएको हो।
दशैंको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका अछाम जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन्। भत्किएका सडक हालसम्म पुनर्निर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन्।
यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।
न्यायपालिका प्रमुख (प्रधानन्यायाधीश) चोलेन्द्र शमशेर राणा अहिले कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग पदको 'बार्गेनिङ' गरेर विभिन्न नियुक्तिदेखि मन्त्रिपरिषद्मा समेत आफ्नो हिस्सा ओगट्ने खेलमा लागेको भनेर आलोचना र विवादको केन्द्रमा छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'बार्गेनिङ' गरेर संवैधानिक निकायहरुमा 'हिस्सा लिएको' आरोप लागेका प्रधानन्यायाधीश राणाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ गठबन्धनसँग बार्गेनिङ गरेर आफ्ना जेठान (गजेन्द्र हमाल)लाई मन्त्री बनाएको आरोप लागेको छ। राणाले मन्त्रिपरिषद्मा हिस्सा लिएको विषय सार्वजनिक भएपछि हमालले मन्त्री पदबाट राजीनामा त दिए, तर यो प्रकरणले न्यायालयको विवाद झन् गम्भीर मोडमा पुगेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ। देशभर रहेका बैंकका शाखाहरुले ०७८ कात्तिक ७ देखि कात्तिक १३ गते सम्म विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशमा नियमित उडान नगर्ने बताएको छ। आइतबारबाट धनगढीदेखि प्रदेशका पहाडी तीन जिल्लामा उडान सुरु गरेको एरलाइन्सले यात्रु नपाएको भन्दै नियमित उडान नगर्ने बताएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले नियमित उडान हुने दाबी गरेपनि एयरलाइन्सले त्यस्तो हुन नसक्ने बताएको छ।
एमालेले मंगलबार एकसाथ ७५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दै छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट १ बजे उद्घाटन गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।
‘राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्यो,’ केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेका आग्रह हो यो।
नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।नेपाली कांग्रेस रामारोशन गाउँ पालिका का सभापति मान बहादुर साउद को सभापतित्वमा बसेको बैठकले यहि कार्तिक १ गते बाट ४ गतेसम्म आएको अभिरल बर्षा का कारण रामारोशन गाउँ पालिका लगायत देशैभरी भएको धन जनको क्षेति प्रति दुख प्रकट गरेको छ ।
कर्णाली प्रदेशको राजनीति पहिलो वर्षदेखि नै सत्ता र शक्तिको दुष्चक्रमा फसेको छ । २०७४ सालको प्रदेशसभा निर्वाचनपछि एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले जुन प्रतिबद्धताका साथमा मुख्यमन्त्री पद सम्हालेका थिए, त्यो अनुसार काम गर्न सकेनन् भनेर तत्कालीन सत्तापक्ष (एमाले–माओवादी) का सांसदले नै उनलाई असहयोग गर्न थाले । त्यसको मुख्य योजनाकार थिए एमालेका सांसद यामलाल कँडेल ।
नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेद प्रकाश तिमिल्सैना । उमेरले ६ बर्षकै हुदाँ कांग्रेसका वर्तमान सभापती एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले बिनायकमा सम्बोधन गरेको कार्यक्रममा पहिलो पटक सहभागी भएका तिमिल्सैनाले कक्षा ४ मा पढ्दै गर्दा नेपाल बिद्यार्थी संघको सदस्यता लिए । नेबिसंघको २०५२/५३ सालमा कमलबजारमा भएको क्षेत्रिय अधिबेशनमा श्री पशुपती माबी चाल्सबाट प्रतिनिधीको रुपमा उनि सहभागी भए ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । प्रधानमन्त्री देउवासँगै पर्यटनमन्त्री प्रेमबहादुर आले पनि बझाङ पुगेका छन् । काठमाडौँबाट सुर्खेत पुगेको प्रधानमन्त्रीको टोली हेलीकप्टरमै बझाङ पुगेको हो ।
खेतभरि पाकेको धान भित्र्याउने चटारोमा रहेका किसानहरू आकाशतिर हेरिरहेका छन् । धान पाकेर चुट्न ठिक्क भएका बेला असोज–कात्तिकमा अचानक परेको झरीले धेरै किसानको ओठतालु सुकाएको छ । कतिपय स्थानमा धानबाली नै डुबानमा परेको छ । कात्तिकमा बाढी ? धेरै मानिसलाई यसले अचम्ममा पारेको छ । विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार देशका धेरै स्थानमा घर भित्र्याउन ठिक्क भएको धानबाली वर्षाले क्षति पुर्याएको छ ।
नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ ।
लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् ।
मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन । “स्थलमार्गबाट जान अन्य खहरे खोला र बाढीले जानसक्ने अवस्था नै थिएन्”, यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले भन्नुभयो, “स्थलमार्गबाट गएर त्यहाँ उद्धार सम्भव नभएपछि सुर्खेतबाट हेलिकप्टर बोलाइएको हो ।”
ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।