पूर्वमा बाढीको बितण्डता, दुई हजार घर डुबानमा
अविरल वर्षापछि पूर्वका विभिन्न नदीमा आएको बाढीले मोरङमा एक जनाको मृत्यु भएको छ । दुई हजारभन्दा बढी घर डुबाउँदा सयौं सर्वसाधारण विस्थापित भएका छन् ।
Read moreअविरल वर्षापछि पूर्वका विभिन्न नदीमा आएको बाढीले मोरङमा एक जनाको मृत्यु भएको छ । दुई हजारभन्दा बढी घर डुबाउँदा सयौं सर्वसाधारण विस्थापित भएका छन् ।
Read moreआज असार १५, धान दिवसका रुपमा मनाइँदैछ । आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ ।
Read moreग्लोबल आइएमई बैंकले ग्राहकहरुले छान्ने आफ्नै डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।
Read moreअछाम जिल्लाको चौरपाटी गाउँपालिकाले विद्यालयलाई प्रविधीमैत्री बनाउने भएको छ । सबै विद्यालयमा इन्टरनेट सेवा संचालन गर्नका लागि आवश्यक फोर जि,फाईभ जि(4G,5G )मा आधारित तार रहित ईन्टरनेट सेवा नेपाल दुर सन्चार प्राधिकरणको आर्थिक सहयोग ,नेपाल टेलिकमको नेटवर्कको प्रयोग र शाग्रिला ईन्फरमेटिक्स प्रा.लिको प्राबिधिक सहयोगमा चौरपाटि गाउपालिका भरिका १ देखि ३, १ देखि ५ र १ देखि ८ सम्मकाम ३६ ओटा आधारभुत बिधालयमा २ एम्बि पिएसको ब्यसायिक (corporate pack ) सहित आउटडोर डिभाईस र ईन्डोर डिभाईस शुक्रबार एक कार्यक्रमका बिच बितरण गरिएको छ ।
Read moreसाँफेबगर नगरपालिकाले आर्थिक संकट झेलिरहेको बयालपाटा अस्पताललाई एक करोड बजेट विनियोजन गरेको छ।
Read moreजिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले उत्पादन मुखी क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको छ । साँफेबगर नगरपालिकाको दोसौ नगर सभाको नवौ अधिबेशन उद्घाटन गर्दे प्रमुख अतिथि कुवरले अनउत्पादन क्षेत्रमा भन्दा उत्पादनमुखी कृषि क्षेत्रमा लगानी लगाउन आग्रह गर्नु भएको हो । उहाँले नगरभित्र रहेका बाझो जमिनहरुको उपयोग गर्दे कृषि क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्न तर्फ जोड दिनु भयो । समनव्य समिति प्रमुख कुवरले टुक्रे योजनाहरु भन्दा पनि बिकास देखिने योजनाहरुलाई छनौट गर्न पनि सुझाब दिनु भयो ।
Read moreचौरपाटी गाउँपालिका अध्यक्ष साउदद्वारा मानसिक सन्तुलन गुमाएका व्यक्तिको उद्धार
Read moreनेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ।
Read moreआज एसपीपी सम्झौता, भारतबाट भन्सार छली ल्याइएको मल धादिङमा किसानले कब्जा गरेको विषय, प्रियंका जोशीले मिस नेपालको उपाधि जितेको लगायतका समाचारले चर्चा पाए । यी हुन् आजका मुख्य समाचारहरुः
Read moreराजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए।
Read moreशिक्षा,स्वास्थ्य,कृषि लाई विषेश प्राथमिकतामा राख्दै अछामको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बोहराले आज निति तथा कार्यक्रम कार्यपालिका समक्ष प्रस्तुत गर्नुभएको हो ।
Read moreजिल्ला समन्वय समिति अछामको प्रमुखमा नेपाली कांग्रेसका ललित कुँवर र उपप्रमुखमा कांग्रेसकै दानमती बम शाही विजयी भएका छन् । साँफेबगर नगरपालिका–८ चण्डीकाका कुँवरले १२ मत ल्याई विजयी हुँदा नेकपा एमालेका उम्मेदवार मंगलसेन नगरपालिका–६ का दुर्गाप्रसाद भण्डारीले ६ मत प्राप्त गरे ।
Read moreअछाम — अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो ।
Read moreनबिल बैंक रामारोशन शाखाले यहाँका युवा उद्यमशीलता र स्वरोजगार प्रर्वद्धन गरि युवालाई आत्मनिर्भर बनाउने उद्येश्यले विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । रामारोशन गाउँपालिका कार्यबाहक अध्यक्ष केशरबहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।
Read moreअर्थ मन्त्रालयले जारी गरेको बजेट तर्जुमा दिग्दर्शन २०७५ मा सरकारले आफ्ना मातहतका कार्यालय र कर्मचारीको सेवा सुविधाका सम्बन्धमा समेत स्पष्ट व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार संवैधानिक निकायका प्रमुख पदाधिकारी तथा मन्त्री, संवैधानिक निकायका सदस्य तथा विशिष्ट श्रेणीका कर्मचारी, सहसचिव र कार्यालय प्रयोजनका लागि खरिद गरिने सवारीका सम्बन्धमा स्पष्ट उल्लेख गरिएको छ।
Read moreआइतबार दिउँसो पोखरा विमानस्थलको प्रतीक्षालयमा एउटी युवती घरीघरी रोइरहेकी थिइन्। छेउमा उभिएका अरूका पनि आँखा रसाएका थिए।
Read moreनेपाल प्रेस युनियनको महाधिवेशन समयमा नभएको भन्दै विद्रोह गरी समानान्तर कार्यक्रममार्फत आफैं महाधिवेशनको मिति तोकेको विद्रोही समूहले पनि मिति सारेको छ। यसअघि जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा प्रेस युनियनमा गरेको औपचारिक कार्यक्रम बहिष्कार गर्दै सोही दिन बिहान विशेष भेला नाम दिएर शिव लम्सालसहितको टोलीले महाधिवेशनको मिति तोकेका थिए। उनीहरुले उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि बनाउँदै जेठ २८ र २९ गते काठमाडौंस्थित कार्की ब्यांक्वेटमा महाधिवेशन गर्ने निर्णय गरेका थिए। तर, उक्त निर्णयको पछाडिको कारण भने केही भाग खोज्नु रहेको खुलेको छ। उनीहरुले जेठ १५ गते अध्यक्ष बद्री सिग्देलको टिमसँग आफूलाई केही भाग दिए आफैंले तोकेको महाधिवेशनको मिति सार्न तयार रहेको बताएका थिए। उक्त आग्रहपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको संयोजनमा बसेको बैठकले लम्साल नेतृत्वको टिमलाई एक सचिवालय सदस्यसहितका केही सदस्यहरु थप गर्ने सहमति गरेको थियो।
Read moreआइतबार विहानदेखि हराएको तारा एयरको विमान मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरच लगायतको टोली घटनास्थलमा पुगेको छ ।
Read moreसाँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समजवादिका तर्फबाट कार्यपालिका सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवार निर्वाचित भएका छन । नगरका ९ वडा जितेको गठबन्धन र ३ वडा जितेको एमालेले मनाेनयन दर्ता गरेपछि नेपाली कांग्रेस र एकिकृत समाजवादिका उम्मेद्वार हरु ५३ मत सहित निर्वाचित भएका हुन ।
Read moreजोमसोमका लागि पोखराबाट चालक दलका सदस्य सहित २२ जना यात्रु बोकेर उडेको तारा एयरको विमान मुताङको थासाङ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने लेते र कोवाङको जंगलमा दुर्घटना भएको हुन सक्ने आशंका गरीएको छ । पत्रकार महासंघ मुस्ताङका सचिव शुसिल थाकालीका अनुसार लेते र कोवाङको असपासमा स्थानियहरुले ठुलो आवाज सुनेको भन्दै सोही स्थानमा विमान दुर्घटना भएको हुन सक्ने आशंका गरिएको बताउनु भयो ।
Read moreतारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १९ जना यात्रु बोकेर आज बिहान ९ः५५ मा पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।
Read moreअछामको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले ईश्वर देश र जनताको नाममा सपथग्रहण गर्नुभएको छ ।
Read moreदश स्थानीय तह भएको अछामको अन्तिम नतिजा सोमबार साँझ सार्वजनिक भयो । पाँच वर्षअघि भएको स्थानीय तहको निर्वााचनको तुलनामा हालै सम्पन्न निर्वाचनमा अछामको नतिजा रोचक र फरक देखियो । नेकपा एमालेले फुटपछिका पहिलो स्थानीय निर्वाचन सामाना गर्यो र क्षेती पनि भयो । सबैभन्दा धेरै फाइदा ७ वटा प्रमुख पद जितेर नेपाली कांग्रेसले लियो । माओवादी केन्द्रले पाँच वर्षअघि जितेका पालिका पनि गुमायो । माओवादीको लालकिल्लाको रुपमा चिनिने रामारोशन गाउँपालिकामा नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा गएर एतिहासिक नतिजा प्राप्त गर्न सफल भयो ।
Read moreअछामको साँफेबगर नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र बहादुर कुँवर निर्वाचित भएका छन् । कुँवर ७ हजार २६५ मतमा साथ विजयी भएका हुन् । कुँवरका निकटतम प्रतिद्धवन्दि नेकपा एमालेकि पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् ।
Read more