साँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समजवादिका तर्फबाट कार्यपालिका सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवार निर्वाचित भएका छन । नगरका ९ वडा जितेको गठबन्धन र ३ वडा जितेको एमालेले मनाेनयन दर्ता गरेपछि नेपाली कांग्रेस र एकिकृत समाजवादिका उम्मेद्वार हरु ५३ मत सहित निर्वाचित भएका हुन ।
जोमसोमका लागि पोखराबाट चालक दलका सदस्य सहित २२ जना यात्रु बोकेर उडेको तारा एयरको विमान मुताङको थासाङ गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने लेते र कोवाङको जंगलमा दुर्घटना भएको हुन सक्ने आशंका गरीएको छ । पत्रकार महासंघ मुस्ताङका सचिव शुसिल थाकालीका अनुसार लेते र कोवाङको असपासमा स्थानियहरुले ठुलो आवाज सुनेको भन्दै सोही स्थानमा विमान दुर्घटना भएको हुन सक्ने आशंका गरिएको बताउनु भयो ।
तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १९ जना यात्रु बोकेर आज बिहान ९ः५५ मा पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो ।
दश स्थानीय तह भएको अछामको अन्तिम नतिजा सोमबार साँझ सार्वजनिक भयो । पाँच वर्षअघि भएको स्थानीय तहको निर्वााचनको तुलनामा हालै सम्पन्न निर्वाचनमा अछामको नतिजा रोचक र फरक देखियो । नेकपा एमालेले फुटपछिका पहिलो स्थानीय निर्वाचन सामाना गर्यो र क्षेती पनि भयो । सबैभन्दा धेरै फाइदा ७ वटा प्रमुख पद जितेर नेपाली कांग्रेसले लियो । माओवादी केन्द्रले पाँच वर्षअघि जितेका पालिका पनि गुमायो । माओवादीको लालकिल्लाको रुपमा चिनिने रामारोशन गाउँपालिकामा नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा गएर एतिहासिक नतिजा प्राप्त गर्न सफल भयो ।
अछामको साँफेबगर नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र बहादुर कुँवर निर्वाचित भएका छन् । कुँवर ७ हजार २६५ मतमा साथ विजयी भएका हुन् । कुँवरका निकटतम प्रतिद्धवन्दि नेकपा एमालेकि पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् ।
रामारोशन गाउँ पालिकाका नव निर्वाचित अध्यक्ष मान बहादुरले साउदले सोमबार पदभारा ग्रहण गर्नु भएको छ । रामारोशन गाउँ पालिकाको मुजाबगरमा एक कार्यक्रम का बिच आफ्नो कार्यकक्षमा साउदले पदभार ग्रहण गर्नु भएको कांग्रेस युवा नेता पुष्प बिष्टले बताउनुभएको छ । रामारोशन गाउँ पालिका निवर्तमान उपाध्यक्ष सरस्वती रावलको उपस्थितिमा भएको पदभार कार्यक्रममा नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेश सदस्य अनुराधा स्वार रावल, रामारोशन गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी लेखा अधिकृत झनक प्रसाद न्यौपाने पुर्व क्षेत्रपाल धर्मराज न्यौपाने , कांग्रेस क्षेत्रिय सचिव पुर्ण बिक,रामारोशन गाउँ पालिका वडा न. ४ का निवर्तमान वडा अध्यक्ष केश ब बटाला नेपाली कांग्रेस प्रदेश उपसभापति गोपिप्रसाद खनाल सदस्य दल साउद ,ललिता खत्री नेकपा एमाले नेता भरत अयडि रामारोशन गाउँ पालिका आन्तरिक लेखापरीक्षक जनक रिमाल प्रविधिक गोकुल देवकोटा प्रहरी चौकी शान्तडा इन्चार्ज, एमाले का नेता देवेन्द्र भण्डारी लगायत अन्य निर्वाचित प्रतिनिधि को पनि सहभागीता रहेको थियो ।
साँफेबगर नगरपालिका ६ भागेश्वरमा स्वतन्त्र विजयी भएका छन् । वडा अध्यक्षमा मिनबहादुर बोहरा विजयी भएका हुन् । एमालेका उम्मेदवार दुतकला बिष्ट र बोहराको बराबर मत २२६ - २२६ मत आएपछि गोलाप्रथाबाट बोहरा विजयि भएका हुन ।
अछामको चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भिम बहादुर साउँदले पदभार ग्रहण गरेका छन् । आइतबार एक समारोहबीच अध्यक्ष साउँदले पदभार ग्रहण गरेका हुन् ।
अछामको सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मंगलसेनको मेयरमा एमालेका उम्मेदवार पदमबहादुर बोहरा निर्वाचित भएका छन् ।
अछामको चौरपाटी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका भीमबहादुर साउद र उपाध्यक्षमा सरदेवि खड्का विजयी भएका छन् । अध्यक्ष साउदले ३ हजार ९८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिदन्द्धि एमालेका रामबहादुर आउजीले २ हजार ५०६ पाएका छन् । साउदले १ हजार ४८६ मत अन्तरले जितेका छ्न । त्यसैगरी निवर्तमान पालिका अध्यक्ष समाजवादीका हर्क साउदले एक हजार ४७४ पाएका छन् । हर्क साउद ०७४ सालको निर्वाचनमा १ मतले विजयी भएका थिए, भने अहिलेका निर्वाचित अध्यक्ष भीम साउदले एक मतले हारेका थिए ।
साँफेबगर नगरपालिका वडा न १३ बाब्ला को निर्वाचन रद्द गरिएको छ । मतदान एकलौटी भएको र ५१ प्रतिशत नपुगेको भन्दै निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको छ ।
अछामको साँफेबगर नगरपालिकामा नेकपा एकिकृत समाजवादीका तर्फबाट उपमेयर पदका उम्मेदवार शिव बहादुर कुँवर शिलोजले आफुहरु सदैव साँफेबगर नगरपालिकाका नगरबासिको सेवामा समर्पित भएर काम गर्ने भन्दै मतदाताहरुले पनि ढुक्कका साथ मत दिन आग्रह गरेका छन् । साँफेबगर नगरपालिका वडा नं. १२ खप्तडको घरदैलो पछिको आमसभा कार्यक्रममा बोल्दै कुँवरले आफ्नो मनमा सदैब नगरबासिको सेवामा समर्पित भई विकास, परिर्वतन र समाजको सेवा गर्नु बाहेक अर्को उद्देश्य नभएको बताएका हुन् ।
अछामको साँफेबगर नगरपालिकामा नेपालि कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार राजेन्द्र बहादुर कुँवरले आफुले नगरपालिकाको दुर दराजका आम नागरीकका पिडा नजिकबाट महसुस गरेको र ति समस्याको समाधानका लागि आफु राजनितिमा लागेको बताएका छन् । साँफेबगर नगरपालिका वडा नं. १२ खप्तडको घरदैलो पछिको आमसभा कार्यक्रममा बोल्दै कुँवरले आफ्नो मनमा विकास, परिर्वतन र समाजको सेवा गर्नु बाहेक अर्को उद्देश्य नभएको बताएका हुन् ।
धनुषा जिल्लाका स्थानीय तहमा उम्मेदवार चयन गर्न आइतबार जनकपुरधामस्थित राजदरबार होटलमा जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्यो । बैठकमा टिकट वितरणको विषयमा विवाद हुँदा कुटाकुटमै भयो ।
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न अन्तिम दिन सोमबार सबै ठूला साना दलले आ-आफ्नो हैसियतअनुसार विभिन्न तह र पदमा मनोनयन दर्ता गरे । तर सबैको नजर भने स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै मतदाता संख्या ६ वटा महानगरपालिकामा नै रहेको थियो ।
सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको विधानबमोजिम छ महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार केन्द्रबाट छान्यो, बाँकी प्रदेश र जिल्लाले उम्मेदवारको टुंगो लगाए । तर, उम्मेदवार चयनमा पार्टीका नेताहरु नै हाबी देखिएका छन् ।