अछामको साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी कार्यक्रमको उद्घाटन भएको छ । गोष्ठिको उद्देश्यबारे साँफेबगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्प बुढाले जानकारी गराउनु भएको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । बिहानै बस्ने बैठकबाट सोडारीले विश्वासको मत लिन लागेका हुन् । सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नेपाल विद्यार्थी संघ अछामले आरोप लागेका सत्ता सहयात्रिलाई कारबाहिको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष खेमराज खड्का लगायतले अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल समक्ष ज्ञापन पत्र बुझएका हुन ।
अछाम जिल्लाको चौरपाटि गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदको सभा अध्यक्षतामा भएको चौरपाटि गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँचौ अधिवेशनले अगामि आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको अन्योल कायमै छ । सरकारको नेतृत्व’bout नयाँ सत्ता समीकरणका साझेदार दलबीच अझै ठोस निर्णय भइसकेको छैन । मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम समयसीमा नजिकिँदै गर्दा शनिबारसम्म सुदूरपश्चिम प्रदेशसभामा रहेका कुनै पनि दलका प्रदेशसभा सदस्यले दाबी पेस गर्न सकेका छैनन् ।
जिल्ला स्तरको महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम शुक्रबार आज साँफेबगरमा सम्पन्न भएको छ । समविकास नेपाल साँफेबगर शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । दुई दिने कार्यक्रममा महिलाहरुले आफनो शरिरलाई कसरी स्वास्र्थ राख्ने,आफनो लागी समयको व्यवस्थापन कसरी गर्ने,मानसिक रुपमा हुने तनावलाई कम गर्न कस्ता किसिमका क्रिर्याकलापहरु गर्ने ,आफैलाई खुसी कसरी पार्न सकिन्छ, आफनो सुरक्षा कसरी गर्ने भन्ने लगाएतका विषयमा जानकारी गराईएको थियो ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत २३ र २४ गते बोलाइएको भनिएको केन्द्रीय सदस्य तथा पदाधिकारी बैठक लाई खारेज गरिदिएकी छन्। पार्टीका संरक्षक रेशम चौधरीले आह्वान गरिएको उक्त बैठक आधिकारिक नभएको जानकारी अध्यक्ष श्रेष्ठले मंगलबार एक वक्तव्यमार्फत दिएकी हुन्।
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान ७ बजे चितनवको मुग्लिन पुग्न लाग्दा त्रिशुली नदीमा खसेर दुर्घटना भयो। बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेको थियो।
तीन वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा अस्पताललाई उपलब्ध गराउँदै आएको अनुदान रकम यस वर्ष रोकिँदा सेवा नै प्रभावित हुने अवस्थामा पुगेको छ। चालु आर्थिक वर्षको आठ महिना बितिसक्दा समेत प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुन सकेको छैन।
नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई एमाले नेताहरुले नै निषेधमाथि निषेध गर्ने प्रपञ्च गरिरहेको खुुलेको छ । उनलाई पार्टी जिम्मेवारीबाट विमुख राख्न निकै ठूलो चलखेल जारी रहेको र त्यसमा केन्द्रदेखि अछाम जिल्ला तहसम्मका नेता कार्यकर्ताहरु पनि सक्रिय रहेको खुलेको छ ।
लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको छैठौं साँफेबगर महोत्सबको आय व्यय फाल्गुन ३० गते सार्वजनिक गरिएको छ । मंगलबार लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरको अध्यक्ष तामा बसेको बैठकले फाल्गुण ३० गते बुधबार १ बजे सार्वजनिक सुनुवाई गर्दै छैठौं साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सोमबार ट्रकबाट सल्किएको आगोले कर्णाली पुलमा भएको क्षतिको अध्ययन गर्न प्राविधिक टोली खटिएको छ। प्राविधिक टोली घटनास्थल पुगेर मंगलबारदेखि अध्ययन थालेको हो।
अछामको साँफेबगर नगरपालिका ४ मा रहेको जनकल्याण माध्यमिक बिधालयमा तालाबन्दी गरिएको छ।बिधालयले प्राविधिक धारतर्फ बढी शुल्क उठाएको भन्दै सोमबार बिधार्थीहरुले तालाबन्दी गरेका हुन।
विद्यालयले बारम्बार बिभिन्न बाहनामा बढी शुल्क उठाउदै आएको ७ महिना देखि बिधालय ब्यावस्थापन समिति गठन हुन नसकेको भन्दै बिधार्थीले तालाबन्दी गरेका बिधार्थी मनोज रावलले बताए ।बिधालय बढी लगेको शुल्क फिर्ता नगर्दा सम्म तालाबन्दी भईरहेने उनलेे बताए ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । आज (शनिबार) बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका हुन् । हिजो (शुक्रबार) स्ुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी र खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाएका थिए ।
सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु एक महिना पनि नभएको दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रम बोल्दै प्रचण्ड सरकार नढाले मुलुकले अस्थिरता मच्चिरहने बताए।
गायक भक्तराज आचार्यको निधन भएको छ । उनको सोमबार निधन भएको संगीतकार हरि लम्सालले बताए। उनका अनुसार आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको हो।
लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले १४४ बर्ष पछी बैद्यनाथ धाममा लागिरहेको कोटीहोम अवधिभरी भक्तजनका लागी नि:शुल्क यतायात को व्यवस्था गर्ने घोषणा गरेका छन ।
नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले ६३ मत पाए । उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।
यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मतमा चित्त बुझाएका छन् । उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् । सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् । सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।उपसचिव(खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् ।
भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् । उपसचिव (महिला) मा ढुंगाना प्यानलका गंगाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् ।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।
फागुन ६ गते सुरू भएको एमाले नवौँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएको थियो । कुल पाँच सय ९१ प्रतिनिधि रहेकोमा पाँच सय ७७ मत खसेको थियो । शनिबार रातिदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।