साँफेबगरको बुढीगंगा नदीमा मानव कङ्काल फेला
साँफेबगर नगरपालिका भएर बग्ने बुढीगंगा नदीमा मानव कङ्काल भेटिएको छ । पुरुष वा महिला पहिचान नहुने गरेर साँफेबगर नगरपालिका–७ मेलसैन भन्ने स्थानमा मङ्गलवार मानव कङ्काल भटिएको हो ।
Read moreसाँफेबगर नगरपालिका भएर बग्ने बुढीगंगा नदीमा मानव कङ्काल भेटिएको छ । पुरुष वा महिला पहिचान नहुने गरेर साँफेबगर नगरपालिका–७ मेलसैन भन्ने स्थानमा मङ्गलवार मानव कङ्काल भटिएको हो ।
Read moreसाँफेबगर नगरपालिका १२ खप्तडमा विद्युत विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । खप्तडको १३ वटै टोलमा विद्युतको केन्द्रिय लाईन विस्तारको कार्य अन्तिचरणमा रहेको वडा अध्यक्ष जनक कडायतले जानकारी दिए ।
Read moreअछाममा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ कार्यालयका अनुसार वर्षेनी जिल्लामा डेंगुका बिरामीहरुको संख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म १ सय ४३ जना डेगुको बिरामीको सख्या रहेको छ ।
Read moreरन्जितालाई संसदीय दलको नेताबाट हटायो नागरिक उन्मुक्तिले
Read more२१ औँ धान दिबसको अवसरमा धान उत्पादन र बृद्धि गरी किसानहरुलाई कृषी पेशा तर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले अछामको साँफेबगर नगरपालिकामा धान दिवस कार्यक्रम सम्पन्न गरीएको छ । साँफेबगर नगरपालिकाको कृषि शाखा द्धारा “जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि” भन्ने मुल नाराका साथ २१ औँ धान दिबस २०८१ सम्पन्न गरीएको हो रोपाई महोत्सव आयोजना गरिएको हो ।
Read moreराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थी मात्रै उच्च शिक्षा हासिल गर्न पाउने भएका छन्। ४७.८६ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ पढ्न पाउनेछन्।
Read moreसुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/०८२ कार्यक्रम पुस्तिका (रातोकिताब) सार्वजनिक नहुँदै बजारमा आएको नेपाली कांग्रेसले दाबी गरेको छ ।
Read moreसाँफेबगर नगपालिकाका वडाहरुले चालु आर्थिक वर्षमा १७ लाख ६३ हजार ८ सय ३७ रुपैंयाँ राजश्व संकलन गरेका छन् । नगरपालिकाका १४ वडाबाट उक्त राजश्व संकलन भएको हो ।
Read moreअछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलवार तुर्माखाँद गाउँपालिका अछाम वडा नम्बर ६ का बिमल वि.क को करेन्ट लागेर मृत्यु भएको हो।
Read moreसाँफेबगर नगरपालिका वडा नं १ बैजनाथले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडाले आज एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै छाता र केहि खानेकुरा वितरण गरेको वडा सदस्य प्रेमनाथ योगीले जानकारी दिए ।
Read moreसुदूरपश्चिम प्रदेशमा मन्त्री मन्त्रालयविहीन र मन्त्रालय मन्त्रीविहीन रहेका छन् । गत २८ जेठमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सात जनालाई मन्त्री नियुक्त गरेका थिए । त्यसमध्ये पाँच जनाको मन्त्रालय अझै टुंगो लागेको छैन ।
Read moreसाँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागी ६९ करोड ७७ लाख ११ हजारको बजेट अनुमोदनका लागि नगर सभामा प्रस्तुत गरेको छ । नगर सभाको १३ औँ अधिवेशनको तेस्रो बैठकमा नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजले बजेट अनुमोदनका लागि नगर सभामा प्रस्तुत गरेका छन् ।
Read moreसाँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम नगरसभामा पूर्ण बहुमतले पारीत भएको छ । आईतबार बसेको नगरसभाको तेर्हौं अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत गरेको हो । नगरसभामा कृषि ,खाद्य सुरक्षा तथा पशुपक्षीलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि र पशुपक्षीलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर उपप्रमुख शिबबहादुर कुँवरले क्रमश पर्यटन, सँस्कृति तथा साहित्य, शिक्षा,स्वास्थ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भौतिक पुर्वाधार निमाणर्,सुचना सञ्चार तथा प्रविधि,वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुदलाई प्राथमिकता दिएको बताएका थिए । नीति तथा कार्यक्रममा कृषि तर्फ रैथाने बालिलाई प्रवर्धन गरिने, बाली पकेट प्रबर्धन कार्यक्रम (तरकारी ,फलफुल ,आलु) संचालन गरिने, कृषक पाठशाला कार्यक्रम संचालन गरिने, कर्मचारी, जनप्रतिनिधिहरु, व्यापारीहरुसंग वजारीकरण सम्बन्धी अन्तकृया गोष्ठि संचालन गरिने, कृषकहरुको उत्पादन तथा व्यवसायहरुलाई उत्साहित तथा प्रोत्साहन गर्नका लागि कृषि मेला प्रदर्शनी संचालन गरिने उल्लेख गरिएको थियो ।
Read moreसाँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
Read moreसूदुरपश्चिम प्रदेस र कर्णालि प्रदेसका अघिकांस जिल्लाका बासिन्दालाई सोह्र बर्ष देखि निशुल्क उपचार सेवा दिँदै आईरहेको अछामको बयालपाटा अस्पताललाई फेरि पनि सुदूरपश्चिम प्रदेस सरकारले पन्छाएको छ । शनिबार सुदूरपश्चिम प्रदेसका अर्थमन्त्री सुरेन्द्र पालले बजेट प्रस्तुत गरीरहदा २०६५ सालदेखि बिरामिको नाम दर्तादेखि चेकजाँच, औषधि, खाना र आवाससहित अन्य कुनैपनि शीर्षकमा शुल्क नलाग्ने बयालपाटा अस्पतालको नाम कतै अटाएको पाईएन । बयालपाटा अस्पताललाई केन्द्र सरकार र प्रदेस सरकारले पटक पटक अनुदानका लागि पन्छाउने गरेको छ ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले शनिबार पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको जानकारी दिए । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गगरेको हो ।
Read moreनयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौ द्धारा नयाँ शहर आयोजना कार्यालय साँफेबगर द्धारा संचालित आयोजनाहरुको अनुगमन गरी अन्तरक्रिया कार्यक्रम सम्पपन्न भएको छ । नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौका आयोजना निर्देशक एकराज अधिकारी सहितको टोलिले बुधबार शहर आयोजना कार्यालय साँफेबगर द्धारा संचालित योजना हरुको अनुगमन गरेर शहर आयोजना कार्यालय साँफेबगर मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
Read moreसाँफेबगर नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले साँफेबगरलाई निश्चित इन्डिकेटरका आधारमा पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुभएको हो ।
Read moreबझाङमा एक सशस्त्र प्रहरी जवानको मृत्युु भएको छ । सोमबार बिहान सेती नदीस्थित नेपाली सेनाको बिरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद्का बेला हुने उद्दारको नमूना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्युु भएको हो ।मृत्युु हुुनेमा केदास्यु गाउँपालिका(७ का २९ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन।
Read moreसुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री मण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री सोडारीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका हुन् ।
Read moreअछामको बयालपाटा अस्पतालका लागि बजेट सुनिश्चित गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
Read moreसुदूरपश्चिम प्रदेशमा माओवादीबाट मन्त्री बन्नेहरूबारे पार्टीभित्रै विवाद सुरु भएको छ । संसदीय दलभित्र सल्लाह नगरी मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घ सोडारीलाई ध्यानाकर्षण बुझाएका हुन् ।
Read moreसाँफेबगर नगरपालिका –४ निवासी समाजसेवी युवा तथा तरुण दल साँफेबगर नगर कमिटी अध्यक्ष सुदिप कुँवरले बयालपाटा अस्पतालका १०० जना विरामीहरुलाई फलफूल वितरण गरेर साथी प्रज्जवल शाहको सम्झना स्वरुप जन्मदिन मनाएका छन् । स्वर्गिय साथीलाई सम्झदै फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेर सानो सहयोग गरेको कुँवर बताउँछन् ।
Read moreसाँफेबगर नगरपालिकाको साँफेबजार क्षेत्रमा जडान गरीने भनिएको सि.सि. टिभि क्यामेरा आजबाट जडान हुनेभएको छ । आ.ब. २०७८/०७९ मा दुई पटक टेण्डर आव्हान गर्दा पनि मापदण्ड नपुगि रद्द भएपश्चात २०७९ असारमा कोटेसन मार्फत हिकभिजन कम्पनिको नाईटभिजन (Hikvision DS-2DE4215IW-DE (E) 2MP 15× Network PTZ IR Speed Dome) सिसि टिभि क्यामेरा खरीद गरीएको थियो ।
Read moreअछामको साँफेबगर नगरपालिकामा आई.पि.भि. खोप खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्देश्यबारे स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले जानकारी गराउनु भएको थियो ।
Read more