साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत
साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम नगरसभामा पूर्ण बहुमतले पारीत भएको छ । आईतबार बसेको नगरसभाको तेर्हौं अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत गरेको हो । नगरसभामा कृषि ,खाद्य सुरक्षा तथा पशुपक्षीलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि र पशुपक्षीलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर उपप्रमुख शिबबहादुर कुँवरले क्रमश पर्यटन, सँस्कृति तथा साहित्य, शिक्षा,स्वास्थ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भौतिक पुर्वाधार निमाणर्,सुचना सञ्चार तथा प्रविधि,वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुदलाई प्राथमिकता दिएको बताएका थिए । नीति तथा कार्यक्रममा कृषि तर्फ रैथाने बालिलाई प्रवर्धन गरिने, बाली पकेट प्रबर्धन कार्यक्रम (तरकारी ,फलफुल ,आलु) संचालन गरिने, कृषक पाठशाला कार्यक्रम संचालन गरिने, कर्मचारी, जनप्रतिनिधिहरु, व्यापारीहरुसंग वजारीकरण सम्बन्धी अन्तकृया गोष्ठि संचालन गरिने, कृषकहरुको उत्पादन तथा व्यवसायहरुलाई उत्साहित तथा प्रोत्साहन गर्नका लागि कृषि मेला प्रदर्शनी संचालन गरिने उल्लेख गरिएको थियो ।