हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्।
यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन् । नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ ।
आँखा पाक्ने रोगबाट कतिपय विद्यार्थी, शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी सङ्क्रमित भइ अवस्था असहज बनेको जनाइएको छ। अरु विद्यार्थी, शिक्षक तथा कर्मचारीमा सङ्क्रमण फैलिन नदिन विद्यालयमा बिदा दिने निर्णय गरेको प्याब्सन लम्कीका सचिव भूपेन्द्र तिमिल्सेनाले जानकारी दिए।
बैठकमा अध्यक्ष ओलीका साथै महासचिव शंकर पोखरेल पनि सहभागी थिए । बैठकमा अध्यक्ष ओलीले प्रेस चौतारीका अध्यक्ष बस्नेतको विषयमा प्रश्न उठाए ।
प्रदेश प्रहरी प्रमुख डीआईजी भरतबहादुर बोहराले वरिष्ठ नायब निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा १० सदस्यीय अनुसन्धान समूह गठन गरेका हुन् ।
मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढेर आएको छ। यसरी हरेक १५, १५ दिनमा मूल्य सूची आउने छ।
आज काठमाण्डढौंमा भएको शीर्ष नेताहरूबीचको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाउने सहमति भएको हो ।
आव २०७९/८० मा सङ्घीय सरकारको पुँजीगततर्फ आधाभन्दा बढी रकम कार्यान्वयन हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय, अछामका लेखापाल रामबहादुर माझीका अनुसार पुँजीगततर्फको एक अर्ब २८ करोड ३७ लाख १५ हजार रुपियाँ फिर्ता भएको जानकारी दिए ।
यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन ।
पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले जनाएको छ ।
संगठनले विभिन्न पेशागत आन्दोलनका सहिदहरु मनोज जोशि, झपेन्द्र कार्की र सुरेन्द्र बिक को ३३ औं स्मृति दिवसको अवसरमा सहयोग हस्तान्तरण गरेको हो ।
केन्द्र मार्फत सिपमूलक कार्य संचालन र प्रविधि मैत्री सिकाई हुनुपर्नेः वडा अध्यक्ष लोकराज नाथ
कार्यक्रममा सहभागि कृषकहरुले बास्तबिक किसानहरुको पहिचान हुनु पर्ने बताएका थिए ।
अछाममा असारमा गरेको पिच साउनमै उप्कीन थालेको छ । साँफे मंगलसेन सडक खण्ड अन्र्तगत रिडीकोट वडा कार्यालय देखि बयालपाटा अस्पताल क्षेत्रको सडक महिना दिन नबित्दै उप्कीन थालेको छ ।सडकको बिच बिचमा पिच उप्केर खाल्डा खुल्डी पर्न थालेका छन ।
विगत पाँच वर्षमा पर्यटनका नाममा जथाभावी मन्दिर निर्माण गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष पर्यटन सुरु योजनाले धार्मिक पर्यटन क्षेत्र भनी निर्धारण गरेको बाहेकका मन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छैन ।
परिवार कराउँदै दौडिन थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएका दानबहादुरले बताए । राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुस्किल भएको बताउँछन् । यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।
उनले नेविसंघले विद्यार्थीको हकहितको पैरवी गर्दै र सामाजिक मूल्य मान्यताको पनि जगेर्ना गर्नुपर्ने भनेर कार्यक्रम राखेको बताएका छन्।
लम्की चुहा नगरपालिका- ४ भल्का बस्ने मञ्जु रावलको शव बेपत्ता भएको करिब डेढ महिना पछि आइतबार फेला पर्यो । मोहन्याल गाउँपालिका-५ को बाँसघारी सामुदायिक वनमा भेटिएको उनको शव सडिसकेको थियो । घटना स्थलमा भेटिएका अन्य प्रमाणका आधारमा शव मञ्जुकै रहेको प्रहरीले पुष्टि गर्यो ।
उनीहरूले मञ्जुको योजनाबद्ध रूपमा हत्या गरेको र घटनाको अनुसन्धान गर्ने क्रममा मञ्जु र गोमा रावलबीच अंशको विषयलाई लिएर भएको विवादले उग्र रूप लिँदा घटना घटेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार १४ साउनमा मञ्जुका छोरा विवेक रावलले वकिललाई भेट्न मसुरिया जान्छु भनि आफ्नी आमा गएको तर बेपत्ता भएको भन्दै खोजतलासका लागि निवेदन दिएका थिए ।
विमानस्थल कालोपत्रे हुँदा सुखी भएका बैतडीवासी उडान बन्द हुँदा निराश भएका छन् भने राज्यको करोडौँ रकम खेर गएको स्थानीय वसन्त विष्टले बताए । सरकारले हवाई सेवा सुचारु गर्न सरकारी एयरलाइन्सलाई जिम्मेवारी दिनुपर्ने उनले बताए ।
“बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाब हेरिरहनुपर्छ”, कुतियाकबरका स्थानीय खड्के बुढाले भने, “बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन ।”
बिकको नेपालगन्ज नर्सिङ होममा गएराति १०:३० बजे मृत्यु भएको स्थानीय टंक धामीले जानकारी दिए।