सूदुरपश्चिम प्रदेसको बजेटमा फेरी अटाएन बयालपाटा अस्पताल
सूदुरपश्चिम प्रदेस र कर्णालि प्रदेसका अघिकांस जिल्लाका बासिन्दालाई सोह्र बर्ष देखि निशुल्क उपचार सेवा दिँदै आईरहेको अछामको बयालपाटा अस्पताललाई फेरि पनि सुदूरपश्चिम प्रदेस सरकारले पन्छाएको छ । शनिबार सुदूरपश्चिम प्रदेसका अर्थमन्त्री सुरेन्द्र पालले बजेट प्रस्तुत गरीरहदा २०६५ सालदेखि बिरामिको नाम दर्तादेखि चेकजाँच, औषधि, खाना र आवाससहित अन्य कुनैपनि शीर्षकमा शुल्क नलाग्ने बयालपाटा अस्पतालको नाम कतै अटाएको पाईएन । बयालपाटा अस्पताललाई केन्द्र सरकार र प्रदेस सरकारले पटक पटक अनुदानका लागि पन्छाउने गरेको छ ।
Read more