Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

कर्मचारी संगमको प्रकाशन अछाम आँखिझ्याल नामक पुस्तक विमोचन

कर्मचारी संगमको प्रकाशन अछाम आँखिझ्याल नामक पुस्तक आज विमोचन गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि शान्ति स्मारिकास्थलमा जिल्ला समन्वय समितिका प्रमुख नरबबहादुर कुँवरले पुस्तकको विमोचन गर्नुभयो । विमोचनका क्रममा कुँवरले आँखिझ्याल पुस्तक अछामका लागि महत्त्वपूर्ण दस्तावेज भएको भनाइ राख्नुभयो ।

Read more

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही राप्तीमा छोडियो

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो ।

Read more

उदांगिँदै छ गोपनीयता ‘टिकटक’ ले

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।

Read more

सुरक्षित राख्नु भन्ने आदेश दिईएको उत्तर पुस्तिका नष्ट गरेको भन्दै त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना

आदेश पालना नगरेको बताउँदै राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई पाँच हजार जरिवाना गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरको ‘क्वान्टम मेकानिक्स’ विषयको उत्तरपुस्तिका नष्ट गरेका कारण आयोगले जरिवाना गरेको हो ।

Read more

मालपोतमा राजस्व हिनामिना, तीन कर्मचारीविरुद्ध मुद्दा दायर - चितवन

मालपोत कार्यालय, भरतपुर चितवनमा करोडौँ राजस्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Read more

नयाँ लकडाउन अत्यावश्यक नै देखियो भने नीति–निर्माताले निकै सचेततापूर्वक कदम चाल्नुपर्छ

कोरोना भाइरसको नयाँ लहर देखिँदा तिनको नियन्त्रणमा अक्सर लकडाउनको चर्चा हुन थाल्छ, तर पूर्ण लकडाउन लागू गर्नुअघि त्यसको गम्भीर असरबारे राम्ररी विचार गर्नुपर्छ

Read more

मनाेज गजुरेल ले भने, सहनुको सीमा कटेपछि कानुनी बाटो अपनाउँदै छु

हास्य कलाकार मनोज गजुरेलले आफूमाथि आधारहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने भएका छन्।  उनले फेसबुकमा लेखेका छन्, ‘सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’ मनोज र मीना ढकालबीच झण्डै तीन वर्षअघि डिभोर्स भएको थियो।

Read more

राष्ट्रपतिलाई त लाञ्छना लगाइन्छ भ न्दै ओलि ले सुसनको परिवारलाई दिए सान्त्वना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै विवादमा पारिएकी सुसन कर्माचार्यको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको छ। प्रधानमन्त्रीसँग उनीहरुले आइतबार डेढ घण्टा भेट गरेको कर्माचार्यको पति लक्ष्मण कृष्ण राजभण्डारीले जानकारी दिएका छन्।

Read more

सिज भयो नेकपाको इन्जिन - काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को इन्जिन सिज भएको बताएका छन् । हेटौडामा सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले पेट्रोल र डिजल मिसाएर चलाइएको नेकपाको इन्जिन सिज भएको भन्दै व्यग्य गरेका छन्  ।

Read more

नेकपा पार्टी होइन लोभीपापीहरुको एउटा मञ्‍च मात्रै हो, : गगन थापा

कांग्रेस नेता गगन थापाले नेकपा पार्टी नै नभएको बताएका छन् । सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा कैलालीको धनगढीमा आयोजित खबरदारी सभामा पूर्वमन्त्रीसमेत रहेका थापाले लोभीपापीहरुको मञ्‍च भएको बताएका हुन् ।

Read more

एक अर्ब नाघ्यो गुगल किपको डाउनलोड

गुगल प्लेस्टोरमा गुगल किपको डाउनलोड संख्या एक अर्ब पुगेको छ । डाउनलोड संख्याको पछिल्लो माइलस्टोन (कोशे ढुंगा) सँगै यो एप एन्ड्रोइडको नम्बर वान चेकलिस्ट र नोट टेकिङ (नोट राख्ने) एप बन्न सफल भएको छ ।

Read more

यसरी गुगल लेन्स प्रयोग गरेर आफ्नो दैनिकी सहज बनाउनुस

कुनै पनि अपरिचित वस्तु पहिचान गर्न, कुनै अक्षरहरुलाई अनुवाद गर्न वा पुस्तक, पीडीएफ, प्रिन्ट डकुमेन्टबाट अक्षरहरु कपी गर्न, यी सबै समस्याको एउटै समाधान भनेको गुगल लेन्स नै हो ।

Read more

नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। यो सरकारप्रति सुरुदेखि नै नरम नीति लिएको कांग्रेस तनहुँमा पौडेलमाथि धरपकड भएपछि चिढिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान गरेका छन्।

Read more

३८ तोला सुनसहित पाँचजना पक्राउ

३८ तोला सुनसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जनालाई ठमेलबाट पक्राउ गरिएको महानगरीय परिसर काठमाडौंले जनाएको छ ।

Read more

भीरबाट खसेर अछाममा एक जनाको मृत्यु

अछाममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ स्याउले निवासी नवराज भण्डारीको भीरबाट खसेर मृत्यू भएको हो ।

Read more

अझै दुई महिना नयाँ चालक अनुमतिपत्र नखुल्ने

नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ। झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो।

Read more

ललिता निवास अतिक्रमण यसरी भयो

राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २ सय ८७ रोपनी पाँच आना जग्गा लालमोहर लागेको थियो। पछि हालसाबिक गर्दा २ सय ९९ रोपनी ९ आना देखियो। त्यही जग्गा नै ललिता निवासमा पर्छ। उक्त जग्गा भीमशमशेरका छोरा हिरण्यशमशेर हुँदै नाति एवं प्रजातन्त्रवादी नेता सुवर्णशमशेरमा हस्तान्तरण भएको थियो। सुवर्णशमशेरले २०१७ असार २९ गते पत्नी श्वेतप्रभालाई ५८, छोरा कनकशमशेर, कञ्चनशमशेर र रुक्मशमशेरलाई ५७ रोपनीका दरले बकसपत्र गरिदिए।

Read more

किसानलाई ८९ करोड तिर्न बाँकी छ ७ चिनी उद्योगले, किसान भन्छन नगदमा सहमती नभएसम्म फर्किदैनौ

पछिल्लोपल्ट जनही ८ सय भाडा बुझाएर सर्लाहीबाट रात्रिबस चढेर शनिबार बिहानै काठमाडौं उत्रिएका उनीहरू आइतबार दिनभर आन्दोलित बने । आन्दोलित उखु किसानहरूले बोकेको ब्यानरले सबैलाई दैवज्ञराज न्यौपानेले लेखेको ‘किसानको रहर’ कविता सम्झाइदिएको थियो । घाँटीमा गम्छा भिरेका देहाती उखु किसानले बोकेको ब्यानरमा न्यौपानेकै कविताको संशोधित अंश थियो । लेखिएको थियो– सानो छ खेत, सानो छ बारी सानै छ जहान, सानो छ देश ठूलो छ सरकार, अटेन किसान ।

Read more

गेटा मेडिकल कलेज सञ्चालनबारे नयाँ प्रस्ताव अब गेटा मेडिकल कलेज वा प्रतिष्ठान होइन, 'गेटा विश्वविद्यालय' !

कैलालीको गेटामा निर्माणाधिन कलेजबारे लामो समयदेखि विभिन्न खाले बहस जारी रहेको बेला सञ्चालनको प्रारुपबारे अब नयाँ  प्रस्ताव अघि सारिएको छ। मेडिकल कलेजको नामले निर्माण थालिएको मेडिकल कलेजलाई कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने प्रस्ताव गरियो। अब भने  कलेजलाई स्वास्थ्य प्रतिष्ठान नभएर विश्वविद्यालय बनाउनुपर्ने बहस सुरु भएको छ।

Read more

यस्ता छन् कांग्रेसले सडकमा घन्काउने १० नारा- ओली सरकारविरूद्ध कांग्रेसकाे प्रदर्शन : काे-कुन जिल्लामा जाँदैछन् ?

केपी शर्मा ओली नेतृत्वको सरकारको अकर्मण्यताविरुद्ध सडकमा उत्रिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गतेको देशव्यापी विरोध प्रदर्शनका लागि शीर्ष नेताहरुलाई देशैभर खटाएको छ । विभिन्न जिम्मेवारीसहित नेताहरुलाई देशभर खटाएको कांग्रेसले जनाएको छ ।

Read more

नेविसंघद्वारा देशका विभिन्न ठाउँमा सिठ्ठी जुलुस

नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठ्ठी जुलुस निकालेको छ । नेविसंघले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि सरकारको गतिविधिको विरोध गर्दै सिठ्ठी जुलुस निकालेको हो । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार तथा सरकारको गतिविधी जनता केन्द्रित नभएको भन्दै विरोध गरिएको नेविसंघले जनाएको छ ।

Read more

मंसिर २९ गतेको प्रदर्शनका लागी कांग्रेस नेताहरू जिल्लातिर

प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारका बेथिति र तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको गिरफ्तारीको विरोधमा सोमबार हुने देशव्यापी प्रदर्शनलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू जिल्ला खटाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रबाटै खटाइएको हो भने केन्द्रीय सदस्यहरू जिल्ला सभापतिको आमन्त्रणमा जाने भएका हुन् ।

Read more
Page 121 of 153