पाठेघरको शल्यक्रिया भन्दै आन्द्रा काटेको आरोप, शव नबुझिकन फर्किए आफन्त
विराटनगरको नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाका क्रममा मृत्यु भएकी एक महिलाको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन् । पाठेघरको ट्यूमरको सोमबार शल्यक्रिया गरिएकी सोलुखुम्बु नोचासल्यान–४ की ३५ वर्षीय तारादेवी भट्राईको मृत्यु भएको जानकारी अस्पतालले मंगलबार बिहान आफन्तलाई दिएको थियो । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्य कारबाहीको माग राख्दै शव जिम्मा नलिइकन गएका छन् । उनीहरुले अस्पताल अगाडि नाराबाजी र प्रदर्शन पनि गरे ।
Read more