एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा मृत्यदावी चेक हस्तान्तरण
एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा मृत्यदावी चेक हस्तान्तरण एल आई सी नेपाल लि धनगढी शाखा बाट जीवन बीमा गराउनु भएका स्व.खगेन्द्र चौधरीका श्रीमती पुष्पा कुमारी चौधरीलाई शाखा कार्यलयमा एक कार्यक्रम बिच शाखा प्रबन्धक कृष्ण भट्टले एजेन्सी म्यानेजर राम ब शाही, अभिकर्ता कृष्ण प्र डगाैरा थारु लगायत अभिकर्ता र कर्मचारीकाे उपस्थितिमा मृत्यु दाबीकाे चेक रकम हस्तान्तरण गर्नु भयाे।।मृतक चाैधरीले दुई बर्ष अगाडि अभिकर्ता कृृष्ण प्र डगौरा थारु मार्फत एल आई सी मा जीवन बीमा गर्नु भई दुई बर्षकाे किस्ता मात्र जम्मा गर्नु भएकाे थियाे। निज स्व.चौधरीकाे बयलगाडामा माेटरसाईकल ठाेकिएर गम्भीर घाईते भई उपचारका लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले मृत घाेसित गरेका थिए।
Read more